आज देशभर ७ सय ६८ जनाले जिते कोरोना

 न्यूज विराट
आज देशभर ७ सय ६८ जनाले जिते कोरोना

काठमाडौं, १६ भदौ-पछिल्लो २४ घण्टाको अवधिमा कोरोना भाइरस (कोभिड- १९) संक्रमणमुक्त ७ सय ६८ जना संक्रमित डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टाको अवधिमा देशभरका विधिन्न संस्थागत आइसोलेसन तथा होम आइसोलेसनमा रहेका थप ७ सय ६८ जना संक्रमणमुक्त भएको जानकारी दिए ।

उनका अनुसार आज निको भएकासहित कुल २२ हजार १ सय ७८ जना संक्रमणमुक्त भएका छन् । प्रदेश- १ मा १ हजार ६ सय २५, प्रदेश- २ मा ५ हजार ३ सय ९७, बागमती प्रदेशमा १ हजार ३ सय ३६ र गण्डकी प्रदेशमा १ हजार ७ सय ८ जना डिस्चार्ज भएका छन् । यस्तै, प्रदेश- ५ मा ५ हजार २३, कर्णाली प्रदेशमा २ हजार १ सय १ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ९ सय ८८ जना संक्रमणमुक्त भएका छन् ।

आज १ हजार ६९ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौंमा ३ सय ९३, भक्तपुरमा ३० र ललितपुरमा ५८ जनामा संक्रमण देखिएको छ । पीसीआर विधिबाट १२ हजार ८८ वटा परीक्षण भएकोमा आज ३ सय ४४ महिला र ७ सय २५ पुरुषमा संक्रमण देखिएको हो । देशभरी आजसम्म ४० हजार ५ सय २९ जनामा संक्रमण देखिएको छ ।

प्रदेश- १ मा ४ जना, प्रदेश- २ मा २९ जना, बागमती प्रदेशमा ७५ जना, गण्डकी प्रदेशमा ६ जना र प्रदेश- ५ मा १३ गरी देशभरी १ सय २७ जना संक्रमित आइसीयूमा उपचाररत रहेका छन् । यस्तै, बागमती १४ जना र प्रदेश- ५ मा ३ जना गरी १७ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

आज देशभरी सक्रिय संक्रमित १८ हजार १ सय १२ जना रहेका छन् । क्वारेन्टाइनमा ७ हजार ३ सय ९० जना रहेका छन् । आज कोरोना संक्रमणबाट ४ वर्षीया बालिकासहित थप ११ जनाको मृत्यु भएको छ ।

सम्बन्धित समाचार

लकडाउनभर घरमा बसेका कर्मचारीलाई सार्वजनिक बिदा

काठमाडौं, १५ वैशाख-९ चैतपछि लकडाउनका कारण कार्यालय जान नपाएका सबै कर्मचारीलाई सरकारले  बिदा दिने भएको छ। गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरी लकडाउनका कारण कार्यालय जान नसकेका कर्मचारीको ९ चैतयताको बिदालाई सार्वजनिक बिदामा परिणत गरेको हो...

छोरीलाई गोली हान्ने बुबा कारागार चलान

ओखलढुंगा,  ७ कात्तिक-ओखलढुङ्गामा आफ्नै छोरीलाई गोली हान्ने एक पुरुष कारागार चलान भएका छन् । भरुवा बन्दुक प्रहार गरेर छोरीलाई गम्भीर घाइते बनाउने मोलुङ गाउँपालिका–७ पात्लेका ३३ वर्षीय डम्बरबहादुर तामाङ पुर्पक्षका लागि कारगार चलान भएका हुन्...

बाँकेको नरैनापुर अनिश्चितकालका लागि सिल

बाँके, ६ जेठ-बाँकेको नरैनापुरमा एकै दिन ४७ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि स्थानीय प्रशासनले गाउँपालिकालाई अनिश्चितकालका लागि पूर्णरूपमा सिल गरेको छ । जिल्ला सुरक्षा समितिको बैठकले सोमबारदेखि नरैनापुरलाई खतरा क्षेत्र घोषणा गर्दै अर्को निर्णय नहुँदासम्मका...

युरोपको एक मात्र देश, जहाँ छैन कोरोना भाइरसको डर

एजेन्सी चैत १४-पछिल्ला केही सातादेखि युरोप कोरोना भाइरसको महामारीको केन्द्र बनेको छ । केही देशमा सरकारले नागरिकलाई घरभित्रै बस्न भनिरहेको छ र देश नै लकडाउन गरिएको छ । भाइरस फैलिन नदिन प्रतिबन्धहरू लगाइएको छ ।...

विराटनगरमा ७ सहित प्रदेश १ मा ७४ संक्रमित थपिए

विराटनगर, १२ भदौ–प्रदेश १ मा आज ७४ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ४१, मोरङ र झापामा १४÷१४, संखुवासभामा २, पाँचथरमा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ...

ब्राहमण महासभामा मिश्र, जातिय तथ्याङ्ग संकलन गरिने

विराटनगर । मैथिल ब्राहमणलाई एकिकृत गरेर हरेक समस्याको समाधान गर्ने उदेश्यले एकिकृत भएको ब्राहमण महासभाको मोरङ नयाँ कार्यसमिति चयन भएको छ ।दोस्रो अधिवेशनले मैथिल ब्राहमण महासभा नेपाल जिल्ला कार्यसमिति मोरङ मनोज कुमार मिश्रको संयोजकमा नयाँ...

जनकपुरधाम उपमहानगरपालिकाका मेयरविरुद्ध सर्वोच्चमा मुद्दा दायर

जनकपुरधाम, १ साउन-जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरिएको छ । जनकपुरधाम उपमहानगरपालिका-७ का वडाध्यक्ष जानकीराम साह, वडा नम्बर ९ का अध्यक्ष परमेश्वर साह र वडा नम्बर ७ का सदस्य नाजिर हुसैनले...

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १०/१० रुपैयाँ घट्यो

नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसनले मूल्य घटाएर पठाएपछि नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य घटेको हो । निगमले बुधबार राति १२ बजेदेखि लागू हुनेगरी मूल्य घटाएको हो । पेट्रोलको मूल्य...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्