उद्योग वाणिज्य महासंघको निर्वाचन मिति र मोडालिटी तय गर्न समिति गठन

 न्यूज विराट
उद्योग वाणिज्य महासंघको निर्वाचन मिति र मोडालिटी तय गर्न समिति गठन

काठमाडौं, २१ साउन-नेपाल उद्योग वाणिज्य महासंघले साधारणसभाको मिति तय गर्नका लागि समिति गठन गरेको छ । महासंघको कार्यकारिणी समितिको भर्चुअल बैठकले ५४ औं वार्षिक साधारणसभा र निर्वाचनको मिति र मोडालिटी तयार गरी सुझाव पेश गर्न ६ सदस्य रहेको समिति गठन गरेको छ । त्यस्तै, साउन २६ र २७ गतेका लागि तय भएको निर्वाचन सार्ने निर्णयलाई पनि अनुमोदन गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले जिल्ला तथा नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ र एशोसिएटको तर्फबाट २/२ जना कार्यसमिति सदस्य रहेको समिति बनाउने निर्णय भएको बताए । समितिले १५ दिनभित्र साधारणसभाको मिति र मोडालिटी तयार गरी महासंघको पदाधिकारी समितिमा पेश गर्ने छ । पदाधिकारी समिति उक्त सुझावलाई कार्यकारिणी समितिमा पेस गर्ने र सोहीअनुसार नै निर्णय हुने ढकालले बताए ।

मिति र मोडालिटी तयार गर्न गठित समितिले दिएको सुझावका आधारमा कार्यकारिणी समितिले सरकारसँग अनुमतिका लागि पत्राचार गर्नेसमेत ढकालले बताए । २०७६ चैत मसान्तभित्र सम्पन्न गर्नुपर्ने महासंघको वार्षिक साधारणसभा कोभिड १९ को महामारीका कारण अहिलेसम्म हुन सकेको छैन् । जसका कारण कार्यकारिणी समितिको निर्वाचन हुन नसक्दा महासंघले नयाँ नेतृत्व पाउन सकेको छैन् ।

सम्बन्धित समाचार

मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउन थप्ने सम्भावना

काठमाडौं, ४ जेठ-आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । लकडाउनबारे निर्णय गर्नका लागि बैठक साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । केही दिनयता लगातार संक्रमितको संख्या बढेसँगै आजको बैठकले लकडाउनको अवधि लम्बाइने...

कोशी अस्पतालको आइसोलेशनमा एक व्यक्तिको मृत्यु, कोरोना परीक्षण हुँदै

विराटनगर, साउन २–विराटनगरस्थित कोशी अस्पतालको आइसोलेशनमा कोरोनाको आशंका गरिएका एक व्यक्तिको बुधबार मृत्यु भएको छ । श्वासप्रश्वासको समस्या भएपछि मंगलबार राति १० बजे अस्पताल पुगेका विराटनगर ९ गुद्रीका ४५ वर्षीय पुरुषको बुधबार दिउँसो १ः३० बजे...

कोभिड- १९ व्यवस्थापनका लागि विश्व बैंकले १० करोड डलर दिने 

काठमाडौं, १० असार-विश्व बैंकले नेपालको ऊर्जा विकाससँगै कोभिड- १९ को सङ्कट व्यवस्थापनका लागि १० करोड डलर बराबरको आर्थिक सहायता दिने भएको छ । अर्थ मन्त्रालयमा आज विश्व बैंकसँग विकास नीति ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको...

परिस्थितिको बाध्यता अनुरुप चाडपर्व मनाउन स्वास्थ्यमन्त्रीको आग्रह

काठमाडौं,  ९ कात्तिक-स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नुपर्ने परिस्थितिको बाध्यताअनुरुप नै चाडपर्व मनाउन अपिल गरेका छन् ।  बडादसैंका अवसरमा शुभकामना दिँदै मन्त्री ढकालले कोरोना महामारीका कारण यस चाडलाई सीमितरुपमा मनाउनुपर्ने बाध्यकारी...

विराट नर्सिङ्ग होममा दुर्लभ शल्यक्रिया, खानाको नली नबनेको नवजात शिशुको सफल उपचार (भिडिओ)

विराटनगर । विराटनगरस्थित विराट नर्सिङ होममा नवजात शिशुको दुर्लभ शल्यक्रिया भएको छ । जन्मँदै खानाको नलि नबनेको एक दिनको नवजात शिशुकोे सफल शल्यक्रिया गरिएको हो । विराट नर्सिङ होम तथा विराट मेडिकल कलेजका बाल शल्य...

खेलकुद क्षेत्रको विकासमा जोड

विराटनगर । खेलकुद क्षेत्रको विकासमा राज्यले ध्यान दिनुपर्ने सरोकारवाहरुले बताएका छन् । नेपाल तेक्वान्दो संघ मोरङ शनिबार सम्पन्न भएको साधारणसभामा बोल्दै वक्ताहरुले यस्तो बताएका हुन् । नेपाली काँग्रेस कोशी प्रदेशका कोषाध्यक्ष राजेश गुप्ताले प्रयाप्त मात्रमा...

अब ३३ ठाउँबाट काेराेनाकाे पीसीआर परीक्षण हुने

काठमाडाैं, १३ असारस्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप १० ठाउँमा कोभिड–१९ को पीसीआर विधिबाट परीक्षणका लागि प्रयोगशाला स्थापना गर्ने भएको छ ।कोभिड–१९ को परीक्षणको दायरा बढाउनका लागि १० ठाउँमा प्रयोगशाला स्थापना गर्न लागिएकाे मन्त्रालयका इन्सिडेन्ट कमाण्ड...

हवाई भाडामा भारी छुट

काठमाडौं, २५ जेठ-हवाई इन्धनको मूल्य घटेपछि वायुसेवा सञ्चालकहरूको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले हवाईजहाजको भाडा घटाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई इन्धनको मूल्य समायोजनको निर्णय कार्यान्वयन गराउन सङ्घलाई आजै पत्राचार गरेपछि हवाई भाडादर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्