राजापाक्षेको पार्टीलाई बहुमत, ओलीले दिए बधाई

 न्यूज विराट
राजापाक्षेको पार्टीलाई बहुमत, ओलीले दिए बधाई

एजेन्सी, साउन २३-श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापक्षेले संसदीय निर्वाचनमा ठूलो जीत हात पारेको घोषणा गरेका छन् । उनका दाजु महिन्दा राजापक्षेलाई अब प्रधानमन्त्री बनाउने बाटो खुला भएको छ । उनले गत वर्षको नोभेम्बरदेखि कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

श्रीलंकाको निर्वाचनमा राजापाक्षे परिवारले नेतृत्व गरिरहेको श्रीलंका पिपुल्स फ्रन्ट (एसएलपीपी) ले करिब दुईतिहाई बहुमत ल्याएको हो । यसबाट सो पार्टीलाई संविधानको प्रस्तावित परिवर्तनलाई पूरा गर्न सहयोग पुग्नेछ । सो पार्टीले २२५ सिटमध्ये १४५ सिटमा जित हासिल गरेको छ भने ५ सिट एसएलपीपीको सहयोगी दलले जितेको छ ।

श्रीलंकामा ९ महिनाअघि भएको राष्ट्रपति पदमा समेत सोही पार्टीले जीत हात पारेर गोटाबाया राजापाक्षे निर्वाचित भएका थिए ।१८ नोभेम्बरमा राष्ट्रपतिको शपथ लिएका उनले आफ्नै दाजु तथा पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेलाई प्रधानमन्त्री बनाएका थिए ।

श्रीलंकामा बुधबार संसदीय निर्वाचनमा भएको थियो । बिहीबारदेखि मतगणना सुरु भएर शुक्रबार नतिजा घोषणा गरिएको हो । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय निर्वाचनमा विजयी भएकोमा त्यहाँका प्रधानमन्त्री महिन्दा राजापाक्षेलाई टेलिफोन गरेर बधाई दिएका छन् । प्रधानमन्त्री ओलीले ट्विट गर्दै राजापाक्षेलाई आफूले फोन गरेर पार्टी र आफ्नो तर्फबाट बधाई दिएको उल्लेख गरेका छन् ।

सम्बन्धित समाचार

विराटनगरमा ५ देखि ११ वर्षसम्मका बालकालिकालाई कोरोनाविरुद्धको खोप

विराटनगर, १६ साउन । विराटनगरमा मंगलबारदेखि बालबालिकाहरुलाई कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ । महानगरपालिकाले जारी गरेको सूचना अनुसार ५ वर्षदेखि ११ वर्षसम्म उमेरसमुहका बालबालिकालाई कोरोना भाइरसविरुद्धको दोस्रो मात्र लगाइने भएको हो । फाइजर खोजको...

सडक कर विद्युतीय प्रणालीबाट उठाइने

काठमाडौं, साउन २१-सडकमै कार्यालय स्थापना गरी ढाट लगाएर सडक उपभोग दस्तुर उठाउने प्रणालीको अन्त्य हुने भएको छ । सेवाग्राहीको सुविधाका लागि विद्युतीय भुक्तानी प्रणालीमार्फत कर तिर्ने तयारी सुरु गरिएपछि विगत २५ वर्षदेखि ठेकेदारमार्फत सडकबाटै कर...

लुम्बिनीमा प्रदेश सभा सदस्यहरु बन्धक

काठमाडौं, साउन २६ । अरुलाई लोकतन्त्र र संसदीय व्यवस्थाको पाठ सिकाउने नेपाली कांग्रेसले लुम्बिनी प्रदेशमा सांसद् पदकै उपहास गरेको छ । माओवादी, जसपा र जनमोर्चासँग मिलेर कांग्रेसले आफ्नै सांसद्लाई रिसोर्टमा बन्धक बनाएर राखेको छ । शंकर...

काेशी प्रदेश सरकारले सुरू गर्यो १० वर्षमुनिका बालबालिकाकाे निःशुल्क उपचार

विराटनगर । काेशी प्रदेश सरकारले प्रदेशभरिका १० वर्षमुनिका बालबालिकाकाे निःशुल्क उपचार सुरू गरेकाे छ । मुख्यमन्त्री केदार कार्कीकाे उपस्थितिमा प्रदेश स्वास्थ्य मन्त्रालयले यस प्रदेशस्थित प्रदेश अस्पताल र चार वटा निजी अस्पतालसँग आइतबार सम्झाैता गरेर बालबालिकाकाे...

प्रदेश सरकारको ध्यान ‘थ्रिटी’मा: मन्त्री घिमिरे

विराटनगर, बैशाख २६–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना भाईरसको नियन्त्रणका लागि प्रदेश सरकारको ध्यान थ्रिटीमा केन्द्रित रहेको बताएका छन् । प्रदेश सरकारले कोरोना नियन्त्रणका लागि ट्रेसिङ, टेष्टीङ र ट्रिटमेन्टलाई मुख्य प्राथमिकता दिएर...

सुनको मूल्य घट्यो

काठमाडौं, २९ मंसिर । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँ तोकिएको छ ।अधिल्लो दिन प्रतितोला ९२ हजार ८०० रुपैयाँमा मा कारोबार भएको सुनको मूल्य प्रतितोला आज ५०० रुपैयाँले घटेको हो...

प्याब्सन स्पोर्ट्स मिटः पूर्वाञ्चलले खोल्यो खाता, ज्याबलिङ थ्रोमा ल्यायो स्वर्ण पदक

विराटनगर । विराटनगरको सहिद मैदानमा जारी प्याब्सन स्पोर्ट्स मिटमा मोरङको सुन्दरहरैचना नगरपालिकामा रहेको पूर्वाञ्चल एकाडेमीले स्वर्ण पदक जितेको छ ।शुक्रबार भएको ज्याबलिङ थ्रो छात्रातर्फ भएको प्रतियोगितामा पूर्वाञ्चल एकाडेमी स्कुलकी कक्षा सातमा अध्ययरत सीतल मगरले स्वर्ण...

एमालेको उद्योग विभाग प्रमुख बने विराटनगरका मोती दुगड

विराटनगर, २ पुस । व्यवसायी मोतीलाल दुगड नेकपा एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागको प्रमुख बनेका छन् । एमाले केन्द्रीय कमिटी बैठकले उनलाई विभागको प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो । दुगड केपी शर्मा ओली...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्