प्रदेश १:संक्रमितलाई राख्न आइसोलेसन शैयाको अभाव, रंगेली नगरपालिकाले आफै स्थापना गर्यो

 न्यूज विराट
प्रदेश १:संक्रमितलाई राख्न आइसोलेसन शैयाको अभाव, रंगेली नगरपालिकाले आफै स्थापना गर्यो

विराटनगर, साउन २५–प्रदेश १ मा कोरोना संक्रमित राख्न प्रबन्ध गरिएका अस्पतालका आइसोलेसन शैया पूर्ण अभाव भएको छ । अस्पतालमा ठाउँ नभएपछि संक्रमितहरु घरघरमै बसिरहेका छन् । यद्यपी कोरोना संक्रमितको संख्या दैनिक बढ्दै गएपछि भने केही स्थानीय तहले आइसोलेसन कक्षको व्यवस्थापन गर्न थालेका छन् ।

मोरङको रंगेली नगरपालिकाले आफ्ना नागरिकको व्यवस्थापनका लागि क्याम्पसलाई नै आईसोलेशन अस्पतालमा रुपान्तरण गरेको छ । संक्रमण पुष्टि भएका तर लक्षण नदेखिएका नागरिकलाई समाजबाट आईसोलेट गर्न स्थानीय जनता क्याम्पसलाई सय बेडको आईसोलेशन अस्पतालमा रुपान्तरण गरिएको हो ।

प्रदेश १ मा संक्रमितहरुको उपचार तथा स्वास्थ्य परामर्श प्रदान गर्न तोकिएका अस्पतालहरु भरिदैं गएपछि रंगेली नगरपालिकाले क्याम्पसलाई नै सय शैयाको आईसोलेशन अस्पताल घोषणा गरेको छ ।

प्रदेश सरकारले सञ्चालनमा ल्याएको कोशी, वीपी र पीयू गोठगाउँको उपचार केन्द्र तथा आईसोलेशन अस्पतालमा संक्रमण पुष्टि भएकाहरुलाई राख्ने अवस्था छैन ।

झापाको मेची अस्पताल, मेची नगरपालिकामा निर्माण गरिएको आईसोलेशन अस्पताल र उदयपुरको चौदण्डीगढीको ५० शैयाको आईसोलेशन अस्पताल भरिएका छन् । रंगेली क्याम्पसमा सञ्चालित आईसोलेशनमा अहिले ६ महिलासहित २८ नागरिकलाई राखिएको नगरपालिकाका मेयर दिलिप बगडियाले जानकारी दिए ।

सम्बन्धित समाचार

प्रदेश १ मा आज ६४ संक्रमित थपिए

विराटनगर, ८ भदौ–प्रदेश १ मा सोमबार ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ महिला र ४० पुरुषमा कोरोना पुष्टि भएको हो । मोरङका २९, सुनसरीका १९, झापाका ५, धनकुटाका २, संखुवासभाका एक र...

अतिरिक्त क्रियाकलापमा  पनि शिक्षादीप अब्बल : एन्जल र सुगम भए मावि स्तरीय निबन्ध प्रतियोगितामा प्रथम 

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेज गुणस्तरीय शिक्षामा मात्र नभएर अतिरिक्त क्रियाकलापमा  समेत अब्बल साबित भएको छ । गुणस्तरीय शिक्षा प्रदान गरेर विद्यार्थी र अभिभावको मन जितेको शिक्षादीपले अतिरिक्त क्रियाकलापहरूमा पनि आफूलाई अब्बल साबित गर्न सफल...

ट्रम्पकी दिदी भन्छिन्ः मेरो भाइ झुठ र धोकेबाज व्यक्ति

एजेन्सी, ८ भदौ-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी दिदीले आफ्ना भाइ राष्ट्रपति ट्रम्पलाई कुनै सिद्धान्त नभएको झुठो व्यक्ति भएको बताएकी छन् । एक गोप्य रेकर्डिङमा उनले सो कुरा भनेको अडियो सार्वजनिक भएको हो । संघीय अदालतकी पूर्वन्यायाधीश...

लागुऔषध किन्न टेलिकमको तार चोरी

मेचीनगरमा इन्टरनेट र टेलिफोनको तार चोरी गरेको आरोपमा एक किशोरसहित दुई व्यक्ति पक्राउ परेका छन् । मेचीनगर नगरपालिका– ७ को नयाँ बसपार्क क्षेत्रमा नेपाल टेलिकमको केबुल तार चोरी भएपछि विगत एक सातादेखि पूर्वीनाका काँकडभिट्टाका १५०...

सोलुखुम्बुकाे तापक्रम माइनस १३ मा झर्‍याे, ७० प्रतिशत मानिसले गाउँ छाडे

सोलुखुम्बु, १० माघ । हिमाली जिल्ला सोलुखुम्बुको माथिल्लो क्षेत्रमा दोस्रो पटक परेको हिमपातका कारण जनजीवन प्रभावित बनेको छ । खुम्बुपासाङ ल्हामु गाउँपालिका–४ खुम्जुङको तापक्रम माइनस १३ डिग्री सेल्सियसमा झरेको छ । यहाँका बासिन्दा घरबाट खासै...

सकियो सीएनआइ कोशी एक्स्पो, चार लाख बढीले गरे अवलोकन

विराटनगर । सीएनआई कोसी एक्स्पो २०७९ शनिबार भव्यताका साथ सम्पन्न भएको छ । संकटोन्मुख रहेको मुलुकको अर्थतन्त्रलाई एक्स्पोका माध्यमबाट थोरै भएपनि चलायमान बनाउन भन्दै नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ ले आयोजना गरेको १० दिने...

जन्ती बोकेको भारतीय जिप रौतहटमा दुर्घटना : पाँच जनाको मृत्यु

रौतहट । रौतहटमा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको भारतीय बीआर ०५पीए ६९५३ नम्बरको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुनील...

गाउँपालिका अध्यक्षलाई पक्राउ गर्न अदालतको पत्र

काठमाडौं, ३ भदौ । पर्वतको जलजला गाउँपालिका अध्यक्ष यामबहादुर मल्ललाई पक्राउ गर्न जिल्ला अदालत कास्कीले जिल्ला प्रहरी कार्यालय पर्वतलाई पत्र काटेको छ । लेनदेन मुद्दाका प्रतिवादी अध्यक्ष मल्ललाई पक्राउ गर्न भन्दै गत ३१ साउनमा पर्वत...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्