समुदायस्तरमा कोभिड-१९ को संक्रमण फैलिइ महामारीको विशेष अवस्था आउनसक्ने भन्दै राष्ट्र बैंकले यस्तो योजना मागेको हो । केन्द्रीय बैंकले विशेष अवस्था आइपर्ने परिस्थितिको आंकलन गरी अत्यावश्यक कार्यको निरन्तरताको लागि बैंकहरूको योजना खोजेको हो ।
राष्ट्र बैंकले आइसोलेसन तथा क्वारेनटाइनमा बसेका कर्मचारीको पीसीआर टेष्टको नतिजा नेगेटिभ आएपश्चात् मात्र कार्यालय आउने व्यवस्था मिलाउन आग्रह गरेको छ ।
त्यस्तै, संक्रमितको सम्पर्कमा आएका वा कन्ट्रयाक ट्रेसिङमा परेका कर्मचारीलाई आवश्यकताअनुसार घर वा होटमा क्वारेन्टाइनमा राख्न आवश्यक पर्ने व्यवस्था गर्न र सोको खर्च बैंक तथा वित्तीय संस्थाले नै बोहोर्ने व्यवस्था गर्न निर्देशन दिएको छ ।