विराटनगरमा भदौ १० गतेसम्म निषेधाज्ञा जारी

 न्यूज विराट
विराटनगरमा भदौ १० गतेसम्म निषेधाज्ञा जारी

विराटनगर, १० भदौ-कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विराटनगरमा शुक्रबार मध्यरातिदेखि निषेधाज्ञा जारी भएको छ । जिल्ला सुरक्षा समिति मोरङको शुक्रबार बसेको बैठकले भदौ १० गते मध्यरातिसम्म ५ दिन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले जानकारी दिए ।

विराटनगर महानगरपालिकाले लगाएको २१ दिनको लकडाउन शुक्रबार समाप्त भएपछि निषेधाज्ञा जारी भएको हो । महानगरले ७ दिन निषेधाज्ञा जारी गर्न प्रस्ताव गरेको भएपनि सुरक्षा समितिले ५ दिन मात्र निषेधाज्ञा गर्ने निर्णय गरेको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिए ।

विराटनगरमा तीन सातादेखि लकडाउनको अवस्था कायम रहेको भएपनि मानिसहरुको आवागमनमा थप कडाई गर्न निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रजिअ निरौलाले बताए ।

प्रजिअ निरौलाका अनुसार सो समय अवधिभर पाँच जनाभन्दा बढी हिँडडुल गर्न निषेध गरिनेछ र बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुललाई पूर्णरुपमा निषेध गरिएको छ ।

निषेधाज्ञामा सार्वजनिक सेवाका क्षेत्रको सवालमा अहिले भइरहेका कामहरुले भने निरन्तरता पाउने प्रजिअ निरौलाले जानकारी दिएका छन् । । अत्यावश्यक सेवा बाहेकका काम भने बन्द हुनेछन् । महानगरले घोषणा गरेको लकडाउन प्रभाबकारी नभएको र संक्रमण दर बढिरहेकोले निषेधाज्ञा जारी गरिएको हो । विराटनगरमा हालसम्म कोरोना संक्रमितको संख्या ७७४ पुगिसकेको छ ।

सम्बन्धित समाचार

सकियो कोशी प्रदेश खेलकुद महोत्सव, महिला फुटबलको उपाधि झापालाई

विराटनगर । प्रथम कोशी प्रदेश खेलकुद महोत्सव अन्तर्गतको प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि झापाले जितेको छ। विराटनगरको शहिद रंगशालाको मैदानमा आज राती सम्पन्न प्रतियोगिता फाईनलमा पाँचथरलाई ३ – ० गोलले हराउँदै झापाले उपाधि जितेको...

जहदामा माओवादी–कांग्रेस–जसपामा कार्यकर्ताको खडेरी, वडाध्यक्ष गीरी सहित एकैदिन ७४५ जना एमालेमा प्रवेश

विराटनगर, ६ भदौ । जनता समाजवादी पार्टीबाट निर्वाचित भएका जहदा गाउँपालिका वडा नंः ४ का वडाअध्यक्ष जयनरथ गिरी सहित ७ सय ४५ जना नेपाल कम्यूनिष्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन् । जहदा गाउँपालिका–२ स्थित...

कोरोना संक्रमणबाट विराटनगरमा थप तीन जनाको मृत्यु

विराटनगर, १८ जेठ । कोरोना संक्रमणका कारण विराटनगरमा थप तीन जनाको मृत्यु भएको छ । विराटनगरस्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा दुई र नोबेल शिक्षण अस्पतालमा एक संक्रमितको मृत्यु भएको हो । कोसी अस्पताल कोभिड–१९...

कोरोनाबाट थप सातको मृत्यु, २३१ जना भेन्टिलेटर र आईसीयूमा

काठमाडौं, १४ असोज-पछिल्लो २४ घण्टाको अवधिमा सात जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा दुई महिला र पाँच पुरुषको कोरोना संक्रमणबाट निधन भएको हो ।...

लेटाङमा नेपाल उत्पीडित जातीय मुक्ति समाजको ५१ सदस्यीय नगर कमिटी गठन

विराटनगर, २४ मंसिर । नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज मोरङले संगठन सुदृढीकरण अभियानलाई पुनः तीब्रता दिएको छ । चाडपर्वका कारण केही समय स्थागित गरिएको अभियानलाई मुक्ति समाजले मोरङले पुनः तीब्रता...

विराटनगरका रोहितलाई गोली हानी हत्यामा संलग्न पाँचै जना प्रहरी फन्दामा, पेस्तोल बेच्नेसहित थप तीन जना पक्राउ

विराटनगर ।  विराटनगर – ५ का २८ वर्षीय रोहित चौधरीको हत्या प्रकरणमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ । रोहितको हत्या गर्न पेस्तोल उपलब्ध गराउने अवैध हतियार कारोबारी र खुकुरी देखाएर लुटपाट गर्ने थप...

प्रदेश १ मा माधव नेपाल समुह कमजोर

बिराटनगर, भदौ ८ । नेकपा एमालेबाट अलग भएर नेकपा (एकीकृत समाजवादी) को नेतृत्व गर्नुभएका माधवकुमार नेपालको समूह प्रदेश १ मा निकै कमजोर बनेको छ । संसदको अंकगणीतमा माधव समूहको उपस्थिति कमजोर रहने देखिएको हो । पार्टी...

अब भ्याक्सिनको क्याम्पेन नै चल्ने छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले अब कोरोनाविरुद्धको खोप लगातार आउने बताउँदै भ्याक्सिनको क्यम्पेन नै चल्ने उल्लेख गरेका छन् । नेपाल भ्याक्सिन पाइएन भन्ने अवस्थाबाट अगाडि बढेको उनले बताए । त्रिशुली- ३ बी प्रसरण लाइन र सबस्टेसनको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्