सहमतिविना प्रधानमन्त्रीको राजीनामा आउँदैन : रायमाझी

 न्यूज विराट
सहमतिविना प्रधानमन्त्रीको राजीनामा आउँदैन : रायमाझी

अर्घाखाँची, २३ साउन-नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का नेता टोपबहादुर रायमाझीले सहमतिविना प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन नहुने बताएका छन् । प्रेस सङ्गठन नेपालले आज सदरमुकाम सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा उनले आलोपालो प्रधानमन्त्री बन्ने पार्टी एकताताकाको सहमति भए पनि सचिवालय बैठकमा अर्का अध्यक्ष दाहालले ५ वर्ष अध्यक्ष ओलीलाई नै प्रधानमन्त्री बनाउनुपर्ने भनी गरेको प्रस्ताव सर्वसहमतिले पारित भएकाले सोहीअनुसार अगाडि बढ्नुपर्ने बताए ।

पार्टी स्थायी कमिटी सदस्य रायमाझीले काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेजस्तै सीमा विवाद र कोरोना महामारी नियन्त्रण गर्नुपर्नेमा नेताहरू पदीय भुमरीमा फसेकामा दुःख व्यक्त गर्दै पार्टीको अन्तरविरोधभन्दा कोरोना नियन्त्रणमा सरकारको ध्यान जान जरुरी रहेकामा जोड दिए ।

पूर्वउपप्रधानमन्त्री रायमाझीले पार्टी फुट्दा कस्तो हालत हुन्छ भन्ने हेर्न सीपी मैनाली, मोहन वैद्य र बाबुराम भट्टराईलाई हेरे मात्र पुग्ने बताए ।  उनले भने, ‘व्यक्ति नभई  पार्टी र सङ्गठन ठूलो र शक्तिशाली हुनुपर्छ ।’

उक्त अवसरमा नेकपाका केन्द्रीय सदस्य तथा राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्काले नेकपा विभाजन भएमा देश सङ्कटमा पर्ने बताउँदै नेपाल र नेपालीलाई बचाउन तथा प्राप्त उपलब्धिको रक्षा गर्न मिलेर जानाको विकल्प नरहेको बताए ।

सम्बन्धित समाचार

सर्वसाधारणको उच्च अपेक्षा र जीवनको अग्निपरीक्षा

श्रीमन्त भट्टराईविराटनगर । ‘अघिल्लो पटक चुनाव हार्दा पनि १६ करोडको योजना क्षेत्रमा ल्याएछन्, अब जिते पछि त काम गर्छन् होला । सडक निर्माण, खानेपानी, बिजुली, शिक्षा, स्वास्थ्य जस्ता आधारभूत क्षेत्रमा उनले धेरै काम गरेका छन्...

तिब्बतसँग जोड्ने सुरुङ मार्गको डिजाइन तयार

दोलखा जिल्लाको उत्तरी सीमा र चीनको नाका जोड्ने राजमार्ग (१२ किमी) निर्माण सुरु हुने भएको छ । लामाबगरबाट ९ किलोमिटर टाढा पर्ने लप्चीसम्म चाहिँ सुरुङमार्ग निर्माण हुने छ । सञ्चार सूचना तथा प्रविधिमन्त्री पार्वत गुरुङले सोका...

प्रदेश १ मा कोरोना संक्रमणको नयाँ रेकर्डः आज ११४० जना थपिए

विराटनगर, ३ जेठ । प्रदेश १ मा आज १ हजार १४० जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा ४०१, झापामा २८३, सुनसरीमा २३६, धनकुटामा ६२, संखुवासभामा...

विद्युतिय व्यवसायी महासंघको महासचिबमा गोपाल अग्रवाल

विराटनगर । नेपाल विद्युतिय व्यवसायी महासंघका महासचिब गोपाल अग्रवाल निर्विरोध निर्वाचित भएका छन् । महासंघको शनिबार काठमाडौंमा सम्पन्न १३औं साधारण सभा तथा ५औं अधिवेशनबाट अग्रवाल सर्वसम्मत रुपमा महासचिवमा निर्वाचित भएका हुन् ।अग्रवाल विराटनगरका यूवा व्यवसायी...

ओबामाद्वारा ट्रम्प प्रशासनको ‘अस्तव्यस्त’ प्रयासको आलोचना

एजेन्सी, बैशाख २८-अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले कोरोना भाइरसको संक्रमण नियन्त्रणमा ट्रम्प प्रशासनले चालेका कदम अस्तव्यस्त रहेको भन्दै कडा आलोचना गरेका छन् । उनले ट्रम्प प्रशासनले कोरोना भाइरसको नियन्त्रणका लागि चालेका कदम अपर्याप्त भएको टिप्पणी गरेका...

चीनद्वारा थप १६ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने घोषणा

चीनले नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने भएको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो । प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा चिनियाँ राजदूत यान्छीले थप परिमाणमा खोप उपलब्ध...

संसारीमाई मन्दीरमा प्रवेश गरी बहुमुल्य सामान चोरी गर्ने पक्राउ

विराटनगर, माघ २६–मोरङको रंगेली नगरपालिकास्थित संसारी माई मन्दिरमा चोरी गर्ने ब्यक्तीलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । सो चोरीको घटनामा संलग्न रंगेली नगरपालिका ३ बस्ने भुवन पराजुलीलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको हो ।...

ललितपुरमा कोरोनाबाट तेस्रो व्यक्तिको मृत्यु

ललितपुर, १५ असार-ललितपुर जिल्लामा कोरोना सङ्क्रमणबाट तेस्रो व्यक्तिको मृत्यु भएको छ । सानेपाको स्टार अस्पतालमा उपचाररत रौतहट हतुवा विजयपुर नगरपालिका-७ निवासी ३० वर्षीय पुरुषको शनिबार राति आठ बजेर ४० मिनेटमा मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्