आज केही स्थानमा भारी वर्षाको सम्भावना

 न्यूज विराट
आज केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं, २१ भदौ-आज देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसाे प्रदेश- १,  बागमती र गण्डकी प्रदेशका केही स्थानमा भने भारी वर्षा हुन सक्ने छ। 

आज राति प्रदेश- १, प्रदेश- २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् विभूती पोखरेलले जानकारी दिइन् । उनका अनुसार भोलि प्रदेश- १, बागमती, गण्डकी प्रदेश र प्रदेश- ५ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

सोमबार राति देशभर प्रदेश- १, बागमती, गण्डकी प्रदेश र प्रदेश- ५ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान हुनसक्ने भएकाले आवश्यक सतर्क हुन विभागले आग्रह गरेको छ ।

सम्बन्धित समाचार

झी: पुचमा ३५ जनाको सामुहिक व्रतबन्ध

विराटनगर । विराटनगरस्थित झी : पुचमा सामुहिक व्रतबन्ध भएको छ । प्रदेश १ को विभिन्न जिल्लासहित अन्य ठाउँबाट ३६ जना बटुक सहभागी गराएर सामुहिक व्रतबन्ध गराएको झी : पुचका अध्यक्ष हरीबहादुर श्रेष्ठले जानकारी दिए ।...

बरिष्ठ सई राजेन्द्र कटुवाल भए भदौ महिनाको सर्वोत्कृष्ट प्रहरी

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले भदौ महिनामा प्रदेश भरीबाट उत्कृष्ट कार्य गरेको भन्दै बरिष्ठ नायव निरीक्षक राजेन्द्र कटवाल पुरस्कृत भएका छन् । मोरङ प्रहरीमा कार्यरत कटुवाललाई भदौ महिनाको उत्कृष्ट प्रहरीको रुपमा पुस्कृत गरेको...

मदन भण्डारी दौड प्रतियोगिता भोली

विराटनगर । मदन भण्डारी सडक दौड प्रतियोगिता हुने भएको छ । नेकोस राष्ट्रिय एथलेटिक्स संघको आयोजनामा विराटनगरमा बुधबार विहान मदन भण्डारी सडक दौड प्रतियोगिता हुने भएको हो । मदन भण्डारीको ७३ औं जन्म जयन्तीको अवसरमा...

२७ जना तेक्वान्दो खेलाडीको बेल्ट ग्रेडिङ

विराटनगर । विराटनगर १३ मा रहेको पूर्वाञ्चल विद्या सदन वोर्डिङ स्कुलले २७ जना तेक्वान्दो खेलाडीको बेल्ट प्रमोसन ग्रेडिङ सम्पन्न भएको छ । स्कुल परिसरमा एक कार्यक्रम आयोजना गरि ग्रेडिङ सम्पन्न गरेको हो । उक्त कार्यक्रममै...

कोरोनाका कारण मृत्यु हुनेको स्मृतिमा चीनमा मौनधारण

चीनमा कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको सम्झनामा शनिवार विहान मौनधारण गरिएको छ ।स्थानीय समयानुसार बिहान १० बजेदेखि ३ मिनेटसम्म मौनधारण गरिएको थियो । मौनधारण कार्यक्रममा राष्ट्रपति सि जिनफिङलगायतका विशिष्ट व्यक्तिहरु पनि सहभागीता रहेको थियो ।...

साउनदेखि कक्षा १२ को पढाइ सुरु हुने

काठमाडौं, ५ असार । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को अन्तिम मूल्याङ्कन असारभित्रै गरिसक्न विद्यालयहरूलाई अनुरोध गरेको छ । गत वर्ष बनाइएको कार्यविधिअनुसार विद्यालयहरूले कक्षा ११ को अन्तिम नतिजा असारभित्रै सार्वजनिक गरी साउनबाट कक्षा १२ को...

पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि फिर्ता लिन यातायात व्यवसायीको माग

काठमाडौं, १० माघ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले सोमबार विज्ञप्ति जारी गर्दै कोरोना महामारीबीच व्यवसायीले बैंक तथा वित्तीय संस्थाको ब्याज...

बन्दाबन्दीमै जहदामा ३२ सुकुम्बासीको घर निर्माण सुरु, जसको घर उसैलाई रोजगारी

विराटनगर, बैशाख २९–बन्दाबन्दीकै बिच मोरङको जहदा गाउँपालिका–१ स्थित धुनीमा अति विपन्न सुकुम्बासी परिवारका लागि घर निर्माण प्रकृया सुरु भएको छ । पूर्वमन्त्री तथा मोरङ क्षेत्र नं. ५ का सांसद शिवकुमार मण्डलको पहलमा स्थानीय ३२ विपन्न...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्