भारतलाई नेपालको जवाफ : बुद्धको जन्मभूमिबारे विश्व समुदाय प्रष्ट छ

 न्यूज विराट
भारतलाई नेपालको जवाफ : बुद्धको जन्मभूमिबारे विश्व समुदाय प्रष्ट छ

काठमाडौं, २५ साउन-सरकारले भगवान् गौतम बुद्धको जन्मस्थल नेपाल भएकोबारे विश्व समुदाय जानकार रहेको भन्दै यसमा कुनै भ्रम नरहेको स्पष्ट पारेको छ । परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै बुद्धको जन्मभूमिबारे राष्ट्रिय र अन्तर्राष्ट्रिस्तरमा कुनै बहस र विवाद नरहेको स्पष्ट पारेको हो । 

भारतका विदेशमन्त्री सुब्रमन्यम जयशंकरले बुद्धलाई ‘महान् भारतीय’ भएको बताएपछि परराष्ट्र मन्त्रालयले औपचारिक रूपमा नेपालको प्रतिक्रिया सार्वजनिक गरेको हो ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले भनेका छन्, ‘भगवान् गौतम बुद्धको जन्म नेपालको लुम्बिनी भएको कुरा ऐतिहासिक र पुरातात्त्विक प्रमाणहरूद्वारा पूर्ण रूपमा स्थापित र अकाट्य तथ्य हो । बुद्धको जन्मस्थल लुम्बिनी युनेस्कोको विश्व सम्पदास्थलमा समेत रहेकाे छ ।’

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा नेपाललाई बुद्धको जन्मस्थलका रूपमा स्वीकारेको स्मरणसमेत गराएका छन् ।  सन् २०१४ मा नेपाल भ्रमणका क्रममा मोदीले संसदलाई सम्बोधन गर्दै मोदीले नेपालमा शान्तिदूत बुद्ध जन्मेको बताएको समेत पौडेलले स्मरण गरेका छन् ।

सम्बन्धित समाचार

नेपाल राष्ट्रिय कर्मचारी निजामति मोरङ अध्यक्षमा सुवोध आचार्य

विराटनगर । नेपाल राष्ट्रिय कर्मचारी निजामति मोरङको पाँचौं जिल्ला सम्मेलनबाट सुवोध आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । कार्यसमितिको उपाध्यक्षमा ज्ञानेन्द्र नेपाल, ब्रजेशकुमार मेहता र ममता चौंलागाईं चयन भएका छन् । यस्तै सचिवमा नविन...

२४ घण्टामा प्रदेश १ मा १६४ संक्रमित थपिए

विराटनगर, १९ असोज–प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ सय ६४ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १०५, मोरङमा ५२, झापामा २, धनकुटा, तेह्रथुम र ताप्लेजुङमा १÷१ र प्रदेश १ बाहिरका २ जना रहेको...

विराटनगरबाट सट्टे बाजी खेल्ने ४ जना पक्राउ

विराटनगर । विराटनगरमा सट्टे बाजी खेल्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका ११ बाट मोरङ प्रहरीले खट्टे बाजी खेल्ने चार जनालाई शुक्रवार राती पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका ११...

हिमालय दर्शन कलेजमा ‘फुट टेस्ट’, विद्यार्थीले अतिथिलाई चखाए परिकार

विराटनगर । विराटनगरस्थित हिमालय दर्शन कलेजका बीएच अध्ययनरत विद्यार्थीहरुले विभिन्न परिकार बनाएर ‘फुट टेस्ट’ गराएका छन् ।बीएचएम फस्ट सेमिस्टरमा अध्ययरत विद्यार्थीहरुले बनाएको परिवारहरू अतिथिहरुलाई चखाएका हुन् । बीएचएम पढाइको क्रममा सिकेको ज्ञान व्यवहारमा उतारेको बीएचएम...

बन्धन सिमेन्ट अब पीपीसीमा पनि

विराटनगर, फागुन २६–नेपाल अल्ट्राटेक सिमेन्ट प्रालिले उत्पादन गर्दै आएको बन्धन सिमेन्ट अब पीपीसीमा पनि उत्पादन हुने भएको छ । बन्धन सिमेन्ट ओपीसी र पिएससीमा उत्पादन हुँदै आएकोमा अब पीपीसीमा पनि उत्पादन हुनथालेको कम्पनीले जनाएको हो । पूर्वी...

वामदेवको प्रस्ताव : केपी ओली महाधिवेशनसम्म अध्यक्ष, ५ वर्षै प्रधानमन्त्री

काठमाडौं, १३ साउन-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रतिनिधिसभाको यो कार्यकालभरि केपी शर्मा ओली नै प्रधानमन्त्री रहने र एकता महाधिवेशन नहुञ्जेल अध्यक्षमा पनि उनी कायम रहने गरी सहमतिको प्रस्ताव पेस गरेका छन् ।...

विराटनगरले गुमायो अब्बल सर्जन डा. रामकुमार सिंह

विराटनगर । विराटनगरका वरिष्ठ सर्जन प्राडा ६० वर्षीय रामकुमार सिंहको निधन भएको छ । डा. सिंह कोशी प्रदेशका कहलिएका वरिष्ठ सर्जन हुन् । विराट मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत थिए ।सोमबार विहान भ्रमणका सिलसिलामा अजरबैजानको...

आजदेखि बडादसैँ सुरु, घटस्थापनाको साइत ११ बजेर २९ मिनेटमा

विराटनगर । आजदेखि नवरात्र प्रारम्भ भएको छ। नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ। आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सुरु भएको मानिन्छ। आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्