झापामा प्रहरीको गोलि लागेर एक जनाको मृत्यु

 न्यूज विराट
झापामा प्रहरीको गोलि लागेर एक जनाको मृत्यु

विराटनगर, १० भदौ–झापाको झापा गाँउपालिका–३ कामाटोलीमा सशस्त्र प्रहरीको गोली लारेर एक जनाको मृत्यु भएको छ । सुरक्षाकर्मी माथि स्थानीय आक्रमणमा उत्रिएपछि प्रतिरक्षाका लागि शसस्त्र प्रहरीले चलाएको गोलि लागेर स्थानीय ३८ वर्षिय रमिकुल आलमको मृत्यु भएको हो ।

स्थानीयले. गोरु काटेको सुचना पाएपछि कामाटोली पुगेको प्रहरीले थप मदत मागेको थियो । प्रहरीको मदतका लागि पुगेको सशस्त्र प्रहरीमाथिनै स्थानीयले आक्रमण गरेपछि गोली चल्दा गम्भिर घाइते बनेका आलमको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी श्रोतले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरिक्षक दिपक पोखरेलका अनुसार स्थानीयले काटेको शंकास्पद मासु दुई जना प्रहरीले नियन्त्रणमा लिएपछि उनीहरुमाथि स्थानीयले आक्रमण गरेका थिए ।

प्रहरीको उद्धारका लागि पुगेको शसस्त्र प्रहरी माथिपनि उनीहरु आक्रमणमा उत्रिएपछि स्थिती नियन्त्रणमा लिन १० राउण्ड फायर गरिएको थियो । स्थिती नियन्त्रणमा लिन गोलि चालाइएपछि आलम घाइते भएको प्रदेश प्रहरी प्रवक्ता प्रहरी उपरिक्षक पोखरेलले जानकारी दिए । ‘गोरु काटेको सुचना पाएर घटनास्थल पुगि शंकास्पद मासु् बरामद गरेपछि स्थानीय प्रहरी माथि आक्रमणमा भएको थियो ।’ उनले भने,‘ प्रहरीको उद्धारका लागि पुगेको शसस्त्र प्रहरी माथि पनि आक्रमण गरेपछि स्थिती नियन्त्रणमा लिन १० राउण्ड फायर हुँदा एक जना घाइते भएपछि विएण्ड सि अस्पतालमा मृत्यु भएको भन्ने खबर आएको छ ।’ प्रहरीको गोली लागि आलमको मृत्यु भएपछि सो क्षेत्र तनाबग्रस्त बनेको छ ।

सम्बन्धित समाचार

मत बदर हुन नदिन विराटनगरमा नमुना मतदान

विराटनगर । अपाङगता भएका व्यक्तिहरूले बदरमत कम गर्ने लक्ष्य र मतदातालाई सहजताका लागि विराटनगरमा नमुना मतदान कार्य सम्पन्न भएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधी र प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्ने गरी नेत्रहिन...

नियोजित रुपमा फेल गराएको बीपीएचका विद्यार्थीको आरोप

विराटनगर । विराटनगरस्थित कोशी हेल्थ एण्ड साइन्स क्याम्पसको बीपीएच चौथो वर्षमा अध्ययरत तीन जना विद्यार्थीहरूले कलेज प्रशासन नियोजित रुपमा लागेर अनुर्तिण गराएको आरोप लगाएका छन् ।विराटनगरमा मंगलर पत्रकार सम्मेलन गरी रुपा न्यौपाने, मनिषा यादव र...

श्रीकृष्ण प्रणामी सेवा समितिद्वारा राहत सामग्री वितरण

मुलुक कोरोनाका कारण संकटमा परेको बेला अति विपन्न परिवार, सडकमा रहेका जनावर पशुपक्षीहरूलाई राहत सामग्री वितरण गरिएको छ । श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल, श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल र श्रीकृष्ण प्रणामी वाइजुराज महिला समितिले राहत...

जसपाको आधिकारिकता विवाद आज टुंगिदै

काठमाडौं, ७ साउन । निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिकता सम्बन्धी विवादको आज टुंगो लगाउने भएको छ । आयोगको इजलासमा बहसपछि सकेसम्म आजै आदेश आदेश आउन सक्ने निर्वाचन आयोगका सचिव सुरेश अधिकारीले बताए । जसपाको...

२४ घण्टामा थप ४८४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २४ हजार नाघ्यो

काठमाडौं, २८ साउन-बुधबार थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४८४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए । योसँगै...

कटहरीमा सांस्कृतिक नृत्य प्रतियोगिता

विराटनगर । कटहरीमा गाउँपालिकास्तरीय अन्तरविद्यालय प्रतियोगितात्मक सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।कटहरी गाउँपालिकको आयोजना तथा कटहरी ४ खयरबना स्थित श्री आधारभुत विद्यालयको संयोजनमा प्रतियोगिता भएको हो ।प्रतियोगितामा पालिकाभित्रका ८ वटा सामुदायिक विद्यालय र ३ संस्थागत...

मोरङ ट्राफिकको सचेतना अभियान तिव्र, सिटी सफारीलाई ट्राफिक नियम सिकाउँदै प्रहरी

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले सडक सुशासन र सवारी दुर्घटना र न्यूनीकरणको लागि सिटी सफारी चालक र ठेला चालकहरुलाई ट्राफिक सचेतना अभियान सुरु गरेको छ ।पछिल्लो समय सिटी सफारीले ट्राफिक नियमको उल्लङ्घन गरी...

देशभर थपिए २७ सय कोरोना संक्रमित, निको हुने ६ लाख नाघे

काठमाडौं, १७ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ९८५ नमुनाको पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्