बीपी प्रतिष्ठानमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु 

 न्यूज विराट
बीपी प्रतिष्ठानमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु 

विराटनगर,  ३१ भदौ-सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रमा बुधबार बिहान थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । 

बीपीको कोभिड अस्पतालमा सप्तरीको खडक नगरपालिका–३ का ३५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । मृतक पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि सप्तरीको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजबाट रेफर भई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार बिहान पौने ११ बजे भर्ना भएका थिए ।

प्रतिष्ठानको कोभिड अस्पतालमा सिकिस्त अवस्थामा उपचाररत ती पुरुषको बुधबार विहान ६ बजेर १० मिनेटमा मृत्यु भएको हो । मृतक पुरुषमा एक वर्षदेखि मृगौलाको समस्या रहेको र हप्तामा दुईपटक डायलासिस हुँदै आएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । उनले मृतकको शव व्यवस्थापन कार्य नियमअनुसार भइरहेको बताए ।

योसँगै प्रदेश १ मा बुधबार बिहानसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ । जसमध्ये प्रदेश १ स्थायी ठेगाना भएका ३७ जना हुन् भने प्रदेश १ बाहिरका १४ जना रहेका छन् ।

सम्बन्धित समाचार

भोलिबाट २१ दिनका लागि भारतमा लकडाउन घोषणा

कोरोना संक्रमण रोक्न भारतले भोलिबाट लागू हु्नेगरी २१ दिन लामो लक डाउन गर्ने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा २१ दिन लामो लकडाउन गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री मोदीले देशका नाममा सम्बोधन...

राजावादीले आगो लगाएको घरमा जलेर पत्रकारको मृत्यु

काठमाण्डौं । राजसंस्था पुनर्स्थापनाका लागि दुर्गा प्रसाईं नेतृत्वमा शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रमा व्यक्तिको घरमा आगजनी हुँदा त्यहाँ भिडिओ खिचिरहेका एक जना पत्रकारको मृत्यु भएको छ। एभिन्युज टेलिभिजनका अनुसार भिडिओ पत्रकार सुरेश रजकको आगलागीमा परेर मृत्यु...

विराटनगरमा ३९ सहित प्रदेश १ मा ३२२ जनामा कोरोना संक्रमण

विराटनगर, ९ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३२२ जनामा कोरोना संक्रमण भएको छ । ७२५ जनाको पीसीआर परीक्षण गर्दा १६९ र ६१४ जनाको एन्टिजेन परीक्षण गर्दा १५३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक...

प्रदेश १ सरकारले कोरोना खोपको दुरुपयोग गर्याेः कांग्रेस

विराटानगर, ९ जेठ । प्रदेश १ को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश सरकारले खोपको दुरुपयोग गरेको आरोप लगाएको छ । नेपाली कांग्रेस प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीले प्रदेशमा भण्डारण गरिएको कोरोनाविरुद्धको खोपको...

विराटनगरको बाटा रोडमा लागो आगो, एकघण्टापछि नियन्त्रणमा

विराटनगर । विराटनगर ९ बाटा रोडको मुख्य चोकको बिजुलीको पोलमा तार सर्ट भएर आगजनी भएको छ । आज झास अम्बिका वास्त्रालय अगाडी बिजुलीको पोलमा लागेको हो । पोलमा लागेको आगो एक घण्टापछि नियन्त्रणमा आएको हो...

मन्त्री घिमिरेद्धारा योजनाहरुको अनुगमन

विराटनगर, जेठ १७–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले मोरङको निर्वाचन क्षेत्र ४ (ख) अन्र्तगत निर्माणाधिन योजनाहरुको अनुगमन गरेका छन् । निर्वाचन क्षेत्र विकास कोष मार्फत कटहरीमा निर्माण भईरहेका योजनाहरुको मन्त्री घिमिरेले अनुगमन गरेका...

मोरङ प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना, १३ सय प्रहरी खटिने

विराटनगर । चाडपर्व नजिकिदै जाँदा मोरङ प्रहरीले विशेष सुरक्षा रणनीति बनाएको छ । चाडपर्व हुन सक्ने चोरी, लुटपाटलगायत विभिन्न आपराधिक गतिविधिलाई मध्यनजर गर्दै सुरक्षा योजना तयार पारेको हो । दसैँ, तिहार, छठलगायतका पर्वलाई लक्षित गरेर...

‘लाङ्टाङ र गोसाइँकुण्डको रोञ्चकारी पदयात्रामा निस्कने होइन ?’

रसुवा, २६ असोज-कोभिड–१९ का कारण लामो समयदेखि सुनसान जिल्लाको पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । कोभिड सङ्क्रमणदर न्यून र वर्षाको प्रभाव हट्दै गएकाले हिमाली प्रकृति छटा अवलोकनका लागि पर्यटक आकर्षित हुन थालेका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्