कक्षा कोठामै उपस्थित भएर पठनपाठन गराउने अवस्था छैन : शिक्षामन्त्री

 न्यूज विराट
कक्षा कोठामै उपस्थित भएर पठनपाठन गराउने अवस्था छैन : शिक्षामन्त्री

काठमाडौं, २३ साउन-शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोख्रेलले कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएकाले सबै तहका सरकारले वैकल्पिक शिक्षा प्रणालीलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।

संघीय संसद, प्रतिनिधिसभा अन्तर्गतकाे शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबार बसेको बैठकमा मन्त्री पोख्रेलले संक्रमणको जोखिम बढ्दै गएकाले प्रत्यक्ष कक्षा कोठामा भेला भएर पठनपाठन गर्ने अवस्था नरहेकाले सबै तहका सरकारले वैकल्पिक सिकाइलाई जोड दिनुपर्ने बताएका हुन् ।

उनले वर्तमान अवस्था असामान्य रहेकाले असामान्य ढंगले नै सिकाइ र बुझाइका मान्यतालाई विकास गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले बन्दाबन्दीकाे समयमा विभिन्न वैकल्पिक माध्यमबाट गरिएको सिकाइ शैक्षिकसत्रसँग जोडिने र शैक्षिकसत्रको गणना हुने जानकारी गराउँदै सोहीअनुसार वैकल्पिक सिकाइलाई स्थानीय सरकारले जोड दिनुपर्ने बताए ।

‘प्रत्यक्ष कक्षा कोठामा उपस्थित भएर पठनपाठन गराउने अवस्था छैन । असामान्य परिस्थितिमा असामान्य ढंगले हाम्रा मान्यता विकास गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘तिनीहरूले भोलि सामान्य परिस्थितिका लागि पनि योगदान दिन सक्दछन् ।’

सम्बन्धित समाचार

सुनिल थापा कांग्रेसमा प्रवेश, देउवाले गरे सानेपामा स्वागत

काठमाडौं, १३ साउन-राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भएका पूर्वमन्त्री सुनिल थापा नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। राप्रपाका संस्थापक नेता सूर्यबहादुर थापाका छोरा सुनिल थापाले केहीदिनअघि मात्रै राप्रपा परित्याग गरेका थिए । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा मंगलबार दिउँसो...

भौतिकरुपमै कक्षा १२ को परीक्षा संचालन गर्न संसदीय समितिको निर्देशन

काठमाडौं, ८ भदौ । भौतिकरुपमा परीक्षा लिन संसदको शिक्षा तथा स्वास्थ्य समितिले शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ । शिक्षा मन्त्रालयका पदाधिकारीसँगको छलफलपछि समिति सभापति जयपुरी घर्तीले कोरोनाविरुद्धको लगाएर परीक्षा संचालन गर्न निर्देशन दिएकी हुन् संक्रमणको...

काठमाडौंमा खनाल-नेपाल समूहनिकट युवासंघको राष्ट्रिय कार्यकर्ता भेला

काठमाडौं, ७ चैत । नेकपा (एमाले) को खनाल-नेपाल समूह निकट युवा संघ नेपालले राष्ट्रिय कार्यकर्ता भेला गर्दैछ । काठमाडौंको राष्ट्रिय सभागृहमा हुने भेलालाई पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता माधव नेपालले सम्बोधन गर्ने कार्यक्रम छ ।...

प्रेस सेन्टर मोरङका अध्यक्ष नवीन कर्ण पुरस्कृत

विराटनगर । प्रेस सेन्टर नेपाल मोरङका सक्रिय पत्रकार नवीन कर्ण ‘हरिनारायण–विष्णुमाया श्रेष्ठ पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत भएका छन् । कर्णलाई झापाको अर्जुनधारा नगरपालिका–११ स्थित जंगबीर गुभाजू श्रेष्ठ प्रतिष्ठानले एक कार्यक्रमकाबीच पुरस्कृत गरेको हो । अर्जुनधाराको...

पत्रकार रजकको हत्या र मिडियामाथिको आक्रमणविरुद्ध विराटनगरमा पनि प्रदर्शन

विराटनगर । पत्रकार सुरेश रजकको हत्या र आमसञ्चार माध्यममाथि भएको आक्रमणको विरोधमा मोरङका पत्रकारहरू आन्दोलित भएका छन्। शुक्रबार, राजावादीहरूको प्रदर्शनका क्रममा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकमाथि आक्रमण भएको थियो। रजकले समाचार संकलनका लागि भिडियो खिचिरहेको...

एमाले मोरङका नेता बलभद्र सरदार माओवादी प्रवेश

विरटाटनगर, १८ भदौ । मोरङका एमाले जिल्ला सचिवालय सदस्य बलभद्र सरदार थारु नेकपा माओवादी केन्द्र पार्टी प्रवेश गरेका छन् । आज विहान प्रचण्डनिवास खुमलटारमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खादा लगाएर पार्टी प्रवेश गराएका हुन् ।...

कोशी प्रदेशमा ट्राफिक सप्ताह सुरू, प्रत्येक व्यक्ति सचेत भए मात्र दुर्घटना न्यूनिकरण

विराटनगर । सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले कोशी प्रदेशमा ट्राफिक सप्ताह सुरू भएको छ । १४ जिल्ला रहेको कोशी प्रदेशमा मंगलबार एक समारोहको बिच ट्राफिक सप्ताह सुरू भएको हो । उक्त सप्ताहको उद्घाटन कोशी प्रदेशका...

ओलीले पार्टीको निर्णय मान्नु पर्ने अगेनो रेष्टुरेन्ट भेलाको निष्कर्ष

काठमाडौं, १७ असार-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल समूहको भेलाले ओलीलाई स्थायी कमिटीको बैठकले गरेको निर्णय मान्न निर्देशन दिने निष्कर्ष निकालेको छ । बुधबार दिउँसोबाट सुरु भएको ललितपुरको अगेनो रेष्टुरेन्टमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्