२४ घण्टामा देशभर थपिए ३६० कोरोना संक्रमित

 न्यूज विराट
२४ घण्टामा देशभर थपिए ३६० कोरोना संक्रमित

काठमाडौं, २२ साउन-आज देशभर थप ३६० जना कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए । आज थपिएका सँगै देशभर २१ हजार ७५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज ६ हजार ३९६ जना सक्रिय संक्रमित छन् । प्रदेश १ मा ३५८, प्रदेश २ मा २ हजार ६९३, गण्डकी प्रदेशमा ८३५, बागमतीमा २८०, प्रदेश ५ मा ३७७, कर्णालीमा २६३ र सुदूरपश्चिममा १ हजार ४९० जना सक्रिय संक्रमित छन् । उनीहरूको देशभरका विभिन्न अस्पताल तथा आइसोलेसनमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टाकाे अवधिमा २३३ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । हालसम्म १५ हजार ३८९ जना कोरोना संक्रमण मुक्त भएर घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा ६ हजार ६२२ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । हालसम्म ४ लाख १९ हजार ५७५ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । आज देशभर ९ हजार ४७० जना व्यक्ति क्वारेन्टाइनमा रहेको मन्त्रालयको तथ्यांक छ ।

सम्बन्धित समाचार

बिहीबारबाट यी सवारी साधन चल्नेछन्, उच्चस्तरीय समितिका १२ निर्णय

उपभाेग्य तथा कृषि सामाग्रीकाे ढुवानी सहज बनाउनकाे लागि सरकारले ती सवारी साधन सुचारू गर्ने भएकाे छ ।बुधबार बसेकाे उच्चस्तरीय समन्वयन समितिकाे बैठकले यस्ताे निर्णय लिएकाे हाे । औषधि, खाद्यवस्तु, पानी, दूध, फलफूल, तरकारी, पशुपन्छी र...

आज १४ औँ लोकतन्त्र दिवस

काठमाडौं, ११ वैशाख-१९ दिने जनआन्दोलनको बलमा लोकतन्त्र स्थापना भएको दिनको सम्झनामा आज १४ औँ लोकतन्त्र दिवस मनाइँदै छ ।कोरोना भाइरसबाट बच्न जारी बन्दाबन्दीका कारण औपचारिक कार्यक्रम हुन नसके पनि २०६३ वैशाख ११ गते अर्थात् आजैका...

लक डाउनको विकल्प खोज्न व्यवसायीको माग

विराटनगर, बैशाख २२–विराटनगरका व्यवसायीहरुले ६ हप्तादेखि जारी बन्दा बन्दीको बिकल्प खोज्न सरकारसँग माग गरेका छन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) संक्रमणको जोखिम न्युनिकरणका लागि सरकारले गत चैत ११ गतेदेखि जारी गरेको बन्दा बन्दीका...

पहिचानको मुद्दामा एकजुट हुनुपर्नेमा जोड

विराटनगर । पहिचानको मुद्दामा आदीवासी जनजातिहरू एकजुट भएर लागि परिएमात्र अधिकार स्थापित हुने एक कार्यक्रममा सहभागिहरुले बताएका छन् ।नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद विराटनगरले ३९ औँ विश्व आदिवासी जनजाति दिवसको अवसरमा बुधबार आयोजना गरिएको...

प्रस्तावित रतुवामाई जेसीसले सुरु गर्यो ‘हरित नगरी’ अभियान

विराटनगर, साउन ९–सामाजिक क्षेत्रमा कृयाशिल रतुवामाई जेसिसले मोरङको रतुवामाई नगरपालिकामा ‘हरित नगरी’ अभियान सुरु गरेको छ । प्रस्तावित रतुवामाई जेसिसले ‘किप क्लिन एण्ड ग्रिन रतुवामाई’ भन्ने मुल नाराका साथ नगर क्षेत्रका किसानलाई बृक्षारोपणका लागि विभिन्न...

सरकारले सच्यायो सार्वजनिक बिदा, इदको बिदा भोलि

काठमाडौं, ११ जेठ-गृहमन्त्रालयले भोलि इदको सार्वजनिक विदा दिने भएको छ । मुस्लिम समुदायको महान पर्व इद उल–फित्रका अवसरमा दिइने सार्वजनिक बिदा सरकारले सच्याएको हो । यसअघि सरकारले ११ जेठमा इदको इदको बिदा दिने घोषणा गरेको...

विराटनगरमा चार राउण्ड हवाई फायर, पक्राउ परेका चार जना आन्दोलनकारी थुनामुक्त

विराटनगर । कोशी प्रदेशको नामकरण खारेजी गरिनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएको प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा सशस्त्र प्रहरीले चार राउण्ड हवाई फायर गरेको छ । स्थानीय प्रशासनले जारी गरेको निषेधित क्षेत्र तोडेर आन्दोलनकारी अगाडी बढेपछि...

भारत–चीनबीच सीमा क्षेत्रमा तनाव, सीमा क्षेत्रमा थप सैनिक परिचालन

एजेन्सी, जेठ ८-भारत र चीनबीच सीमा क्षेत्रमा तनाव चुलिएको छ । लद्दाखस्थित सीमा क्षेत्रमा तनाव बढेपछि सैनिकको संख्यामा वृद्धि गरिएको छ । भारत र चीनका सेनाबीच दुई साताअघि झडप भएपछि दुई देशको सीमा क्षेत्रमा विवाद...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्