सीमावर्ती ६ स्थानीयतहमा भदौ १७ गतेसम्म लकडानलाई निरन्तरता

 न्यूज विराट
सीमावर्ती ६ स्थानीयतहमा भदौ १७ गतेसम्म लकडानलाई निरन्तरता

विराटनगर, १० भदौ–समुदायस्तरमा कोरोना भाईरसको संक्रमण फैलिन नदिन दक्षिणपूर्वी मोरङकास्थानीयतहले एकरुपता कायम गर्दै आगामी भदौ १७ गतेसम्मका लागि बन्दाबन्दीलाई निरन्तरता दिने भएका छन् ।

मोरङको रंगेली नगरपालिकामा बसेको दक्षिणी हुलार्की राजमार्ग अन्तर्गतका सवै ६ वटै स्थानीयतहको संयुक्त बैठकले केही खुकुलो बनाउँदै बन्दाबन्दीलाई निरन्तरता दिने निर्णय गरेको हो ।

रंगेलीका नगरप्रमुख दिलिप बगडियाको अध्यक्षतामा दक्षिणी मोरङका कटहरी, धनपालथान, जहदा गाउँपालिका, रंगेली, सुनवर्षी र रतुवामाई नगरपालिकाको संयुक्त बैठकले सवै पालिकामा केही खुकुलो पार्दै एकरुपता काम गर्नेगरी बन्दाबन्दीलाई निरन्तरता दिने निर्णय गरेको हो ।

यसअघि ती पालिकाहरुमा भदौ १० गते राती १२ बजेसम्मका लागि बन्दाबन्दी घोषणा गरिएको थियो । बैठकले सो समय अवधिभर सवै पालिकामा स्वाथ्य सुरक्षा मापदण्ड पालना गराएर विहन ६ बजेदेखि मध्यान्ह १२ बजेसम्म बजार, पशल, बैंक तथा वित्तिय संस्थाहरु खोल्न दिने निर्णय गरेको रंगेली नगरपालिकाका नगरप्रमुख बगडियाले बताए ।

उनले आ–आफ्नो पालिकामा विकास निर्माणका अघि बढाउन स्थानीय मजदुर तथा श्रमिकलाई मात्र काममा लगाउने, नेपाल–भारत आवत जावत र एक पालिकाबाट अर्को पालिकामा हिड्डुलमा कडाइ गरि बन्दाबन्दीमा सवै पालिकामा एकरुपता कायम गर्ने निर्णयसमेत भएको बताए ।

ती स्थानीय तहमा कोरोना पुष्टि हुने लक्षणसहितका र लक्षण नभएका संक्रमितको उचित व्यवस्थापनका लागि प्रदेश सरकारलाई आग्रहसमेत गर्ने निर्णय गरेको रतुवामाई नगरपालिकाका नगरप्रमुख रविन राईले जानकारी दिए ।

सम्बन्धित समाचार

मदिरा पिएर विराटनगरमा एम्बुलेन्स र मोटरसाइकललाई ठक्कर, कार चालक भारतीय पक्राउ

विराटनगर । एक जना भारतीय सवारी चालकले मदिरा सेवन गरी विराटनगरमा सवारी दुर्घटना गराएका छन् । भारतको पूर्णिया घर भएका २१ वर्षीय अबदेश साहले सोमबार मदिरा सेवन गरेर उनले चलाएको कारले एम्बुलेन्स र मोटरसाइकललाई ठक्कर...

मोरङमा ८८ सहित प्रदेश १ मा अहिलेसम्मकै धेरै ११५ संक्रमित थपिए

विराटनगर, साउन २९-बिहीबार मोरङमा ८८ सहित प्रदेश १ मा १ सय १५ जना नयाँ संक्रमित थपिएका छन् । प्रदेश १ मा बिहीबार थपिएको संक्रमित संख्या अहिलेसम्मकै उच्च हो । गएको २४ घण्टामा प्रदेश १ मा...

बजेटले पूर्वका माग सम्बोधन नगरेको उद्योगी व्यवसायीको गुनासो

विराटनगर, जेठ १५-अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा आर्थिक वर्ष २०७७–७८ का लागि प्रस्तुत बजेटले पूर्वका व्यावसायिक मुद्दाको सम्बोधन गर्न नसकेको प्रतिक्रिया यहाँका व्यवसायीले व्यक्त गरेका छन्। विराटनगरका व्यवसायीले बजेट 'पपुलिस्ट' प्रकारको रहेको तर कोभिड–१९ द्वारा थलिएको...

विराटनगरको आईसिपी नजिक दुर्घटना, सुरक्षा गार्डको मृत्यु

विराटनगर । विराटनगर भन्सार कार्यालय (आई सिपी) नजिक सवारी दुर्घटनामा परी एक जना सुरक्षा गार्डको घटनास्थलमै मृत्यु भएको छ ।आज राती बिराटनगर १८ लावाघाट स्थित आईसिबी बिराटनगर सडक खण्डमा भएको सवारी दुर्घटनामा परी झापा मेचीनगरपालिका...

कुवेतमा लकडाउन उल्लंघन गर्ने विदशीलाई सीधै देश निकाला

एजेन्सी, चैत २२-कोरोना भाइरसको संक्रमण फैलिन नदिन कुवेत सरकारले गरेको लकडाउन उल्लंघन गर्ने विदेशी श्रमिकलाई स्वदेश फिर्ता गर्ने भएको छ ।कुवेतको आन्तरिक मन्त्रालयले रात्रि समयका लागि लागू गरिएको कफर्यू उल्लंघन गर्ने विदेशी नागरिकलाई देश निकाला...

स्थानीय वायुको प्रभाव कायमै, आज हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं, १३ जेठ-आज पनि देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । नेपालको पूर्वी भूभाग आसपासमा निम्न चापीय प्रणाली रहनुका साथै स्थानीय वायुको पनि प्रभाव रहेकाले आज पनि वर्षाका सम्भावना...

विराटनगरमा ढाका महोत्सव सुरु, १४ जिल्लाका ३० स्टल

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा विराटनगरमा तीन दिने ढाका कपडा महोत्सव बिहीबारदेखि सुरु भएको छ । विराटनगरस्थित जैन भवनमा आयोजित यस महोत्सवको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गरे ।...

साउदी सरकारद्वारा रोजगारदातालाई कडाइ, जेल हाल्ने चेतावनी

साउदी सरकारले रोजगारदातालाई कडाइ गर्न नयाँ नियम ल्याएको छ । साउदीको सार्वजनिक सुरक्षा (पब्लिक सेक्युरिटी)ले आफ्ना श्रमिकलाई अरुको लागि काम गर्न पठाएमा कडा कारबाही गरिने चेतावनी दिएको हो । यस्तै, श्रमिकको व्यक्तिगत फाइदाको लागि अन्यत्र काम...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्