रोटरीद्धारा जेष्ठनागरिकहरुलाई खाद्यान्न र लत्ताकपडा वितरण

 न्यूज विराट
रोटरीद्धारा जेष्ठनागरिकहरुलाई खाद्यान्न र लत्ताकपडा वितरण

विराटनगर, १७ भदौ–सामाजिक क्षेत्रमा अग्रसर रहेको रोटरी क्लब अफ विराटनगर डाउन टाउनले जेष्ठ नागरिकहरुका लागि खाद्यान्न र लत्ताकपडा वितरण गरेको छ । विराटनगर आशोक चोक स्थित विराटेश्वर बृद्धाश्रममा आश्रित ६० जना जेष्ठ नागरिकहरुका लागि खाद्यान्न र लत्ताकपडा वितरण गरेको हो ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निकायसँगको सहकार्यका काम गर्दै आएको र शिक्षा, स्वास्थ्य तथा वातावरणका क्षेत्रमासमेत योगदान पुर्याउँदै आएको सो क्लबले एक कार्यक्रमकाबीच बुधबार सो आश्रममा आश्रित जेष्ठ नागरिकहरुलाई खाद्यान्न तथा लत्ता कपडा वितरण गरेको क्लबकी सचिव गिरिजा सारडाले जानकारी दिइन ।

आश्रमका जेष्ठ नागरिकहरुका लागि बुधबार एक कार्यक्रममका बिच खाद्यान्न र लत्ता कपडा क्लबका अध्यक्ष दिप्ती अग्रवाल, सचिव गिरिजा सारडा, क्लबका निवर्तमान अध्यक्ष अर्चना तापडिया लगायतले आश्रमका अध्यक्ष जगत अर्याललाई हस्तान्तरण गरे ।

यस अघि केही दिन अघि मात्र क्लबले विभिन्न निकायलाई १० हजार थान मास्क, बखरी प्रहरी चौकमीमा कार्यरत प्रहरीका लागि १५ सेट मास्क, स्यानिटाइजर, फेस शिल्ड र बखरीका स्थानीउलाई ५० थान मास्क र स्यानिटाइजर वितरण गरेको थियो ।

सम्बन्धित समाचार

पश्चिमाञ्चल अस्पतालमा स्यानिटाइजर टनेल, ५ सेकेन्डमा होलबडी स्प्रे

पोखरा, ८ वैशाख-विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्नका लागि पोखरा महानगरपालिकाले पोखराका विभिन्न ठाउँमा स्वचालित स्यानिटाइजर टनेल सञ्चालनमा ल्याएको छ । महानगरले यसै क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको पूर्वपट्टिको गेटमा...

कोशी प्रदेश सरकारविरुद्धको रिट तेस्रो दिन पनि हेर्न नभ्याइनेमा

काठमाडौं । कोसी प्रदेश सरकारविरुद्धको रिट आज पनि हेर्न नभ्याइने भएको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा परेको उक्त रिट बिहानै हेर्न नभ्याइने भन्दै स्थगित भएको छ । यसअघि, दुईपटक सुनुवाइ तोकिएको भए पनि हेर्न...

आज विराटनगरमा २४० कोरोना संक्रमित थपिए

विराटनगर, ५ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८९१ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ११२ जनाको पीसीआर परीक्षण गर्दा ६७७ र ५६३ जनाको एन्टिजेन परीक्षण गर्दा २१४ जनामा संक्रमण देखिएको...

अकूत सम्पत्ति कमाएको अभियोगमा सडक विभागका तत्कालीन इन्जिनियरविरुद्ध मुद्दा

काठमाडौं, २२ असार-अख्तियार दुरुपयोग अनुसनधान आयोगले अकूत सम्पत्ति कमाएको अभियोगमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सडक विभागका तत्कालीन सुपरिटेन्डेन्ट इञ्जिनियर चन्द्रनारायण यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको भनी...

विराटनगरमा अत्याधिक भीडभाड, संक्रमणको जोखिम अझ बढ्यो(फोटो फिचर)

विराटनगर, साउन १९–विराटनगर महानगरपालिकाले जारी गरेको लक डाउन उ्रल्लंघन गर्दै अत्याधि भिडभाड हुन थालेको छ । लक डाउन कार्यान्वयन फितलो भएका कारण सर्वसाधरणले वेवास्ता गर्दै भिढभाड गरेका हुन् । सोमबार जनै पूर्णिमाका दिन विहानैदेखि विराटनगमा...

एकीकृत भन्सार जाँच चौकी निर्माणमा ढिलाइ

राँझा, २७ कात्तिक-पश्चिम नेपालको प्रमुख नाका नेपालगञ्जस्थित नेपाल–भारत सीमा क्षेत्रमा निर्माणाधीन एकीकृत भन्सार जाँच चौकी निर्माणमा ढिलाई भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१६ जयसपुरमा निर्माणाधीन एकीकृत जाँच चौकी निर्माणको काम एकदमै सुस्त गतिमा भइरहेको छ ।...

सुनिल थापा कांग्रेसमा प्रवेश, देउवाले गरे सानेपामा स्वागत

काठमाडौं, १३ साउन-राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भएका पूर्वमन्त्री सुनिल थापा नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। राप्रपाका संस्थापक नेता सूर्यबहादुर थापाका छोरा सुनिल थापाले केहीदिनअघि मात्रै राप्रपा परित्याग गरेका थिए । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा मंगलबार दिउँसो...

नेकपा विवाद सचिवालय बैठकमा लैजाने

काठमाडौं, १५ कात्तिक-सत्तारूढ नेकपाभित्र बढ्दै गएको विवाद सचिवालय बैठकबाट टुंगो लगाउने भएको छ । शनिबार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्तामा सचिवालय बैठक बोलाएर हाल देखिएका समस्याका विषयमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्