विश्वभरि कोरोना संक्रमितको संख्या तीन करोड नाघ्यो

 न्यूज विराट
विश्वभरि कोरोना संक्रमितको संख्या तीन करोड नाघ्यो

एजेन्सी, २ असोज-विश्वभरी कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या सङ्ख्या तीन करोड नाघेको छ । संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार चीनको वुहानमा गत वर्ष पहिलो पटक देखिएको कोरोना भाइरसबाट हालसम्म मृत्यु हुनेहरूको सङ्ख्या नौ लाख नाघेको छ।

कोरोना भाइरसबाट विश्वमै सबैभन्दा धेरै सङ्क्रमण र मृत्यु अमेरिकामा भएको छ। हालसम्म अमेरिकामा ६६ लाख ६९ हजार ३ सय २२ भन्दा बढी सङ्क्रमित भएका छन् भने १ लाख ९७ हजार ५ सय ८९ जनाको मृत्यु भएको विश्वविद्यालयले जनाएको छ।

कोरोना भाइरसबाट अमेरिकापछि भारतमा दोस्रो धेरै सङ्क्रमित छन् । सर्बाधिक संक्रमित भएका देशको सूचिमा ब्राजिल तेस्रो स्थानमा छ । मृतकको सङ्ख्यामा भने ब्राजिल दोस्रो स्थानमा छ भने भारत तेस्रो स्थानमा छ।

ब्राजिलमा १ लाख ३४ हजार १ सय ६ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ भने भारतमा हालसम्म ८३ हजार १ सय ९८ जनाको मृत्यु भएको छ।

चौथो स्थानमा रहेको रुसमा १० लाख ८१ हजार १५२ सङ्क्रमित छन् भने पाँचौँ स्थानमा रहेको पेरुमा ७ हजार ४४ हजार ४ सयभन्दा बढी सङ्क्रमित छन् ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार कोरोना भाइरसबाट हालसम्म सबैभन्दा नराम्ररी प्रभावित देशका रूपमा अमेरिका, भारत र ब्राजिल रहेका छन् । यद्यपि सुरुवाती समयमा अत्यधिक प्रभावित रहेका युरोपेली देशमा विस्तारै संक्रमण बढ्न थालेको छ ।

सम्बन्धित समाचार

मजदुर नेता राय मोरङको क्षेत्र नं. ६ मा उठ्ने

विराटनगर । आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा मजदुर नेता उपेन्द्र कुमार रायले मोरङको क्षेत्र नं. ६ को (क) मा उम्मेदवारी दिने भएका छन् । नेकपा माओवादी केन्द्रबाट रायले उम्मेदवारी दिने भएका हुन् । विद्यार्थी...

भारतको गतिविधि विस्तारबादी चरित्रः सांसद मण्डल

विराटनगर, बैशाख २७–पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य शिवकुमार मण्डलले भारतले विस्तारबादी चरित्र प्रदर्शन गरेको आरोप लगाएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्यसमेत रहेका सांसद मण्डलले विश्वव्यापी माहामारीका रुपमा फैएिको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमका...

बुढिगंगामा करेन्ट लागेर १ जनाको मृत्यु

विराटनगर, ६ मंसिर । मोरङको बुढिगंगा गाऊपालिका ४ स्थित बागमती मोलडिङ्ग ईन्ड्रेष्ट्रि प्रा.लि. मा काम गर्ने मजदुर सोही स्थानका ४४ बर्षीय कलरु कुमार खवासको करेन्ट लागेर मृत्यु भएको छ । हिजो बेलुका ५ बजे उनि...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । समायोजन गरिएको मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ । निगमले डिजेल, पेट्रोल, मट्टितेल आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर दुईका दरले वृद्धि गरेको हो ।...

सुर्खेतमा उपचाररत जुम्लाका कोरोना संक्रमित पुरुषको मृत्यु

सुर्खेतमा जुम्लाका एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । जुम्ला तिला गाँउपालिका–२ का ७६ वर्षीया पुरुषको कर्णाली प्रदेश अस्पताल, सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको हो । १२ वैशाखमा उपचारका लागि अस्पताल भर्ना भएका ती...

कोरोना भाईरसको संक्रमणबाट थप एक जनाका मृत्यु

विराटनगर, ११ कात्तिक–सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु भएको छ । गएराती १२ बजेर ५५ मिनेटमा प्रतिष्ठानको कोभिड अस्पतालमा सुनसरीको धरानका ५० वर्षीय पुरुषको मृत्यु भएको हो ।...

कुछी भ्वय खाएर महाअष्टमी मनाउँदै नेवार समुदाय

भादगाउँ, २७ असोज-बडादसैँको आठौँ दिन आज बेलुका नेवार समुदायले कुछी भ्वय खाएर महाअष्टमी पर्व मनाउँदै छन् । नेवारीमा कुछीको अर्थ दुई माना हो भने भ्वयको अर्थ भोज हो । महाअष्टमीको दिन विशेष गरेर केराको पातमा...

वित्तीय उत्तरदायित्व नियमावली नहुँदा संवैधानिक संकट

काठमाडौं, २४ वैशाख-महालेखा नियन्त्रक गोपिनाथ मैनालीले वित्तीय उत्तरदायित्व नियमावली नहुँदा संवैधानिक संकट आउन सक्ने बताएका छन् । राजश्व बाँडफाँड, वित्त हस्तान्तरण लगायत सार्वजनिक वित्त व्यवस्थापनसँग सम्बन्धित विषयमा छलफल गर्न आयोजित अर्थसमितिको बैठकमा महालेखा नियन्त्रका मैनालीले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्