विराटनगर, साउन २–विराटनगरस्थित कोशी अस्पतालको आइसोलेशनमा कोरोनाको आशंका गरिएका एक व्यक्तिको बुधबार मृत्यु भएको छ । श्वासप्रश्वासको समस्या भएपछि मंगलबार राति १० बजे अस्पताल पुगेका विराटनगर ९ गुद्रीका ४५ वर्षीय पुरुषको बुधबार दिउँसो १ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. चुमनलाल दासका अनुसार श्वासप्रश्वासको समस्या लिएर आएका उनको आइसोलेशनमा उपचारको क्रममा मृत्यु भएको हो । कोरोना संक्रमण भएको आशंकामा उनको स्वाव संकलन गरी परीक्षणको लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पठाइएको मेसु डा. दासले जानकारी दिए ।