देशभर थपिए ८९९ संक्रमित, कुल संक्रमित ३९ हजार ४६०

 न्यूज विराट
देशभर थपिए ८९९ संक्रमित, कुल संक्रमित ३९ हजार ४६०

काठमाडौं, १५ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ८९९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३०३ महिला र ५९६ जना पुरुष गरी कुल ८९९ जनामा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिए ।

आज थपिएका संक्रमितसँगै देशभर कुल संक्रमितको संख्या ३९ हजार नाघेको छ । आजसम्म ३९ हजार ४६० जनामा संक्रमण पुष्टि भएको छ । यीमध्ये १७ हजार ८२२ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये ७ हजार १२१ जना होम आइसोलेसनमा छन् भने १० हजार ७०१ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा ५८८ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको हुनेको संख्या २१ हजार ४१० पुगेको मन्त्रालयको तथ्यांक छ । नेपालमा निको हुनेको दर ५४ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा ११ हजार १२९ जनाको पीसीआर परीक्षण गरिएको र अहिलेसम्म कुल परीक्षण ६ लाख ५२ हजार ४७२ जना गरिएको मन्त्रालयले जनाएइको छ । देशभर ७ हजार ३३७ जना क्वारेन्टाइनमा रहेका छन् ।

सम्बन्धित समाचार

कानुन सचिवसँग निर्वाचन आयोगको छलफल जारी

काठमाडौं, १४ माघ ।स्थानीय तहको निर्वाचनबारे निर्वाचन आयोग र कानुन सचिवबीच आयोगमा छलफल चलिरहेको छ । कानुन मन्त्रालयका सचिव उदयराज सापकोटा र  आयोगका पदाधिकारबीच भइरहेको हो । आगामी वैशाखमै स्थानीय तहको निर्वाचन गर्नुपर्ने भन्दै अएको...

भएपछि स्थानिय त्रसित विराटनगरमा इन्धन ट्यांकर बिष्फोट

विराटनगर, १२ भदौ-नेपाल आयल निगमको इन्धन ढुवानी गर्ने ट्याङकर विराटनगरमा शुक्रबार सँझ बिष्फोट भएको छ । नेपाल आयल निगम प्रदेश १ कार्यालयबाट झण्डै ५०० मिटर उत्तरमा रहेको राम अवतार मोटर्स ग्यारेजमा ट्यांकर विष्फोट भएको हो...

घरैमा थन्किए ओलाङ्चुङ्गोलाको गलैँचा

ताप्लेजुङ, १ कात्तिक-कोरोना सङ्क्रमणका कारण चीनसँगको नाका बन्द हुँदा ताप्लेजुङको हिमाली बस्ती ओलाङ्चुङ्गोलाका बासिन्दाले बुनेका गलैँचा घरैमा थन्किएका छन् । चीनमा सङ्क्रमण फैलिएदेखि नै ओलाङ्चुङगोलास्थित टिपताला नाका बन्द भई निर्यात हुन नसक्दा यहाँका बासिन्दाले बुनेका...

मोरङमा ‘लापसे’ अभियान तिव्र , लापसे गरेर सवारी चलाउने ९ जना पक्राउ

विराटनगर । सार्वजानिक सवारीसाधनका कर्मचारी (चालक, सहचालक, परिचालक) लाई लक्षित गरेर मोरङ ट्राफिक प्रहरीले लापसे (लागू पदार्थ सेवन) सम्बन्धी चेकजाँच अभियान तिव्र रुपमा अगाडी बढाएको छ । अभियानको क्रममा लापेसे गरी सवारी साधान चलाउने ९...

रोकीएको पिकअप पछाडी सर्दा किचेर एक जनाको मृत्यु

विराटनगर, ८ असोज । इलाम माइजोगमाइ गाऊपालिका ५ सोयाङ गणेश गोलाइ स्थितमा रोकी राखेको पिकअप गाडी सर्दा किचिरे सोही गाडीमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ५७ बर्षीय खिर बहादुर...

झापाका ६२ वर्षीय पुरूषमा काेराेना संक्रमण पुष्टि, संक्रमितकाे संख्या ४९ पुग्याे

विराटनगर, बैशाख १२-झापाका १ व्यक्तिमा काेराेना संक्रमण पुष्टि भएकाे छ । सुनसरीकाे धरानस्थित बीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्दा झापाका ६२ वर्षीय पुरूषमा काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ्य मन्त्रालयले जानकारी दिएकाे हाे । याेसँगै...

डडेल्धुरामा कोरोना संक्रमितको संख्या ३९ पुग्यो

डडेल्धुरा, ३१ जेठ-डडेल्धुरामा थप २४ जनामा कोरोना पुष्टि भएको छ । शनिबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २४ जनामा कोरोना पुष्टि भएको हो । योसँगै डडेल्धुरामा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ...

आज ३५५६ संक्रमित थपिए, १५०३ जना डिस्चार्ज

काठमाडौं, २७ असोज-गत २४ घण्टामा नेपालमा ३ हजार ५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १५ हजार ५ सय ७७ को पीसीआर गर्दा आज ३ हजार ५ सय ५६ जनामा कोरोना पुष्टि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्