उच्च सतर्कताका साथ विराटनगरबाट हवाई उडान सुरु, पहिलो दिन ६ उडान

 न्यूज विराट
उच्च सतर्कताका साथ विराटनगरबाट हवाई उडान सुरु, पहिलो दिन ६ उडान

विराटनगर, ५ असोज–कोरोना भाइरस महामारी नियन्त्रण गर्न गरिएको लकडाउनपछि गत चैत ११ गतेबाट बन्द हवाइसेवा सोमबारबाट सुरु भएको छ । लामो समयको बन्दपछि सोमबारदेखि सुरु भएको हवाइसेवामा पहिलो दिननै विराटनगर विमानस्थलबाट ६ उडान भएका छन् । वद्ध एयरका तीन र यति एयरलाईन्सका तीन उठान भएका हुन् । सोमबार हवाइसेवा सुरु भएको पहिलो दिन बुद्ध एयरलाईन्सबाट १ सय ८९ र यति एयरलाईन्सबाट १ सय २६ जनाले यात्रा गरेका छन् ।

लामो समयपछि उडान आरम्भ भएको विराटनगर विमानस्थलमा यात्रुहरुमा कोरोना संक्रमणको जोखिम हुन नदिन प्रर्याप्त सुरक्षा प्रवन्ध मिलाइएको नागरिक उड्डयन प्राधिकरण विराटनगरका प्रमुख उत्सव खरेलले बताए ।

सरकारले जारी गरेका सवै मापदण्ड पुरा गरी हवाइसेवा सुरु भएको उनले बताएका छन् । खरेलका अनुसार उच्च सतर्कताका लागि सोमबार बाटै विमानस्थलको मुख्य प्रवेशद्वारमा यात्रुहरुको तापक्रम (ज्वरो) मापन, पार्किङमा अनावश्यक भीड नियन्त्रण गर्न जहाज अवतरण हुनु १५ मिनेट पहिले मात्र यात्रु लिन जान दिने व्यवस्था, चढ्दा र ओर्लदा पनि सामाजिक दुरी पालना गराइएको छ ।

त्यसैगरी सुरक्षा मापदण्ड अनुसार यात्रु चढ्दा र ओर्लदा ४/४ जनाको दरले ओराल्ने र चढाउने व्यवस्था गरिएको थियो । यात्रुहरुर्लाइ सबै सामान लगेज ब्यागमा राख्न लगाइने थियो ।

उडान प्रतिक्षाका क्रममा पनि यात्रुहरुलाई सामाजिक दुरी कायम गराइएको थियो भने सामान बुझ्ने ठाउँमा पनि तोकिएका ठाउँमा उभ्याइएको थियो । आउने र जाने दुबैका लागि हात धुने र सेनिटाइजरको पर्याप्त व्यवस्था मिलाइएको प्राधिकरण प्रमुख खरेलले बताए । विमानस्थलमा यात्रु जाँच गर्ने महिला र पुरुष सुरक्षाकर्मीहरुले पिपिई लगाएर यात्रुको जाँच गरेका थिए ।

उनीहरुको हरेक २ घण्टामा पालो परिवर्तन हुने व्यवस्था गरिएको थियो । विमानस्थलमा यात्रु ओरालिसकेपछि विमान पुरै निर्मलीकरण गर्ने प्रवन्ध मिलाइएको र विमान अवतरणदेखि उडानसम्मको प्रक्रिया पुरा गर्न १ घण्टा समय लाग्नेगरी व्यवस्थापन गरिएको थियो । सोमबारबाट अब नियमित मापदण्ड अनुसार उल्लेखित सवै सुरक्षा सतर्कतालाई निरन्तर दिइने विमानस्थलले जनाएको छ ।

सम्बन्धित समाचार

२० बुँदे मागसहित मुक्ति समाज प्रदेश १ ले मुख्यमन्त्री राईलाई बुझायो ज्ञापनपत्र

विराटनगर, ७ माघ । नेकपा (एमाले) को जनबर्गीय संगठन नेपाल उत्पीडित जायीय मुक्ति समाज प्रदेश १ ले विभिन्न २० बुँदे मागसहित मुख्यमन्त्री राजेन्द्र राईलाई ज्ञापनपत्र बुझाएको छ । मुक्ति समाज प्रदेश १ ले शुक्रबार प्रदेश...

सफ्ट टेनिसको उपाधि श्रेया र आशिषलाई

विराटनगर । कोशी प्रदेश स्तरीय सफ्ट टेनिस प्रतियोगिताको उपाधि श्रेया योञ्जन र आशिष बोहराले जितेका छन् । मोरङ जिल्ला सफ्ट टेनिस संघको आयोजनामा विराटनगरमा बिहीबार सम्पन्न फाइनलमा महिला सिंगल तर्फ श्रेयाले र पुरुष सिंगलमा आशिषले...

बजार खोल्ने हेटौँडाका व्यवसायीको निर्णय 

हेटौंडा, १९ जेठ-हेटौँडाका व्यवसायीहरूले देशमा जारी लकडाउन स्वीकार्दै बस्नुको औचित्य समाप्त भएको भन्दै सरकारलाई चेतावनी दिएका छन् । मकवानपुर उद्योग वाणिज्य संघले हेटौँडाका व्यवसायीहरूको चर्को दबाबमा २१ जेठदेखि बजार खुलाउने निर्णय लिएको छ । संघले...

कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ७७ हजार नाघ्यो

पेरिस, २० जेठ-महामारीका रूपमा फैलिएको कोरोनाभाइरसबाट विश्वभर ३ लाख ७७ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । एएफपीको गणनाअनुसार विश्वभर ६३ लाख ७४ हजार मानिस कोरोनाभाइरसबाट संक्रमित छन् । जसमा युरोपमा मात्र १ लाख ७९...

झापाका १४ पालिका बाढीको उच्च जोखिममा

झापा, १५ असार-झापाका १५ स्थानीय तहमध्ये १४ पालिका जिल्लाका मुख्य नदीनालामा पानीको बहाव बढेसँगै प्रभावित हुने नेपाल रेडक्रस सोसाइटी झापाले जनाएको छ । झापा भएर बग्ने साना ठूला २८ नदीनालामध्ये मुख्य ९ वटा नदीले दमक...

इलाममा सुख्खा पहिरो खसेपछि मेची राजमार्ग अवरुद्ध

सुख्खा पहिरो खसेपछि मेची राजमार्ग अन्तर्गत इलामको जिरो–धोबिधारा सडक खण्ड अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि गन्तव्यका लागि हिँडेका सर्वसाधारण बाटोमै अलपत्र परेका छन् । इलाम नगरपालिका–८ मा पर्ने यो सडकखण्डमा शनिबार बिहान सुख्खा...

स्वास्थ्यकर्मीलाई अभद्र व्यवहार गर्ने उत्तम कार्की थुनामुक्त

काठमाडौं, ८ जेठ-स्वास्थ्यकर्मीलाई अभद्र व्यवहार गर्ने चन्द्रगिरिका उत्तम कार्की थुनामुक्त भएका छन् । जेठ ४ गते स्वास्थकर्मीलाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । अदालतले गम्भीर अपराधको मुद्दाबाहेक सामान्य सार्वजनिक अपराध मुद्दामा...

विराटनगरमा गाउँघर क्लिनिकको सेवा विस्तार

विराटनगर । विराटनगर महानगरपालिकामा पहिलो पटक वडास्तरमा गाउँघर क्लिनिकको सेवा विस्तार गरिएको छ । सेवाको विस्तार विराटनगर ८ बाट गरिएको हो । विराटनगर ८ मा प्रत्येक महिनाको ९ र १० गते गाउँघर क्लिनिकको सेवा प्रवाह...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्