पेरिसडाँडामा नेकपा बैठक

 न्यूज विराट
पेरिसडाँडामा नेकपा बैठक

काठमाडौं,  ४ असोज-काठमाडौं,  ४ असोज-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ। नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले कार्यकारी अध्यक्षको अधिकार प्रयोग गर्न पाउने निर्णयपछि पहिलो पटक पेरिसडाँडामा बैठक बोलाइएको हो । यसअघिका बैठक धुम्बाराहीस्थित केन्द्रीय कार्यालय र प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएका थिए ।

यसअघि २ असोजमा बोलाइएको बैठक अन्तिम समयमा स्थगित गरिएको थियो । सचिवालय बैठकका लागि पेरिसडाँडास्थित कार्यालयमा भौतिक दुरी कायम गरी आसनको व्यवस्था गरिएको छ ।

बालुवाटारमा बसेको २६ भदौको स्थायी कमिटी बैठकले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डको कार्यविभाजन तथा कार्याधिकार स्पष्ट पारेको पारेको थियो ।

सोही विषय कार्न्वयनका विषयमा पनि सचिवालय बैठकमा छलफल हुने बताइएको छ । बैठकमा सो निर्णय कार्यान्वयनका लागि मापदण्ड बनाउने, मन्त्रिपरिषद पुनर्गठन गर्ने, सांगठनिक एकीकरणको बाँकी काम पूरा गर्ने र संवैधानिक निकायहरुमा राजनीतिक नियुक्ति छिटो गर्ने लगायतका विषयमा  छलफल हुने छ ।

सम्बन्धित समाचार

राजपुत समुदाय संगठित, विराटनगरको अध्यक्षमा राजेश

विराटनगर । नेपालको तराई मधेशमा बसोबास गर्दै आएका राजपुत समुदाय संगठित हुन थालेका छन् । जिल्लाभरी छरिएर रहेका राजपुत समुदायको तथ्यांक संकलन गरेर संगठित हुन थालेका हुन् । जातिय एवंम सामुहिक एकता कायम गरेर राजपुत...

भारतमा २४ घण्टामा कोरोना संक्रमित ८ सय ६१ जनाको मृत्यु

एजेन्सी, साउन २५-भारतमा विगत २४ घण्टाको अवधिमा कोरोनाभाइरस संक्रमित व्यक्तिको संख्या ६४ हजार ३ सय ९९ जना रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा कोरोनाभाइरस संक्रमित व्यक्तिमध्ये...

धनकुटामा थप ५ जनामा कोरोना संक्रमण

विराटनगर, जेठ ६-धनकुटामामा मंगलबार थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ४ स्वास्थ्यकर्मी र १ जना सुरक्षाकर्मीमा संक्रमण पुष्टि भएको हो । सोमबार धनकुटा अस्पतालमा...

महानगरले आगलागीमा ज्यान गुमाएका परिवारलाई राहत उपलब्ध गराउने, मृतक परिवारलाई जनही १ लाख

विराटनगर । विराटनगर–७ सातघुम्तीस्थित कवाडी पसलमा आगलागी हुँदा ज्यान गुमाएका पीडित परिवार र घाइतेलाई विराटनगर महानगरपालिकाले राहत उपलब्ध गराउने भएको छ । महानगरपालिकाको विपद व्यवस्थापन कोषबाट खर्च हुनेगरी ज्यान गुमाएका परिवारलाई जनही एक–एक लाख रुपैयाँ...

प्रदेश १ बाट एकै दिन ७० जनाले जिते कोरोना

विराटनगर , असार ११–प्रदेश १ बाट आज ७० जना संङ्क्रमित डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन सेन्टरमा उपचाररत ७० जना डिस्चार्ज भएका हुन । डिस्चार्ज हुनेमा मोरंगका १२, झापाका २९, सुनसरीका २०,...

स्थायी कमिटीमा कोरम नपुगेपछि प्रचण्ड–खनाल पुगे ओली भेट्न

काठमाडौं, १३ साउन-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र वरिष्ठ नेता झलनाथ खनाल अर्का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पुगेका छन् । मंगलबार बिहान अध्यक्ष ओलीले एकतर्फी रुपमा स्थायी कमिटीको बैठक...

कोशी प्रदेशममा मन्त्रीपरिषद् विस्तार, थपिए दुई मन्त्री र दुई राज्यमन्त्री

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सोमबार मुख्यमन्त्री कार्कीले २ मन्त्री र २ राज्यमन्त्री नियुक्त गरेका हुन् । खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री बुद्धिकुमार राजभण्डारी नियुक्त भएका छन् भने लीलाबल्लभ...

७ जिल्ला कोरोना फ्रि, ३ मा ५ सयभन्दा बढी संक्रमित

काठमाडौं, ५ साउन-शून्य कोरोना संक्रमित भएका जिल्लाको संख्या ७ पुगेको छ । स्वास्थ्य तथा जसंख्या मन्त्रालयको कोभिड-१९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले नेपालका ७ जिल्ला कोरोना फ्रि भएको बताए । उनका अनुसार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्