न्युरो अस्पतालले सञ्चालनमा ल्यायो भेन्टिलेटर सहितको कोभिड अस्पताल

 न्यूज विराट
न्युरो अस्पतालले सञ्चालनमा ल्यायो भेन्टिलेटर सहितको कोभिड अस्पताल

विराटनगर, १४ भदौ–प्रदेश १ मा पहिलो पटक, निजी क्षेत्रबाट भेन्टिलेटर सहितको कोभिड अस्पताल सञ्चालनमा आएको छ । झण्डै दुई दशक देखि संचालनमा रहेको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटल को विस्तारित शाखा मदर एण्ड चाइल्ड अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गरी संचालनमा ल्याइएको हो ।

एक कार्यक्रमका बिच कोभिड अस्पतालको प्रदेश नं १ सरकारका सामाजिक बिकास मन्त्री माननिय श्री जीवन घिमिरेको बिषेश उपस्थिितिमा ,उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे तथा ब्यापार संघका अध्यक्ष प्रकाश मुण्दडाले संयूक्त रूपमा कोभिड अस्पतालको शुभारम्भ गरे।

विश्व नै आक्रान्त बनाएको कोरोना भाइरसबाट संक्रमित बिरामीहरुले अस्पतालको शैया नपाएर घरमै बस्न बाध्य भएको बेला न्यूरोले कोभिड अस्पताल संचालनमा ल्याएको हो । ४२ शैयाको जनरल वार्ड, ७ शैयाको आइसियु र २ भेन्टिलेटरसहितको कोभिड अस्पताल संचालनमा ल्याइएको र केही दिन भित्र पीसीआर परीक्षण प्रयोगशाला समेत स्थापना गरिने अस्पतालका अपरेसनल डाइरेक्टर राजेश भट्टराईले बताए ।

अस्पतालले कोभिडको संभावित विरामीहरुको लागि बिभिन्न प्याकेजहरु समेत ल्याएको छ । कोभिड अस्पतालको सन्चालन साथै अस्पतालले कोभिड सम्बन्धी अन्यहरु सेवाहरु RT PCR TEST LAB , कोभिड हेल्थ चेकअप प्याकेज, Basic Housepital Package , Premium Housepital package पनि सन्चालनमा ल्याएको डाइरेक्टर भट्टराईले बताए ।

यता , उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले अस्पतालले भेन्टिलेटर सहितको आईसियु बेड संचालनमा आए पछि जनताहरु अकालमै ज्यान गुमाउनु नपर्ने बताए । यस्तै मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्द्राले प्रदेश १ मै प्रतिष्ठित अस्पतालको रुपमा चिनिएको न्यूरोले सेवाग्राहीको चापलाई मध्यनजर गरि निजि स्तरमा खोलिएको कोभिड अस्पतालले कोरोनाको महामारीलाई केहि हद सम्म भए पनि रोक्न सहयोग गर्ने बताए ।

संक्रमितले घरमै बस्नु पर्ने बाध्यताको केहि हदसम्म कमी गर्ने तथा समुदायमा संक्रमण थप फैलिन नदिन मद्दत गर्ने तथा संक्रमितको उपचारमा संलग्न अन्य अस्पतालमा हुने बिरामीको चापलाई कम गर्दे विरामीले पाउने उपचार तथा हेरचाहको गुणस्तरमा पनि वृद्धि हुने अस्पतालको बिश्वास रहेको अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराइले बताए । उनले सेवाग्राहीको माग अनुसार नै अस्पताल निर्माण गरिएको बताए ।

सम्बन्धित समाचार

व्यवस्थापन संकायमा अब्बल मेरिल्याण्ड, विद्यार्थीको रोजाइमा पर्दै कलेज

विराटनगर । व्यवस्थापन शिक्षामा अब्बल कलेज मध्ये नम्बर वान मा पर्ने एक हो, विराटनगर – ७ रंगेली रोडस्थित मेरिल्याण्ड कलेज । सक्षम नेतृत्व, कुशल व्यवस्थापन र मेहनती प्रध्यापक, शिक्षक शिक्षिकाहरुका कारण यो केलजमा आफ्ना छोराछोरी...

आज देशभर ६१३ संक्रमित थपिए, ७३९ जाना डिस्चार्ज

विराटनगर, ९ पुस-पछिल्लो २४ घण्टामा थप ६१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा २३३ महिला र ३८० जना पुरुष छन् । हालसम्म नेपालमा २ लाख ५६ हजार ५९२ संक्रमितको संख्या पुगेको...

सिरहामा मृत्यु भएका वृद्धमा कोरोना संक्रमण

वीरगन्ज, ६ भदौ-सिरहामा मृत्यु भएका १ वृद्धमा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवका अनुसार ३ भदौमा मृत्यु भएका मिर्चैया नगरपालिका-४ का ६८ वर्षीय पुरुषमा शुक्रबार राति कोरोना पाजिटिभ...

प्रदेश १ मा सोमबारसम्म ३२ सय ६८ जनाको कोरोना परिक्षण

विराटनगर, बैशाख ८–प्रदेश १ मा सोमबारसम्म तीन हजार २ सय ६८ जनामा कोरोना परीक्षण भएको छ । सरकारले दू्रत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने पीसीआर विधिबाट कोरोना संक्रमण भए नभएको धमाधम परीक्षण गरिरहेको छ...

नेकपा आधिकारिकता विवादः निर्वाचन आयोगले दुवै समुहलाई दिएन मान्यता, ओली–दाहालको हस्ताक्षर र महासचिवले बोलाएको बैठकले मात्र मान्यता पाउने

काठमाठौं, १३ फागुन । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिकता विवादमा तत्काल कुनै निर्णय नदिने भएको छ । नेकपा कानुनी रूपमा एउटै दल भएकाले आधिकारिकताबारे तत्काल कुनै निर्णय नगर्ने आयोगले जनाएको हो ।...

रोटरीका चार मार्गदर्शक सिद्धान्तको ‘प्रोमोसन’

विराटनगर । सामाजिक कार्यमा अग्रणी रहेको रोटरी क्लबका चार मार्गदर्शक सिद्धान्तको ‘प्रोमोसन’ गरिएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउन वर्ष २०२२–२३ का पदाधिकारीहरुको कार्यकाल सुरु भएको अवसरमा रोेटरीका मार्गदर्शक सिद्धान्तहरुको ‘प्रोमोसन’ गरिएको हो ।...

सानो आकरको मन्त्रीमण्डल बिस्तार हुन्छ : नवनियुक्त मुख्यमन्त्री कार्की

विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीले भोलि सबै दलको प्रतिनिधित्व हुने गरेर सानो आकारको मन्त्रीमण्डल बिस्तार हुने बताएका छन् । मुख्यमन्त्रीमा नियुक्त भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्