प्रदेश २ मा आज २६५ जना नयाँ संक्रमित थपिए

 न्यूज विराट
प्रदेश २ मा आज २६५ जना नयाँ संक्रमित थपिए

जनकपुरधाम, ५ भदौ-प्रदेश २ मा पछिल्लो २४ घण्टामा थप २ सय ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार  शुक्रबार धनुषामा २९, महोत्तरीमा १७, सिरहामा २१, बारामा ३८, पर्सामा ७९, सर्लाहीमा ५०, रौतहटमा १२ र सप्तरीमा १९ जनामा संक्रमण पुष्टि भएको हो । 

योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ८ हजार ३ सय २८ पुगेको छ । स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य प्रशासक विजयकुमार झाका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशमा २ जनाको मृत्यु भएको छ ।

धनुषाको नगराइन नगरपालिका–३ फुलगामाका ५० वर्षीय पुरुष र सर्लाहीको मलंगवा नगरपालिका–९ बस्ने ४० वर्षीय पुरुष रहेका छन् । योसँगै प्रदेश २ मा संक्रमणबाट मृत्यु हुनेको संख्या ५३ पुगेको छ ।

धनुषामा १०, महोत्तरीमा २, सिरहामा २, सप्तरीमा ४, सर्लाहीमा २, रौतहटमा ३, बारामा ६, पर्सामा २४ जनाको मृत्यु भएको प्रशासक झाले बताए । मृतकमध्ये ४४ जना पुरुष र ९ जना महिला छन् । यस्तै, पछिल्लो २४ घण्टामा २५ पुरुष र ४ जना महिला गरी २९ जना निको भई घर फर्किएका छन् ।

सम्बन्धित समाचार

विराटनगर विमानस्थलमा ‘हेल्थ डेक्स’ स्थापना

विराटनगर, फागुन २८–कोरोना भाइरसको परामर्श तथा प्राथमिक परिक्षणका लागि विराटनगर विमानस्थलमा हेल्थ डेक्स स्थापना गरिएको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरपालिकाले संयुक्त रुपमा सञ्चालन गर्ने गरि हेल्थ डेस्कको स्थापना गरिएको...

बाँकेमा थप तीन जना कोरोना संक्रमितको मृत्यु

बाँकेमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणबाट बाँकेका दुई र दाङका एक जनाको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले जानकारी दिए । उनका अनुसार नेपालगञ्ज...

भन्सार नाप जाँच भएको ट्याक्टर प्रहरीको नियन्त्रणमा, भन्सार छलीको आशङ्का

विराटनगर । विराटनगर भन्सार कार्यालयबाट नाप जाँच भएर निस्किएको एउटा ट्याक्टर सामान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । भन्सार छली गरिएको आशङ्कामा सशस्त्र प्रहरी बल मोरङले विराटनगर १७ आई सिपी रोडबाट एउटा ट्याक्टरमा लोड भएको...

भारतलाई बेच्न थालियो कालीगण्डकीको बिजुली

सरकारले १ सय ४४ मेगावाट जडित क्षमताको कालीगण्डकी ‘ए’ विद्युतगृहबाट उत्पादित विद्युत् भारतलाई बेच्न थालेकाे छ । नेपाल विद्युत् प्राधिकरणले कालीगण्डकी विद्युत‍् गृहबाट उत्पादित विद्युत् आज राति १२ बजेदेखि निर्यात सुरु गर्न लागेको हो ।...

भारतमा कोरोना संक्रमण तीब्ररुपमा बढ्दै गएपछि जोगबनी नाकामा उच्च सतर्कता

विराटनगर, ९ चैत । भारतमा कोरोना संक्रमणदर तीब्र गतिमा बढ्दै गएपछि प्रदेश ्१ को मुख्य जोगबनी नाकामा उच्च सतर्कता अपनाउन सुरु गरिएको छ । भारततर्फ पछिल्लो समय कोरोना संक्रमण दर अत्याधिक मात्रामा बृद्धि हुनथालेपछि नेपाल...

मिल्स भेट्रान्स गोल्डकप प्रतियोगिता, मर्निङ्ग भेट्रान्स क्लब हाटखोला क्वाटरफाइनलमा

विराटनगर । मर्निङ्ग भेट्रान्स क्लब हाटखोला विराटनगरमा जारी १ नं. प्रदेश स्तरीय प्रथम टुबोर्ग मिल्स भेट्रान्स गोल्ड कप प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ । विराटनगर जुट मिलको खेलमैदानमा मंगलबार भएको खेलमा मर्निङ्ग भेट्रान्स क्लब हाटखोला विराटनगरले...

भारतीय अभिनेता दिलीप कुमारको निधन

एजेन्सी, २३ असार । हिन्दी सिनेमाका दिग्गज अभिनेता दिलीप कुमारकाे निधन भएकाे छ । उनलाई गत महिना सासप्रश्वाससम्बन्धी समस्या देखिएपछि मुम्बईकाे हिन्दुजा अस्पतालमा भर्ना गरिएकाे थियाे । साेही अस्पतालमा ९८ वर्षीय दिलीप कुमारले अन्तिम सास लिएका हुन् । दिलीप कुमारकाे निधनकाे...

मलेसियामा साहलाई १० वर्ष जेल र १० कोर्रा, मृत्युदण्डबाट पाए माफ

काठमाडौं, २ साउन-मलेसियामा गाँजा तस्करीको अभियोगमा पक्राउ परेका एक नेपाली तथा दुई मलेसियन नागरिकलाई सुनाइएको मृत्युदण्डको सजाय नहुने भएकाे छ । उनीहरूलाई उच्च अदालतले गाँजा तस्करीको अभियोगमा दुई वर्षअघि मृत्युदण्डको फैसला गरे पनि अब मृत्युदण्डकाे सट्टामा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्