ओली र मोदीबीच टेलिफोन सम्वाद

 न्यूज विराट
ओली र मोदीबीच टेलिफोन सम्वाद

काठमाडौं, ३१ साउन-प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शनिबार दिउँसो फोनवार्ता भएको छ । ७४औं स्वतन्त्रता दिवसको अवसरमा २ देशका प्रधानमन्त्रीबीच टेलिफोन सम्वाद भएको हो ।

परराष्ट्रमन्त्रालयले विज्ञप्ति जारी गरेर फोनवार्ताका क्रममा प्रधानमन्त्री ओलीले भारतीय स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री मोदी र उनको माध्यमबाट भारत सरकार र जनतालाई हार्दिक बधाइ दिनुका साथै निरन्तर प्रगतिको शुभकामना दिएको जानकारी दिएको छ । प्रधानमन्त्री ओलीले मोदीको छिमक प्राथमिकता नीतिको प्रशंसा गर्दै सार्थक द्वीपक्षीय सहयोगका लागि नेपाल तत्पर रहेको बताएको मन्त्रालयले जनाएको छ ।

सीमा विवादसँगै २ देशका शीर्ष नेतृत्वबीच सम्वाद हुन सकेको बेला २ प्रधानमन्त्रीबीचको सम्वादलाई अर्थपूर्ण रूपमा हेरिएको छ । परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक बस्ने नेपालको प्रस्तावसमेत भारतले स्वीकार गरेको थिएन । पछिल्लो वार्ताले भारत-नेपालबीचको सम्भावदहीनतालाई तोड्को छ । उनले १० अप्रिल २०२० मा भएको सम्वाद स्मरण गरेका थिए ।

मन्त्रालयले २ प्रधानमन्त्रीले कोरोनाविरूद्धको लडाइँमा भएका पछिल्ला प्रयासहरूका बारे विचार व्यक्त गर्दै यस क्षेत्रमा मिलेर काम गर्न सहमत भएको पनि उल्लेख छ । टेलिफोन सम्वादका क्रममा प्रधानमन्त्री ओलीले मोदीलाई भारतले संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको अस्थायी सदस्या चयन भएकोमा बधाइ दिएका थिए ।

सम्बन्धित समाचार

बेलायतमा नेपाली‘कोदोको ब्राण्ड रक्सी’ उत्पादन गरी विक्री शुरु

काठमाडौं, १३ असोज । लण्डन । बेलायतमा नेपाली कोदोबाट उत्पादित रक्सी बजारमा बिक्रि बितरण सुरु गरिने भएको छ । नेपालमा परम्परागत रूपमा पिउँदै आएको कोदोको रक्सी ब्रान्ड बनाउन शुरू गरिएको छ ।बेलायतमा कोदो लिमिडेट कम्पनीको...

जनता समाजवादी एकताको श्रेय लिनेको होडबाजी 

जनकपुर, २८ असार-निर्वाचन आयोगले समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भई बनेको जनता समाजवादी पार्टी (जसपा) नेपाललाई दल दर्ता प्रमाण पत्र दिएपछि औपचारिक रुपले दुई दल एक बनेका छन् । दुबै दल एक...

१० जना कर्मचारीलाई ५८ लाख ३० हजार धरौटीमा छोड्न आदेश, कुन कर्मचारीलाई कति तोकियो धरौटी ?

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका – २ मा रहेको विराट मेडिकल कलेज टिचिङ हस्पिटलको आधा करोड बढी घोट्ला गर्ने १० जना कर्मचारीलाई धरौटीमा छोड्न अदालतले आदेश गरेको छ । मोरङ अदालतका न्यायाधीश राजेश्वर अर्यालको इजालशले...

आजदेखि मतदाता नामावली संकलन नहुने, औँठा छाप हान्ने काम भाेलिसम्म

आजदेखि आगामी निर्वाचनका लागि मतदाता नामावली संकलन नहुने भएको छ । निर्वाचन आयोगले आजदेखि मतदाता नामावली संकलन नगर्ने जनाएको हो । गत असार १ गतेदेखि आगामी प्रदेश र संघलाई लक्षित गरेर आयोगले मतदाता नामावली संकलन थालेको थियो...

विराटनगर–८ मा एमालेका राम पोखरेलको प्यानलै निर्वाचित

विराटनगर, ६ जेठ । विराटनगर–८ को मतगणनाको अन्तिम परिणाम सार्वजनिक हुँदा नेकपा एमालेका राम पोखरेल वडाध्यक्षमा निर्वाचित भएका छन् । उनीसहित उनका टिमका सवै निर्वाचित भएका हुन् । यसअघि नेपाली कांग्रेसले प्यानलै जितेको वडा नं....

मोरङ ४(१) मा काँग्रेसका घिमिरेको सुरुवाती अग्रता

विराटनगर । मोरङ क्षेत्र नं. ४(१) प्रदेशसभा सदस्यमा नेपाली काँग्रेसका गुरुप्रसाद घिमिरेले सुरुवाती अग्रगता कायम गरेका छन् । प्रदेशतर्फ २ हजार १ सय ३९ मत गणना हुँदा घिमिरेले ९ सय ७ मत ल्याएका छन् ।...

प्रदेश १ मा आज ६४ संक्रमित थपिए

विराटनगर, ८ भदौ–प्रदेश १ मा सोमबार ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ महिला र ४० पुरुषमा कोरोना पुष्टि भएको हो । मोरङका २९, सुनसरीका १९, झापाका ५, धनकुटाका २, संखुवासभाका एक र...

ग्रडेड स्कुलमा फुड फिस्टा

विराटनगर । विराटनगरमा रहेको ग्रेडेड स्कुलमा एक दिने फुड फिस्टा आयोजना गरेको छ । बिद्यालय परिसरमा उक्त फुट फिस्टा आयोजना गरेको हो । कार्यक्रममा कक्षा ६ देखि ८ सम्मका बिद्यार्थीहरु सहभागी भएका थिए । विद्यार्थीहरुलाइ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्