भारतमा २४ घण्टामा कोरोना संक्रमित ८ सय ६१ जनाको मृत्यु

 न्यूज विराट
भारतमा २४ घण्टामा कोरोना संक्रमित ८ सय ६१ जनाको मृत्यु

एजेन्सी, साउन २५-भारतमा विगत २४ घण्टाको अवधिमा कोरोनाभाइरस संक्रमित व्यक्तिको संख्या ६४ हजार ३ सय ९९ जना रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा कोरोनाभाइरस संक्रमित व्यक्तिमध्ये ८ सय ६१ जनाको मृत्यु भएको छ । भारतमा यो सहित मृत्यु भएका व्यक्तिको कूल संख्या ४३ हजार ३ सय ७९ पुगेको छ । साथै कूल संक्रमितको संख्या पनि २१ लाख ५३ हजार नाघेको छ ।

स्वास्थ्य अधिकारीहरुले कूल संक्रमितमध्ये १४ लाख ८० हजार ८ सय ८५ जना निको भएर डिस्चार्ज भएका छन् । अहिले पनि ६ लाख २८ हजार ७ सय ४७ जना विभिन्न स्वास्थ्य केन्द्रमा उपचार गराइरहेका छन् ।

भारतीय चिकित्सा अनुसन्धान परिषदले ८ अगष्टका दिन ७ लाख १९ हजार ३ सय ६४ जनाको परीक्षण गरिएको जनाउँदै कोरोना संक्रमण देखिन थालेयता हालसम्म कूल २ करोड ४१ नमुना परीक्षण गरिएको बताएको छ ।

सम्बन्धित समाचार

विराटनगर कञ्चनबारीमा माछापुच्छ्रे बैंकको एटिएम मेसिन तोडफोड, एक जना पक्राउ

विराटनगर, १२ पुस । विराटनगरमा बैंकको एटिएम मेसिन तोडफोड गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर–३ कञ्चनबारी स्थित माछापुच्छ्रे बैंकको एटिएम मेसिन तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले मोरङको रतुवामाई नगरपालिका–५ का २१...

१६५ भारतीय नागरिक लिएर फर्कियो एयर इण्डिया 

काठमाडौं, ७ जेठ-भारतले नेपालमा लकडाउनका कारण रोकिएका १ सय ६५ नागरिकलाई जहाज चार्टर्ड गरी स्वदेश फिर्ता लगेको छ ।भारतको राष्ट्रिय ध्वजावाहक एयर इण्डियाको ए३२० जहाजले आज दिउँसो उनीहरूलाई काठमाडौंबाट फिर्ता लगेको हो । यो चार्टर्ड...

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन महाशाखाको अनुरोध

आज देशका अधिकांश स्थानमा बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । अहिले...

मोरङको रंगेलीमा दुर्घटना, पैदल यात्रिको मृत्यु

विराटनगर । मोरङको रंगेलीमा सवारी दुर्घटनामा परि एक जना पैदल यात्रिको मृत्यु भएको छ । शुक्रबार साझ सवारी दुर्घटनामा परि रंगेलि नगरपालिका ७ का ४२ वर्षिय तारानाथ ढकालको उपचारको क्रममा मृत्यु भएको हो ।पूर्वबाट पश्चिमतर्फ...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६२५ जना डिस्चार्ज, २३१ संक्रमित थपिए

विराटनगर, २९ कात्तिक–प्रदेश १ मा शनिबार एकैदिन कोरोना संक्रमण मुक्त भएर छ सय २५ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ६ सय २२ र न्युरो अस्पताल विराटनगरबाट तीन जना डिस्चार्ज भएका हुन । प्रदेश १...

कोरोनाको उपचाररत युवतीको स्वास्थ्यमा सुधार

फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएर कोरोना भाइरसको उपचाररत १९ वर्षीया युवतीको अहिले पनि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा उपचारमा रहेकी छिन् । उपचाररत ती युवती अस्पतालबाट डिस्चार्ज भएको भनी समाजिक...

गुजरातको रासायनिक कारखानामा विस्फोट

भारतको गुजरातस्थित वडोदरामा विहीबार राति एक रासायनिक कारखानामा भीषण विस्फोटसहित आगलागी भएको छ । बीबीसीका अनुसार दीपक नाइट्राइट कारखानामा ठूलो विस्फोटपछि भएको आगलागीमा परेका सात जनालाई अस्पताल भर्ना गरिएको छ । उनीहरूलाई धुँवाका कारण श्वासप्रश्वासमा...

मोरङमा २६५ सहित प्रदेश १ मा ४७४ कोरोना संक्रमित थपिए

विराटनगर २ कात्तिक–प्रदेश १ मा पछिल्लो २४ घण्टामा चार सय ७४ जना कोरोना संक्रमित थपिए छन् । मोरङमा दुई सय ६५, सुनसरीमा ९३, झापामा ५६, उदयपुरमा २९, इलाममा सात, संखुवासभामा पाँच, भोजपुरमा दुई, धनकुटा, तेह्रथुम,...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्