प्रेस काउन्सिलको कावा अध्यक्षबाट श्रेष्ठलाई नहटाउन सर्वोच्चको अन्तरिम आदेश

 न्यूज विराट
प्रेस काउन्सिलको कावा अध्यक्षबाट श्रेष्ठलाई नहटाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं, ३ भदौ-सर्वोच्च अदालतले प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई नहटाउन अन्तरिम आदेश दिएको छ । सरकारले श्रेष्ठलाई कार्यवाहक अध्यक्षबाट हटाएर गत सोमबार पोखराकी दुर्गा भण्डारी पौडेललाई कार्यवाहक अध्यक्ष नियुक्त गरेको थियो । सरकारले श्रेष्ठलाई हटाएर भण्डारीलाई कार्यवाहक अध्यक्ष नियुक्त गरेपछि प्रेस काउन्सिल बोर्ड ऐनविपरीत नियुक्त गरिएको भन्दै सर्वोच्च अदालत पुगेको थियो । 

बुधबार उक्त रिटको सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले अहिलेका कार्यवाहक अध्यक्ष श्रेष्ठलाई हटाउने कार्य नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको हो ।

साउन ३१ गते काउन्सिल सदस्यमा नियुक्त गरिएकी भण्डारीलाई सोमबारको मन्त्रिपरिषद् बैठकले कार्यवाहक अध्यक्षमा नियुक्त गरेको थियो । काउन्सिलको नियमावली संशोधन गर्दै सरकारले कार्यवाहक अध्यक्ष भण्डारीलाई नियुक्त गरेको थियो ।

सम्बन्धित समाचार

काठमाडौं थप ४ पसललाई जरिमाना

काठमाडौं, २५ वैशाख-दोहोरो बिल जारी गरेवापत आज २ बिक्रेतालाई कारवाही गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नियमित बजार अनुगमनका क्रममा खाद्य पदार्थलाई बढी मूल्यमा बिक्री वितरण गरेको र दोहोरो बिल जारी गरेको भेटिएपछि...

२४ घण्टामा थपिए १०९ कोरोना संक्रमित, १०६ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १०९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप...

रामको जन्मभूमि विवाद : सीता गुफा नजिकको सीमा स्तम्भ उखेलेर फालियो

जनकपुरधाम, ४ साउन-पर्साको ठोरीस्थित सोमेश्वर पहाडमा रहेको ४३६ नम्बरको सीमा स्तम्भ उखेलेर फालिएको अवस्थामा फेला परेको छ । प्रसिद्ध धार्मिकस्थल सीता गुफादेखि दक्षिणतर्फ सोमेश्वर पहाडमा रहेको सो सीमा स्तम्भ उखेलेर फालिएको अवस्थामा फेला परेको सशस्त्र प्रहरी...

रोहिङ्ग्या शिविरमा भीषण आगलागी, १५ शरणार्थीको मृत्यु

दक्षिणी बंगलादेशको रोहिङ्ग्या शरणार्थी शिविरमा सोमबार अपराह्न लागेको भीषण आगलागीमा परेर कम्तीमा १५ जनाको मृत्यु भएको बंगलादेशी अधिकारीहरूले बताएका छन् । आगलागी भएको स्थानबाट उद्धारकर्ताहरूले कम्तीमा १५ जनाको जलेका शव निकालेका र अरूको पनि खोजी...

पार्टी भनेको गडगडाउने खोलाजस्तो हुनुपर्छः प्रचण्ड

काठमाडौं, फागुन १५–सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी भनेको गडगडाहट तरिकाले बग्ने खोलाजस्तो हुनुपर्ने बताएका छन् । बिहीबार राजधानीमा नेकपाको बागमती प्रदेशका नेता कार्यकर्तालाई प्रशिक्षण दिँदै उनले भने, ‘कम्युनिस्ट...

नेकपा सचिवालय बैठक बस्दै

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सचिवालय बैठक आज बस्ने भएको छ । बैठक अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको हो । बैठकमा कोरोना भाइरस (कोभिड–१९) र समसामयिक राजनीतिक परिस्थितिबारेमा छलफल हुने पार्टी प्रवक्ता...

पत्रकार आचारसंहिता पालना गर्नुपर्नेमा जोड

मोरङ ,१० साउन । पत्रकार आचारसंहिता उल्लङ्घन गर्ने छापा, विद्युतीय तथा अनलाईलन सञ्चार माध्यमको आवश्यक अनुगमन एवं कारवाही फितलो भएको सहभागीहरुले गुनासो व्यक्त गरेका छन् । तुलसादेवी हरिहर फाउण्डेशन ललितपुरद्वारा आज यहाँ आयोजित एक दिने...

अब कालापानीमा सशस्त्र प्रहरीको गुल्म, १ सय ६० प्रहरी खटिने

काठमाडौं, १ जेठ-दार्चुलाको कालापनीमा अब सशस्त्र प्रहरी बलको गुल्म स्थापना गर्ने भएको छ । सशस्त्र प्रहरीको गुल्म स्थापनाका लागि प्रक्रिया थालिएको हो । हिजो कालापानी नजिकै छाङ्गरुमा सशस्त्र प्रहरीले बोडर आउट पोस्ट स्थापना गरेकोमा अब...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्