सुनसरीमा भदौ ७ गतेसम्म लक डाउन

 न्यूज विराट
सुनसरीमा भदौ ७ गतेसम्म लक डाउन

विराटनगर, ३२ साउन-जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्ला भित्र थप ७ दिन मानिसको आवागमन नियन्त्रण गर्न निषेधित क्षेत्र घोषणा गरेको छ ।

प्रशासनले यस अघि पनि ५ दिन र ६ दिन गरी दुई पटक लकडाउन गरेको थियो । पछिल्लो पटक थपिएको समय सीमा आइतबार (आज) राती १२ बजे सकिँदैं छ । तर, प्रशासन कार्यालयको आज बसेको बैठकले थप ७ दिन लकडाउन थप्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय सुनसरीका अनुसार जिल्ला भित्रका दुहबी, इटहरी, इनरुवा, बराहक्षेत्र, धरान लगायत स्थानीय बजारमा समुदायस्तरमै कोरोनाको संक्रमण बढ्दै गएपछि भदौं ७ गते राती १२ बजे सम्मका लागि लकडाउन थपेको हो ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्र मणी पोखरेलले सुनसरीमा सो समय अवधिभर सरकारी तथा सार्वजनिक संस्थाका कर्मचारी तथा अत्याबश्यक सेवाका कर्मचारीले मात्र कार्यालयको काममा हिडडुल गर्न पाउने बताए ।

कर्मचारीले कार्यालयको काम गर्न पाउने भएपनि सेवाग्राही सगँ प्रत्यक्ष सरोकारको काम बन्द गर्ने समेत प्रजिअ पोखरेलले जानकारी दिए । यस्तै सरकारी नम्बर प्लेटका, अत्याबश्यक सेवाका सवार र ढुवानीका साधन बाहेक अन्य सबै सवारीसाधनहरुको आवागमन बन्द गरिएको जनाइएको छ ।

यस्तै ओद्योगिक क्षेत्रका उद्योग प्रष्तिठानहरुले स्वास्थ्य प्रोटोकल पालना गरी कच्चा पदार्थ आयात र उत्पादित बस्तु निर्यातका लागि संञ्चालन गर्न पाउने छन् ।

सम्बन्धित समाचार

स्थायी कमिटीमा कोरम नपुगेपछि प्रचण्ड–खनाल पुगे ओली भेट्न

काठमाडौं, १३ साउन-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र वरिष्ठ नेता झलनाथ खनाल अर्का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पुगेका छन् । मंगलबार बिहान अध्यक्ष ओलीले एकतर्फी रुपमा स्थायी कमिटीको बैठक...

संवैधानिक इजलासका चार न्यायाधीशविरुद्ध महाभियोग दर्ता गर्न एमालेले हतार नगर्ने

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संवैधानिक इजलासका चार न्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्न हतार नगर्ने भएको छ । सोमबार बसेको एमाले संसदीय दलको बैठकपछि शिलापत्रसँग कुराकानी गर्दै सांसद शेरबहादुर तामाङले संवैधानिक इजलासका चार न्यायाधीशविरुद्ध संसद सचिवालयमा...

माओवादी कोशी प्रदेश संसदीय दलको बैठक सुरू, समर्थन फिर्ताको सक्भावना

विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलको बैठक सुरु भएको छ । आज सुरू भएको बैठकमा सरकारबारे छलफल हुने भएको हो । माओवादी कोशी प्रदेशका एक सांसदका अनुसार बैठकमा सरकार छाड्ने विषयमा छलफल...

नक्कली प्रह रीबनेर पैसा असुल्ने ३ जना पक्राउ

धनगढी, माघ २९–कैलालीको धनगढीमा नक्कली प्रहरी बनेर रकम असुल्ने ३ जना पक्राउ परेका छन् । बझाङको खप्तड छान्ना गाउँपालिका–१ घर भई धनगढी उपमहानगरपालिका– ७, मनहेरा बस्ने ३२ वर्षीय सनम भण्डारी, धनगढी उपमहानगरपालिका–५, हसनपुरका ३५ वर्षीय...

बोको हरामद्धारा १८ सर्वसाधारणको हत्या

काठमाडौं, १९ साउन -क्यामरुनको सुदुर उत्तरी क्षेत्रमा बोको हराम नामक सशस्त्र विद्रोही समूहले गरेको आक्रमणका क्रममा कम्तीमा पनि १८ जना सर्वसाधारण नागरिकको ज्यान गएको छ ।  सो आक्रमणमा परी लिदु साहेल भन्ने क्षेत्रमा ती नागरिकको...

अखिल नेपाल ट्रेड युनियन महासंघको उपमहासचिवमा राय

विराटनगर । अखिल नेपाल ट्रेड युनियन महासंघको केन्द्रीय उपमहासचिवमा ओपेन्द्र कुमार राय निर्वाचित भएका छन् । अखिल नेपाल ट्रेड युनियन महासंघको ८औ राष्ट्रिय महाधिवेशनबाट कोशी प्रदेश बाट राय उपमहासचिबमा निर्वाचित भएका हुन् ।महासंघको उपाध्यक्षमा भुपाल...

विराटनगर महागरपालिकाकी पूर्वउपमेयर इन्दीरा कार्कीविरुद्ध अख्तियामा भ्रष्टाचार मुद्धा

विराटनगर, २६ असार । विराटनगर महानगरपालिकाकी पूर्वउपमेर इन्दीरा कार्कीविरुद्ध भ्रष्टाचार मुद्धा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगर महानगरपालिकाका निवर्तमान उपमेयर इन्दिरा कार्कीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । विराटनगर–१५ स्थित...

नेपाल आइपुग्यो चीनले अनुदानमा दिएको ८ लाख डोज खोप

काठमाडौं, चैत १६ । चीनले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप नेपाल आइपुगेको छ । बिहान ८ बजेर ४२ मिनेट जाँदा चीनले अनुदानमा दिएको ८ लाख डोज खोप लिएर नेपाल एयरलाइन्सको वाइडबडी जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्