थप ७ संक्रमितको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

 न्यूज विराट
थप ७ संक्रमितको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

काठमाडौं, २ असोज-पछिल्लो २४ घण्टाको अवधिमा सात जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा दुई महिला र पाँच पुरुषको कोरोना संक्रमणबाट निधन भएको हो ।

कोरोना संक्रमणबाट मृत्यु हुनेमा उपत्यकाका तीन जिल्लाका चार जना रहेका छन् । काठमाडौंमा महिला र पुरुष एक/एक जना रहेका छन् भने भक्तपुरका एक पुरुष र ललितपुरकी एक महिलाको मृत्यु भएको छ ।

त्यस्तै, मोरङका दुई पुरुष र नवलपरासीका एक पुरुषको कोरोना संक्रमणबाट निधन भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ९० पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर ०.६३ प्रतिशत रहेको छ।

आज देशभर २ सय ९ जनाको भेन्टिलेटर र आइसीयूमा उपचार भइरहेको छ । जसमध्ये १ सय ७३ जना आइसीयूमा र ३६ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयको तथ्यांक छ । मोरङ, सुनसरी, सिराहा, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, चितवन र रूपन्देही जिल्लामा पाँच सयभन्दा बढी संक्रमित रहेका छन् भने सोलुखुम्बु, रसुवा, डोल्पा, मुगु र हुम्लामा भने संक्रमण शून्यमा झरेको छ ।

सम्बन्धित समाचार

लकडाउनविरुद्ध बन्दुकसहित प्रदर्शन, समर्थनमा ट्रम्पको ट्विट

एजेन्सी, बैशाख ६-अमेरिकाका विभिन्न राज्यहरुमा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले लकडाउनको विरोधमा बन्दुकसहित प्रदर्शन गरेका छन् । विशेषगरी डेमोक्रेट पार्टीको शासन रहेका राज्यहरुमा ट्रम्प पक्षधरले प्रदर्शन गरेका छन् । यो प्रदर्शनलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले नै समर्थन...

उत्कृष्ट विद्यार्थीलाई शिक्षादीपको सम्मान

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजले विद्यार्थीहरुलाई पुरस्कृत र सम्मान गरेको छ । कलेज परिसरमा बुधबार एक कार्यक्रम आयोजना गरी उनीहरुलाई पुरस्कृत र सम्मान गरेको हो ।कक्ष ११ र १२ को प्रथम त्रैमासिक परीक्षामा ८० प्रतिशत...

बालबालिकालाई स्कुल ब्याग वितरण

विराटनगर, ३० वैशाख । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले बालबालिकाहरुलाई स्कुल ब्याग वितरण गरेको छ । एनआईसी एसिया बैंकको सहयोगमा क्लबले एक कार्यक्रमकाबिच विराटनगर खार्जीस्थित ज्योती आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरेको हो...

‘लकडाउन म्यूजिक कम्पिटिसन–२०७८’ को उपाधी दिपेश मोक्तानलाई

विराटनगर, २६ असार । ४ जना प्रतिस्पर्धीलाई फाइनलमा उछिन्दै दिपेश मोक्तान ‘इट्स माइ सोङ्ग–लकडाउन म्यूजिक कम्पिटिसन –२०७८’ को बिजेता बन्न सफल भएका छन् । फाइनल राउण्डका प्रतिस्पर्धीहरू मनु दाहाल, देवेन्द्र बास्कोटा, भुपेन्द्र कटुवाल र राज...

कोरोनाको असर खनिज तेलमा : प्रतिदिन एक करोड ब्यारेल तेल उत्पादन कटौती गर्ने सहमति

ओपेक, रसिया र अरू तेल उत्पादक राष्ट्रहरूबीच आइतबार प्रतिदिन झण्डै एक करोड ब्यारेल तेल उत्पादन कटौती गर्न सहमति भएको छ । विश्वको हाल दैनिक उत्पादित तेलको यो १० भागमा एक भाग हो । कोरोनाभाइरसको महामारीका...

४ लाख २९ हजारले लगाए कोरोनाविरुद्धको खोप

सरकारले कोभिड–१९ विरुद्धको खोप पहिलो चरणको  अभियानअन्तर्गत करीब चार लाख २९ हजार जनाले खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंहले पहिलो चरणको अभियानअन्तर्गत दुई पटक सञ्चालन भएको...

ऊर्जा कुलेखानीबाट निरन्तर विद्युत् उत्पादन

मकवानपुर, १७ वैशाख-मकवानपुरमा स्थापित कुलेखानी जलविद्युत् आयोजना प्रथम, दोस्रो र तेस्रोबाट उत्पादित विद्युतले ग्राहकको मागलाई सहज आपूर्ति गरिरहेको छ । सो आयोजनाको कुलेखानी प्रथमबाट ६०, दोस्रोबाट ३२ र तेस्रोबाट १४ गरी १०६ मेगावाट अहिले नियमित...

मोरङका एसपी नवराज कार्की हेडक्वार्टर तानिए, ८ महिनामै किन भयो सरुवा ?

विराटनगर । मोरङ प्रहरी प्रमुख प्रमुख एसपी नवराज कार्कीको आकस्मिक रुपमा सरुवा गरेको छ । मोरङ आएको आज ८ महिना पूरा भएकै दिन प्रहरी प्रधान कार्यालयले कार्कीको प्रहरी हेडक्वार्टरस्थित अपराध अनुसन्धान विभागमा सरुवा गरिएको हो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्