आज ४ प्रदेशमा भारी वर्षाको सम्भावना

 न्यूज विराट
आज ४ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, २९ साउन-आज पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका १/२ स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

त्यस्तै, राति प्रदेश १, बागमती, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका १/२ स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।भोलि पनि गण्डकी प्रदेश, प्रदेश ५ , कर्णाली र सुदूरपश्चिम प्रदेशका १/२ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार हाल मनसुनी न्यून चापीय रेखा पश्चिममा नेपाल नजिक दक्षिणतर्फ अवस्थित छ ।

सम्बन्धित समाचार

नेपालमा ३ सय ३३ जनाले जिते कोरोना

काठमाडौं, २३ जेठ-नेपालमा कोरोना भाइरस संक्रमणलाई जितेर घर फर्किनेको संख्या बढ्दै गएको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो अपडेटअनुसार थप ४३ जनाले कोरोना भाइरसलाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका...

५० रुपैयाँ दिएर किशोरी बलात्कार गर्ने वृद्ध पक्राउ

धनगढी, २७ वैशाख-कञ्चनपुरमा १५ वर्षीया किशोरी बलात्कारको आरोपमा एक वृद्ध पक्राउ परेका छन् । भीमदत्त नगरपालिका-११ भुजेलाका ६८ वर्षीय तारा ओझाले आफन्त पर्ने किशोरीलाई ५० रुपैयाँ दिएर बलात्कार गरेको सूचना पाएसँगै उनलाई पक्राउ गरी अनुसन्धान...

मेरिल्याण्डमा ह्याण्डराइटिङ्ग प्रतियोगिता, सुवेक्षा र प्रतिभा भए प्रथम

विराटनगर । विराटनगर–७ स्थित मेरिल्याण्ड कलेजले शुक्रबार ह्याण्डराइटिङ्ग प्रतियोगिता सम्पन्न गरेको छ । कक्षा– ११ र १२ का विद्यार्थीहरुविच उक्त प्रतियोगिता आयोजना गरिएको हो । विद्यार्थीहरुलाई उनिहरुभित्र भएको कलाको प्रस्फुटन गर्नका लागि उक्त प्रतियोगिता आयोजना...

लकडाउनविरुद्ध बन्दुकसहित प्रदर्शन, समर्थनमा ट्रम्पको ट्विट

एजेन्सी, बैशाख ६-अमेरिकाका विभिन्न राज्यहरुमा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले लकडाउनको विरोधमा बन्दुकसहित प्रदर्शन गरेका छन् । विशेषगरी डेमोक्रेट पार्टीको शासन रहेका राज्यहरुमा ट्रम्प पक्षधरले प्रदर्शन गरेका छन् । यो प्रदर्शनलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले नै समर्थन...

नेपालको नयाँ नक्सा राजपत्रमा प्रकाशित

काठमाडौं, ९ जेठ-नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा राजपत्रमा प्रकाशित गरिएको छ ।लिम्पियाधुरा, लिपुलेक र कालापानी समेट्दै सार्वजनिक नयाँ नक्सालाई आज भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको हो । गत सोमबार मन्त्रिपरिषद्ले पारित...

नेपा : सहकारीको रजत जयन्तीमा निःशुल्क आँखा शिविर, ७७ जनाले गराए परीक्षण

विराटनगर । नेपा : बहुउद्देश्य सहकारी संस्थाले निःशुल्क आँखा जाँच शिविर आयोजना गरेको छ । सहकारीको रजत वार्षिकोत्सवको अवसर पारेर विराटनगर १० स्थित झी पुचः भवनमा निःशुल्क आँखा जाँच शिविर आयोजना गरेको हो । दिव्यज्योति...

संकटको अवस्थामा प्रधानमन्त्रीको राजीनामा माग्नु अप्रासंगिकः बुद्धिजीवी

काठमाडौं, १७ वैशाख-नागरिक समाजका अगुवाले बदर गरिसकिएका अध्यादेशलाई विवादको विषय बनाएर प्रधानमन्त्रीको राजीनामा माग्ने कार्य संकटको वर्तमान अवस्थामा अप्रासंगिक विषय भएको बताएका छन् । १० जना बौद्धिक व्यक्तित्वले आज संयुक्त अपिल गरी आगामी बजेटमार्फत नागरिक...

प्रदेश–१ का उपनेता आङबोहाङद्वारा प्रचण्ड–नेपाल समुह छाडेको घोषणा

काठमाडौं, फागुन २२-प्रदेश–१ नेकपामा प्रचण्ड–माधव नेपाल समुहलाई शनिवार ठुलो झट्का लागेको छ । नेकपा संसदीय दलका उपनेता टंक आङबोहाङले नेकपा (दाहाल–नेपाल समूह)मा आफू नरहेको घोषणा गरेका छन् । दाहाल–नेपाल समूहको केन्द्रीय सदस्यसमेत रहेका उनि सो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्