एक हप्तासम्म पनि पिसिआर रिपोर्ट नआएको गुनासो

 न्यूज विराट
एक हप्तासम्म पनि पिसिआर रिपोर्ट नआएको गुनासो

विराटनगर, १६ भदौ–कोरोना परिक्षणका लागि स्वाव संकलन गरिएपनि झण्डै एक साता सम्म रिपोर्ट नआउने गरेको पाइएको छ । कोरोना संक्रमणको आशंकामा स्वाव संकलन गरिएका व्यक्तिहरुको परिक्षण रिपोर्ट आउन ढिलाई हुने गरेको मात्र नभई रिपोर्टनै गायब समेग हुने गरेको गुनासो सम्बन्धीत व्यक्तिहरुले गरेका छन् ।

कोरोना आशंकामा मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित मधुग्राम आधारभुत विद्यालयको क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको कोरोना परिक्षणका लागि स्वाब संकलन गरिए पनि त्यसको रिपोर्ट प्राप्त नहुँदा अन्यौलमा रहेको उनीहरुले गुनासो गरेका छन् ।

बुढीगंगा गाउँपालिका वडा नं. ३, ५ र १ नं. वडाका व्यक्तिहरुको ‘कन्ट्र्याक्ट ट्रेसिङको’ आधारमा सोही विद्यालयमा गत भदौ १० गते कोरोना परिक्षणका लागि स्वाव संकलन गरिएपनि त्यसको रिपोर्टनै अहिलेसम्म नआएको हो । ‘१० गतेनै स्वाव संकलन गरेर परिक्षणका लागि कोशी अस्पतालमा लागिएको थियो । अहिलेसम्म हामीले रिपोर्ट प्राप्त गरेका छैनौँ । गाउँपालिकासँग बुझ्दा रिपोर्ट आइसकेको छैन भन्छ । कोशी अस्पतालसँग बुझ्दा रिपोर्ट पठाइसकेको भन्ने जवाफ आयो । कोशीमा १२ गतेसम्म स्वाव संकलन गरेको रिपोर्ट आइसकेको देखिन्छ ।’ स्वाव दिएक एक जनाले भने,‘गाउँपालिकाले रिपोर्टमा लापरवाही गरेको छ । नेगेटिभ भए नेगेटिभ वा पोजेटिभ भए पोजेटिभ भन्ने कुरा त हुनुपर्छ नी ? तर, अहिलेसम्म हाम्रो परिक्षणको नतिजा आएको छैन । हामी त्यसै क्वारेन्टाइनमा बसेका छौँ । रिपार्ट नआउँदा रोगले हैन चिन्ताले मर्न लागियो ।’ उनले आफुसहित ८ जना व्यक्तिको परिक्षण रिपोर्ट अहिलेसम्म नआएको जानकारी दिए ।

उता गाउँपालिकाले भने विराटनगरबाहेक अन्य पालिकाको रिपोर्ट आउन ढिलाइ हुने गरेको दावी गरेको छ । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बासुदेव रेग्मीले कोशी अस्पतालबाटै रिपार्ट नआएको दावी गरेका छन् । ‘गाउँपालिकालाई कोशी अस्पतालबाटै रिपोर्ट प्राप्त भएको छैन । के भएको भनेर हामी बुझि रहेका छौँ ।’ उनले भने,‘विराटनगरबाहेक अन्य पालिकाको रिपोर्ट आउन करिब १ हप्ता समय लागदै आएको छ । त्यसैले रिपोर्टमा ढिलाई भएको हुन सक्छ ।’

सम्बन्धित समाचार

बिदेश पठाईदिन्छु भन्दै ठगी आरोपमा पाँच पक्राउ

विराटनगर । विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । आकर्षक रोजगारी हुने भन्दै विभिन्न प्रलोभनमा पारी ठगी गरेको आरोपमा प्रहरीले पाँच जनलाई पक्राउ गरको हो । पक्राउ पर्नेहरुमा एक...

कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु

कोरोना भाइरसको संक्रमणका कारण प्रदेश १ मा थप दुई जनाको मृत्यु भएको छ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक युवती र विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा एक पुरुषको मृत्यु भएको हो । बीपी कोइराला...

हत्या गरिएको अवस्थामा उखुबारीमा युवतीको शव फेला

विराटनगर, माघ २४–सुनसरीको दुहवीकी एक महिलाको हत्या गरी विराटनगर महानगरपालिका–१२ बखरीको मलहनवास्थित उखुघारीमा फालेको अवस्थामा शव फेला परेको छ । सुनसरीको दुहवी नगरपालिका–६ कालि मन्दिरनजिकै बस्दै आएकी ३२ वर्षीया सम्झना खत्री परियारको शव हत्या गरी...

थप एक जनामा कोरोना संक्रमण

काठमाडौं, २१ वैशाख-नेपालमा थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वीरगञ्ज महानगरपालिका–३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६० पुगेको छ ।...

प्रदेश १ मा १ लाखको पिसिआर परिक्षण

विराटनगर, २२ भदौ-प्रदेश १ मा १ लाख बढीको पीसीआर परीक्षण भएको छ । आज सम्म १ लाख ३४८ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सोमबार १ हजार ८६० जनाको परीक्षण भएको...

भव्य भयो समाजसेवी दीनबन्धु गोयलको नागरिक अभिनन्दन

विराटनगर । समाजसेवी दीनबन्धु गोयललाई नागरिक अभिनन्दन गरिएको छ । विराटनगरमा शुक्रवार एक भव्य कार्यक्रम आयोजना गरी नागरिक अभिनन्दन गरिएको हो । गोयललाई पूर्व राष्ट्रपति डा।रामवरण यादवले कदर पत्र प्रदान गरी नागरिक अभिनन्दन गरिएको छ...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले मनायो ‘क्रिसमस डे’

विराटनगर, ११ पुस । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले बालबालिकाहरुसँग ‘क्रिसमस डे’ मनाएको छ । विराटनगरस्थित सीपी सेन्टरमा अपाङ्गता भएका बालबालिकाहरुसँग क्लबले ‘क्रिसमस डे’ मनाएको हो । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले प्रत्येक वर्ष यसरीनै...

संसद विघटनबारे भारतले भन्यो–यो नेपालको आन्तरिक मामिला हो

काठमाडौं, १२ जेठ । प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचन घोषणा लगायत विकसित पछिल्ला राजनीतिक घटनाक्रमलाई भारतले नेपालको आन्तरिक मामिला भएको प्रतिक्रिया दिएको छ । नयाँ दिल्लीमा बुधवार आयोजित नियमित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ताले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्