कोरोना संक्रमणबाट विराटनगरकी एक महिलाको मृत्यु

 न्यूज विराट
कोरोना संक्रमणबाट विराटनगरकी एक महिलाको मृत्यु

विराटनगर, ३२ साउन–विराटनगरकी एक कोरोना संक्रमित महिलाको सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । विराटनगर–२ की ५० बर्षीया महिलाको उपचारको क्रममा आईतवार बिहान १ बजेतिर निधन भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

अत्यधिक ज्वारो र श्वासप्रश्वासमा समस्या भएपछि न्युरो अस्पताल हुँदै उनलाई शनिबार प्रतिष्ठानमा लगिएको थियो । उनको उपचारको क्रममा निधन भएको हो । मृतक महिलालाई फोक्सो, थाईराइड र मुटुको पनि समस्या रहेको बताईएको छ । मृतकको शवको व्यवस्थापन गर्ने कार्य भईरहेको प्रतिस्ठानले जनाएको छ ।

विराटनगरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ । यस अघि विराटनगर–९ का २ जना, विराटनगर ३, ५, १० र १५ मा १/१ जनाको मृत्यु भइसकेको छ ।

सम्बन्धित समाचार

अर्किड कलेजले गर्यो कक्षा १२ को विद्याथीलाई विदाई

विराटनगर । विराटनगर – १० मा रहेको अर्किड कलेजले कक्षा १२ मा अध्यनरत विद्यार्थीहरुलाई विदाई गरेको छ ।शनिबार एक गरी १६ औं ब्याचको विद्यार्थीहरुलाई विदाई गरेको हो । कलेजमा होटेल मेनेजमेन्ट, विज्ञान र व्यवस्थापक संकायका...

३ हजार १६५ मिटर उचाइमा भेटियो पाटेबाघ

इलाममा लोपोन्मुख  पाटेबाघ  यहाँ फेला परेको छ ।  इलामको तीन हजार १६५ मिटर उचाइमा पाटेबाघ भेटिएको हो । बिरालो जातको  पाटेबाघ सीसी क्यामरा फुटेजमा देखिएको हो । यसअघि पर्सा निकुञ्जपूर्व पाटेबाघ फेला परेको थिएन ।...

साइकलयात्रीलाई कटपिट गर्ने आयुषलाई ज्यानमार्ने उद्योगमा मुद्दा

विराटनगर । विराटनगर महानगरपालिका ६ का २७ वर्षीया पवन साहलाई राती कारबाट उत्रिएर कुटपिट गर्ने विराटनगर ४ का १९ वर्षीया आयुष भेटवाललाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ परेका भेटवाललाई मोरङ प्रहरीले मोरङ अदालतमा ज्यान मार्ने...

पाँच बुँदे सहमतिपछि राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीको आन्दोलन स्थगित

काठमाडौं, २७ माघ । पाँच बुँदे सहमतिपछि राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीको आन्दोलन स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी संघ नेपाल केन्द्रीय समितिले पाँचबुँदे माग प्रस्तुत गर्दै बुधबारदेखि बोर्डमा सुरु गरेको आन्दोलन आजको वार्तामा सहमति जुटेपछि स्थगित...

जुम्लामा क्वारेन्टाइनमा बसेका १ जनाको मृत्यु

सुर्खेत, २३ जेठ-जुम्लामा बिहीबार राती क्वारेन्टाइनमा बसेका १ वृद्धको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका-८ धुपी ढुस्का माध्यमिक विद्यालय तलिउमको क्वारेन्टाइनमा रहेका ६५ वर्षीय व्यक्तिको मृत्यु भएको प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले जानकारी दिए ।...

बाढीपहिरोले प्रदेश १ मा ५० जनाको मृत्यु

विराटनगर, ३ कात्तिक । अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परेर प्रदेश १ मा बुधबार साँझसम्म ५० जनाको मृत्यु भएको छ । बुधबार साँझसम्म बाढीपहिरोमा परेर पाँचथर २२ जना, इलाममा १३ धनकुटा ६, सुनसरीमा ५,...

बटुल्नै नमिल्ने गरी खेतमै भिज्याे धान, किसानलाई भाेकमरीकाे चिन्ता

आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण पाकेको धानबालीमा ठूलो क्षति पुगेको छ । दसैँअघि नै जिल्लाका अधिकांश क्षेत्रमा धान पाकेर पहेँलो भए पनि किसानले दसैँ चटारोका कारण धान काट्न भ्याएका थिएनन् । दसैँ टीका लगाएर किसान...

माथिल्लो तामाकोसीको बाँध परीक्षण सफल

निर्माणाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बाँधको परीक्षण सफल भएको छ । आइतबारसम्ममा बाँधमा पानी जम्मा गरेर गरिएको परीक्षणको क्रममा कतैबाट पनि पानी चुहावट नभएपछि बाँधको परीक्षण सफल भएको हो । अघिल्लो सोमबारदेखि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्