अमलेखगञ्ज डिपोका १६ कर्मचारीमा कोरोना पुष्टि, कार्यालय सिल

 न्यूज विराट
अमलेखगञ्ज डिपोका १६ कर्मचारीमा कोरोना पुष्टि, कार्यालय सिल

जनकपुरधाम,   ९ भदौ-देशका अधिकांश स्थानमा पेट्रोलियम पदार्थको वितरण गर्ने अमलेखगञ्ज डिपो र मातहतका १६ जना कर्मचारीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका-२१ अमलेखगञ्ज क्षेत्रीय डिपोमा कार्यरत चालकसहित १६ जना संक्रमित भएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए । उनका अनुसार  संक्रमितमध्ये अधिकांश प्रशासन र निगममा सरसफाई गर्ने कर्मचारी छन् ।

निगम तथा मातहतका ८१ जनाको स्वाब संकलन गरी वीरगञ्जस्थित नारायणी उपक्षेत्रिय अस्पतालमा गरिएको पीसीआर परिक्षणमा उनीहरूको रिपोर्ट पोजिटिभ आएको उनले बताए ।

संक्रमण पुष्टि भएपछि निगमले आफना संक्रमित कर्मचारीलाई पायक पर्ने स्थानीय होटलको आइसाेलेसनमा आइसाेलेट गरिएको छ ।  संक्रमित कर्मचारीको सम्पूर्ण खर्च निगमले ब्यहाेर्नेसमेत बताइएको छ ।

प्रजिअ पण्डितका अनुसार संक्रमणपछि अमलेखगञ्ज र विरगन्ज कार्यालय ७२ घण्टाका लागि सिल गरिएको छ । संक्रमण पुष्टि भएपश्चात समेत इन्धन अभाव हुन नदिन डिपो सञ्चालनका काठमाडौंबाट कर्मचारी आउन लागेको उनले जनाए ।

सम्बन्धित समाचार

अवरोध अन्त्य गरी संसद सञ्चालनका लागि सहयोग गर्न सभामुख सापकोटाको रुलिङ

सभामुख अग्निप्रसाद सापकोटाले अवरोध अन्त्य गरी संसदलाई प्रभावकारी रूपमा सञ्चालनका लागि सहयोग गर्न रुलिङ गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा रुलिङ गर्दै सभामुख सापकोटाले अवरोध हटाएर संसदलाई प्रभावकारी रूपमा सञ्चालनका लागि सहयोग गर्न आग्रह गरेका...

बुढानिलकण्ठ स्कुलको उत्कृष्ट नतिजा, सिरिन भट्टराइले ल्याइन ४ जीपीए

विराटनगर । बिराटनगर – २ स्थित बुढानीलकण्ठ अ. मा. वि. का विद्यार्थीहरुले एईईको परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याएका छन् । बुढानिलकण्ठ स्कुलबाट ८९ जना विद्यार्थीले दिएको एसईई परीक्षामा सिरिन भट्टराईले ४ जीपीए ल्याएर सतप्रतिशत विद्यार्थी उत्तिर्ण...

को हुन् कोरोना संक्रमित छैठौं नेपाली ?

नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट हालसम्म ६ जना संक्रमित भइसकेका छन् । बिहीबार थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । उनी बाग्लुङकी ६५ वर्षीय वृद्धा हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास...

उपत्यकाका थप १६ निजी अस्पतालमा कोभिड-१९ क्लिनिक

सरकारले काठमाडौं उपत्यकाका थप १६ वटा निजी अस्पताललाई कोभिड- १९ क्लिनिक सञ्चालन गर्ने गरी सूचीकृत गरेको छ । स्वास्थ्य मन्त्रालयको कोरोना भाइरससँग सम्बन्धित नियमित पत्रकार सम्मलेनमा प्रवक्ता डा. विकास देवकोटाले उपत्यकाका थप १६ वटा अस्पताललाई...

रुकुम हत्याकाण्डको प्रमाण नष्ट गर्न खोजिएको भन्दै दलित मुक्ति संगठनद्धारा प्रदर्शन

विराटनगर, असार १०–रुकुम हत्याकाण्डको प्रमाण नष्ट गरि अपराधिलाई बचाउन खोजिएको भन्दै विराटनगरमा प्रदर्शन गरिएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) कै जनवर्गिय संगठन नेपाल दलित मुक्ति संगठन मोरङले रुकुम पश्चिम चौरजहारीमा भएको हत्या काण्डका...

पाल्पा पहिरो अपडेट : मृतकको संख्या ३ पुग्यो

बुटवल, ८ असार-बुटवलबाट रिडितर्फ जाँदै गरेका ४ वटा सवारीसाधन तानसेन नगरपालिका-११ सम्मोबारीमा पहिरोमा पुरिँदा ३ जनाको मृत्यु भएको छ । घटनास्थलमै २ र १ जनाको पाल्पा मिसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रदेश ५ ट्राफिक...

आसाममलाई पराजित गर्दै पुलिस एमएम कप क्रिकेटको फाइनल प्रवेश

विराटनगर । एमएम कप फाउण्डेशनको आयोजनामा कोशी प्रदेशको राजधानी विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी हुँदै नेपाल पुलिस क्लव फाइनलमा प्रवेश गरेको छ । पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा विराटनगरको वैजनाथपुरस्थित...

सुनवर्षी महराजथान आस्थाको धरोहर हो, यसको चौतर्फी विकासमा लागि पर्छौँः सांसद पोखरेल

विराटनगर । मोरङ क्षेत्र नम्बर २ का संघीय सांसद ऋषिकेश पोखरेलले सुनवर्षी महाराजथान अस्थाको धरोहर भएकाले यसको चौतर्फी विकासमा लागि पर्ने बताएका छन् । रतुवामाई–५ स्थित सुनवर्षी महाराजथान पोखरी परिसरमा सोमबारदेखि सुरु भएको श्रीमद् भागवत...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्