पाटन अस्पतालमा २ कोरोना संक्रमितको मृत्यु

 न्यूज विराट
पाटन अस्पतालमा २ कोरोना संक्रमितको मृत्यु

काठमाडौं, २३ साउन-कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट शुक्रबार पाटन अस्पतालमा २ जनाको मृत्यु भएको छ । ललितपुरका स्वास्थ्य कार्यालय प्रमुख डा. खगेश्वर गेलालले आज पाटन अस्पतालमा २ जनाको मृत्यु भएको बताए । अस्पतालको आईसीयूमा उपचाररत सर्लाहीका ४५ वर्षीय पुरुष र रुपन्देहीकी ४१ वर्षीया महिलाको मृत्यु भएको हो ।

सर्लाहीका ४५ वर्षीय पुरुषको शुक्रबार बिहान ८ बजेर ४० मिनेटमा मृत्यु भएको हो । १९ गते अस्पताल भर्ना भएका थिए । आईसीयूमा भर्ना भएका उनको इन्सेफ्लाटिसको समेत उपचार भइरहेको थियो । यस्तै, पाठेघरको क्यान्सर र निमोनियाको बिरामी रुपन्देही, सुनौलीकी ४१ वर्षीया महिलाको उपचारका क्रममा ११ बजेतिर मृत्यु भएको हो ।

सम्बन्धित समाचार

मास्क नलगाई हिँड्ने ६४ जना पक्राउ

लहान, २४ असार-मास्क नलगाई हिँड्ने ६४ जनालाई मङ्गलबार एकै दिन सिरहा प्रहरीले पक्राउ गरी कारबाही गरेको छ । लकडाउनको नियम पालन गर्न आग्रह गरिरहँदा पनि बेवास्ता गरी मास्क नलगाउने ६४ जनालाई कारबाही गरिएको जिल्ला प्रहरी...

ओमिक्रोनको सन्त्रास : सङ्क्रमण रोक्न सीमा क्षेत्रमा सतर्कता

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन अफ्रिकी मुलुकसहित भारतमा देखा परेपछि पश्चिमी सीमानाका गड्डाचौकीमा सतर्कता अपनाउन थालिएको छ । सीमानाका भएर आउने यात्रुमध्ये कोरोनाका शङ्कास्पद बिरामीको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरी नतिजा पोजेटिभ आए नमूना पुनः परीक्षणका...

रुकुम पश्चिम घटना : वडाध्यक्षसहित २३ जना जेल चलान

रुकुमपश्चिम, १० असार-रुकुम जिल्ला अदालतले सोती मुद्दामा वडाध्यक्षसहित २३ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । जिल्ला न्यायाधीश विद्याराज पौडेलको इजलासले वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २३ प्रतिवादीलाई थुनामा राख्न आदेश दिएको हो । त्यस्तै,...

बुद्धोदय सामाजिक सेवा मंन्चद्धारा विराटनगरमा वृक्षारोपण

विराटनगर । विराटनगर – ३ मा रहेको बुद्धोदय सामाजिक सेवा मंन्चले विराटनगरमा वृक्षारोपण गरेको छ । मंन्चले शनिबार विराटनगर – ३ सेल्फी रोडमा वृक्षारोपण गरेको हो । मंन्चका पदाधिकारी, सदस्य तथा सर्वसाधरणरूले विभिन्न प्रजातिका विरुवाहरू...

माइतीघरमा रुकुम घटना र एमसीसीविरुद्ध विरोध प्रदर्शन

काठमाडौं, जेठ २६-नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पश्चिम रूकुमको चौरजहारी घटनाको छानबिनका लागि संसदीय समिति गठनमा ढिलाई भएको भन्दै विरोध प्रदर्शन गरेको छ । सांसदको दबाबका कारण सभामुखले संसदीय समिति गठन गर्ने बताए...

कोशी प्रदेशका मुख्यमन्त्री थापाले आजै विश्वासको मत लिने

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्दव थापाले आजै विश्वासको मत लिने गठबन्धन दलले निर्णाय गरेको छ । गठबन्धन दल माओवादी केन्द्र संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले विश्वासको मत लिने निर्णय भएको जानकारी दिए । मुख्यमन्त्री...

प्रदेशमा पठाइयो थप ३० हजार र्‍यापिड टेस्ट किट

काठमाडौं, ५ वैशाख-सरकारले थप ३० हजार र्‍यापिड डाइग्नोस्टिक किट प्रदेशमा पठाएको छ । कोरोना भाइरसको परीक्षणलाई तीव्रता दिन प्रदेशमा थप ३० हजार र्‍यापिड किट पठाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको कोरोना भाइरससम्बन्धी...

राजपा-समाजवादी एकतापछि प्रदेश २ मा उठ्यो मन्त्री फेरबदलको माग

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकीकरण भएपछि प्रदेश २ सरकारमा रहेका पात्र परिवर्तनको माग उठ्न थालेको छ । नेताका कोटाको आधारमा मुख्यमन्त्री र मन्त्रीहरू बनेकाले जनताको चाहनाविपरीत कार्य भइरहेकाले काम गर्ने सशक्त...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्