कोरोना महामारीले कबुल गरिएका कतिपय काम सम्पन्न भएन:प्रधानमन्त्री ओली

 न्यूज विराट
कोरोना महामारीले कबुल गरिएका कतिपय काम सम्पन्न भएन:प्रधानमन्त्री ओली

काठमाडौं, ३ असोज-प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीका कारण विकास निर्माणका कामले सोचे जस्तो गति नलिएको बताएका छन् । संविधान दिवस (राष्ट्रिय दिवस)को अवसरमा शनिबार टुँडिखेलबाट देशबासीको नाममा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना महामारीले गत वर्ष कबुल गरिएका कतिपय काम सम्पन्न नभएको बताएका हुन् ।

‘गत बर्ष आजकै दिन मैले सरकार सञ्चालनको १८ महिनामा भएका उपलब्धिको संक्षिप्त विवरण राखेको थिएँ । यदि कोरोना महामारी हुँदैनथ्यो भने आज गत वर्ष कबुल गरिएका कतिपय काम सम्पन्न भएको विवरणको चर्चा हुने थियो,’ उनले सम्बोधनका क्रममा भने, ‘केही राष्ट्रिय गौरवका आयोजना उद्घाटन हुने थिए । भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको हुने थियो । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट उर्जा उत्पादन सुरु भएको हुने थियो । मेलम्चीको पानी आउन थालेको हुने थियो । रानीपोखरीको पुनःनिर्माण सम्पन्न भइसकेको हुने थियो । धरहरा निर्माणको कार्य सकिने थियो । निजी आवास पुनःनिर्माणको काम पूर्ण रूपमै भइसकेको हुने थियो ।’

प्रधानमन्त्री ओलीले कोभिड-१९ ले अर्थतन्त्रमा पारेको प्रतिकूल अवस्थाको छिट्टै अन्त्य गर्ने छौं र परिस्थितिलाई अनुकूल बनाउने बताए । ‘सरकारले कोभिड-१९ बाट प्रभावित उद्योग/व्यवसायलाई सहज सञ्चालनको वातावरण बनाउन बजेट र मौद्रिक नीतिमार्फत आर्थिक पुनरुत्थानका प्रस्ताव अघि सारेको छ । कर सहुलियतदेखि बैंक ब्याज एवं विद्युत महसुल छुट र श्रमिकको सामाजिक सुरक्षा कोषमा सरकारका तर्फबाट रकम योगदान गर्नेसम्मका काम भएका छन्,’ उनले भने, ‘अर्थतन्त्रलाई पुनरुत्थान गर्न कृषि, उर्जा, पर्यटन तथा घरेलु, साना एवम् मझौला उद्योग समेतलाई समेट्नेगरी पुनरकर्जाकोषको व्यवस्था गरिएको छ । यसबाट २ खर्बभन्दा बढी लगानी परिचालन हुनेछ ।’

सम्बन्धित समाचार

जनकपुरका सम्पूर्ण पसल दिउँसो १२ बजेसम्म खोलिने

जनकपुर, २३ जेठ-प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा ७३ दिनपछि आज (शुक्रबार) देखि लकडाउन खुकुलो बनाउने निर्णय गरिएको छ । जनकपुरधामका सम्पूर्ण पसल दिउँसो १२ बजेसम्म खोलिने निर्णय भएको बैठकका सहभागि चेम्बर अफ कमर्स जनकपुरधामका...

क्यानले सन्दीपमाथि तत्काल कुनै छानबिन नगर्ने

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि लागेको नाबालिका करणी आरोपका विषयमा नेपाल क्रिकेट सङ्घ (क्यान)ले तत्काल केही छानबिन नगर्ने बताएको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपलाई आरोप मात्र लागेको र अनुसन्धानकै क्रममा रहेकाले यस...

देउवाद्वारा नेपाल पक्षलाई सरकारमा आउन प्रस्ताव, दल विभाजनका लागि कानूनी प्रवन्ध मिलाउने आश्वासन

प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई आज भेटेर सरकारमा आफ्नो पक्षलाई सहभागी गराउन प्रस्ताव गरेका छन् । नेपाल निवास कोटेश्वरमै पुगेर देउवाले यस्तो प्रस्ताव राखेका हुन् । स्रोतका अनुसार देउवाले आवश्यक परेको...

क्रकेट प्रशिक्षकलाई प्रशिक्षण तालिम

विराटनगर । क्रिकेट प्रशिक्षकहरूको लागि आयोजना गरिएको दुई दिने क्रिकेट प्रशिक्षण तालिम शनिबार सम्पन्न भएको छ । नेपाल क्रिकेट फाउण्डेसन र क्रिकेट वीइदआउट बाउनड्रीज बेलायतको संयुक्त आयोजनामा शुक्रबारदेखि उक्त तालिम विराटनगरमा भएको थियो । दक्ष...

उद्योगी विनोद चौधरीलाई कोरोना संक्रमण

काठमाडौं, १२ भदौ-उद्योगी विनोद चौधरीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएकाे छ । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूलाई कोरोना पोजिटिभ देखिएको पुष्टि गरेका हुन् । शुक्रबार बिहान आएको कोरोना परीक्षण नतिजाकाे पोेजिटिभ रिपाेर्ट आएकाे उनले जानकारी...

सुक्खा पहाड खनेर निकालियो खानेपानी, फर्किए बसाइँ सर्ने गाउँले

खानेपानी अभाव भएपछि इलाम नगरपालिका–११ सोयाकमा पहाड खनेर पानी निकालिएको छ । सुक्खाग्रस्त क्षेत्रमा पानीको हाहाकार भएपछि बसाइँ सर्नेको सङ्ख्या बढेको थियो । नगरले डिप बोरिङमार्फत जमिन खनेर पानी निकालेपछि बसाइँ सर्ने फर्किन थालेका छन्...

धानखेतमा खोला पसेपछि

चन्द्रकला भण्डारी झापा, ४ कात्तिक ९रासस० ः गौरीगञ्ज गाउँपालिका–२ भाकुरमाडी बस्तीमा पसेको पानी र हिलो अझै सुकेको छैन । धानका कुन्यू मिलाएजस्तै लहरै माटो र ढुङ्गाले जस्तापाता च्यापेर बनाएको घरको आँगनदेखि ओछ्यानसम्मै छिपछिप्पे हिलो र...

प्रदेश २ मा ३ हजार ७ सय ३७ जनामा कोरोना संक्रमण

जनकपुरधाम, २२ असार-प्रदेश २ मा पछिल्लो २४ घण्टामा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसअनुसार महोत्तरीमा २० जना, सर्लाहीमा ८ जना र धनुषामा १ जनामा संक्रमण देखिएको हो । सोमबार संक्रमण पुष्टि भएकाहरूमध्ये...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्