संघीय संसदका पदाधिकारीलाई नयाँ लोगो हस्तान्तरण

 न्यूज विराट
संघीय संसदका पदाधिकारीलाई नयाँ लोगो हस्तान्तरण

काठमाडौं, ३२ साउन|संघिय संसदबाट पारित भएको नेपालको नयाँ अद्यावधिक गरिएको राजनीतिक तथा प्रशासनिक नक्सा अंकित संघीय संसदको प्रतीक (लोगो) संघीय संसदका पदाधिकारीहरूलाई हस्तान्तरण गरिएको छ ।

संघीय संसदका महासचिव डा.भरतराज गौतमले सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहाललाई लोगो हस्तान्तरण गरेका हुन् ।

सभामुख सापकोटा, अध्यक्ष तिमिल्सिना र उपाध्यक्ष दहालले आजैदेखि नयाँ लोगो लगाएका छन् । गत ११ जेठमा बसेको प्रतिनिधिसभा र राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले संघीय संसदका सदस्यहरूले प्रयोग गर्दै आएको लोगो नेपालको वास्तविक सीमाअनुरुपको नक्साअनुसार परिमार्जन गर्ने निर्णय गरेको थियो ।

सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा जारी गरेपछि संघीय संसदमा प्रयोग हुँदै आएको लोगो र रोष्ट्रममा प्रयोग हुँदै आएको लोगो परिमार्जन गर्ने निर्णय भएको हो । कार्यव्यवस्था परामर्श समितिको सोही निर्णयअनुसार संघीय संसद सचिवालयले नयाँ लोगो तयार गरेको हो ।

सम्बन्धित समाचार

अन्तःशुल्कको स्टिकरसहित व्यापारी पक्राउ प्रकरण, १९ लाख ८८ हजार धरौटिमा रिहा

विराटनगर । एक पटक प्रयोग भइसकेको अन्तःशुल्कको स्टिकर पुनप्र्रयोग गरेर राज्यलाई कर छली गरेको आरोपमा पक्राउ परेका व्यापारी मोरङको धनपालथान गाउँपालिका – ४ का ४८ वर्षीय सुनीलकुमार राजवंशी झण्डै २० लाख रुपैयाँ धरौटिमा रिहा भएका...

जिल्ला बचत तथा ऋण सहकारीमा निर्वाचन, ६ सदस्य पदको लागि १४ जनाको उम्मेदवारी

विराटनगर । जिल्ला बचत तथा ऋण सहकारी संघ लि. मोरङको पदाधिकारी सर्वसम्मत रूपमा चयन भएपनि संचालक समितिको खुल्ला सदस्यहरूमा भने निर्वाचन हुने भएको छ । अन्तिम समयसम्म पनि सर्वसम्मत हुन नसकेपछि निर्वाचन हुने भएको हो...

मजदुरमारा देखियो माओवादी सरकार, मजदुरले पाएनन २६ महिनासम्म तलब

सीपी लोहिया, न्युज कारखाना । बैतडीको पाटन–पञ्चेस्वर सडकखण्डमा काम गर्ने लेन्थ वर्करहरूले २६ महिनासम्मको तलब पाएका छैनन । बिभिन्न चरणमा भएको सहमति कार्यान्वयन नहुँदा ती मजदुरले तलव नपाएका हुन । २३ महिनासम्मको तलब नपाएको भन्दै गत...

आज तीन प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन महाशाखाको अनुरोध

आज प्रदेश १, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर बदली हुनेछ भने केही स्थानमा पानी पर्ने सम्भावना छ । आज राति प्रदेश...

मोरङको लेटाङमा भेटियो ‘लाहा’ : व्यवसायिक खेती गर्ने तयारीमा वन

विराटनगर । मोरङको उत्तरी क्षेत्र लेटाङको सामुदायिक वनमा ‘लाहा’ भेटिएको छ । डिभिजन वन कार्यालय मोरङले निरीक्षण गर्दा लेटाङ नगरपालिका – ८ स्थित लालहिरा सामुदायिक वनमा भित्रको जंगलमा ‘लाहा’ भेटिएको हो । राम्रो आम्दानी लिन...

बाँके बस दुर्घटनाका मृतक र घाइतेको पीसीआर रिपोर्ट नेगेटिभ

बाँके, १९ जेठ-बाँकेमा गएराती भएको सवारी दुर्घटनामा परेर मृत्यु तथा घाइते भएका ३३ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । दुर्घटनामा परेकाहरू भारतबाट आएकाले कोरोना भाइरसको जोखिम रहेको भन्दै पीसीआर परीक्षण गरिएको थियो ।...

कोशीका मुख्यमन्त्री कार्कीले बुधबार विश्वासको मत लिने, माओवादीले पनि दिने

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । संविधानको धारा १६८ को उपधारा ५ अनुसार शनिबार मुख्यमन्त्री नियुक्त भएका कार्कीले तत्काल विश्वासको मत लिन लागेका हुन् । आफूसहित...

मकवानपुरमा हावाहुरी, २ जनाको मृत्यु 

मकवानपुर, १३ जेठ-मकवानपुरको राक्सिराङ गाउँपालिकामा हावाहुरीले रूख ढल्दा च्यापिएर १ महिला र १ बालकको मृत्यु भएको छ । राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले पनि २ नाको मृत्यु भएको र २ जना घाइते भएको पुष्टि गरे...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्