विराटनगरका बैंक तथा वित्तीय संस्थाको कारोबार बन्द

 न्यूज विराट
विराटनगरका बैंक तथा वित्तीय संस्थाको कारोबार बन्द

विराटनगर, साउन २१–समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको भन्दै विराटनगर महानगरपालिकाले सबै बैंक तथा वित्तीय संस्थाहरुलाई नियमित कारोबार बन्द गर्न आव्हान गरेपछि बुधबारदेखि सबै वित्तीय संस्थाहरुले आर्थिक कारोबार बन्द गर्न सहमत भएका छन् । महानगरपालिकाले बैंक काउन्टरबाट हुने सेवा बन्द गरी एटिएम प्रवद्र्धन गरी सेवा प्रवाह गर्न आग्रह गरेको थियो ।

सोही अनुसार बुधबार बैंक तथा वित्तीय संस्थाहरुले कारोबार बन्द गर्न सहमत भएको महानगरपालिकाले जनाएको छ । बैंक तथा वित्तीय संस्थाहरुले दुहबी, इटहरी, धरान, बुढीगंगा, विराटनगर तथा रंगेली आदि क्षेत्रमा लकडाउनको अवस्था रहेकोले काम गर्न असहज र जोखिम भएको भन्दै महानगरको प्रस्तावमा सहमत भएकोले आजबाट अर्को सूचना नभएसम्म उनीहरुले कारोवार नगर्ने बताइएको छ ।

बैंक तथा वित्तीय संस्था मात्र नभई सहकारी संस्थाहरुले पनि विराटनगरमा नियमित कारोबार बन्द गरेको जनाएको छ । विराटनगरमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुका ८५ वटा शाखा कार्यालयले सर्वसाधारण सेवाग्राहीलाई सेवा दिँदै आएका छन् ।

सम्बन्धित समाचार

गुणस्तरीय शिक्षामा अब्बल इस्टर्न कलेज अफ इन्जिनियरिङ

विराटनगर । प्रदेश नं. १ को मुटुमा अवस्थित विराटनगर – २ राधाकृष्ण मार्गमा रहेको इस्टर्न कलेज अफ इन्जिनियरिङ गुणस्तरीय शिक्षा प्रदानमा अब्बल सावित भएको छ । पूर्वाञ्चल विश्व विद्यालयबाट सम्बन्धन पाएर दुई दशकदेखि अनुभवी एवम्...

वीपीमा थप एक कोरोना संक्रमितको मृत्यु

विराटनगर, १३ भदौ–सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । सिरहाको भदैया घर भएका ८४ वर्षीय पुरुषको उपचारका क्रममा शुक्रबार राति ११ः२० बजे मृत्यु भएको हो ।...

बाबुराम–हिसिलालाई कोरोना

काठमाडौं, ८ कात्तिक-जनता समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पत्नी हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि भएको छ । कात्तिक ७ गते गरिएको स्वाबको परीक्षणमा आफूहरुलाई कोरोना पोजिटिभ देखिएको भट्टराईले जानकारी दिए ।...

बैंकर्स संघका अध्यक्ष दाहालप्रती पूर्वका उद्योगी व्यवसायी आक्रोशित

विराटनगर, बैशाख २१-नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालको भनाई उदृत गर्दै व्यवसायीले नाफा लुकाउने भएकाले व्याज छुट दिनु हुन्न भनेर विभिन्न संचारमाध्यमहरुमा आइरहेको समाचारप्रति मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले आपत्ति जनाएका छन ।...

कांग्रेस अधिवेशनका लागि तीन दिन विद्यालय बन्द गर्न मेयरको उर्दी

बैतडी, मंसिर १ । नेपाली कांग्रेस बैतडीको जिल्ला अधिवेशनका लागि भन्दै दशरथचन्द नगरपालिकाले तीन दिन विद्यालय बन्द निर्देशन दिएको छ । जिल्ला सदरमुकाम आसपासमा रहेका ४ विद्यालयलाई बुधबार पत्राचार गर्दै तीन दिनलाई विद्यालय बन्द गर्न नगरपालिकाले...

इटाली, फ्रान्स र र स्पेनमा मृत्यु हुनेको संख्यामा कमी

एजेन्सी, बैशाख २२-कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित इटली, स्पेन र फ्रान्समा पछिल्लो २४ घन्टामा मृत्युदरमा भारी मात्रामा कमी आएको छ । फ्रान्समा १३५, स्पेनमा १६४ इटलीमा १७४ जनाको पछिल्लो २४ घन्टामा मृत्यु भएको छ ।...

कोशी प्रदेशको बजेट सर्वसम्मतले पारित

विराटनगर । कोशी प्रदेशसभा बैठकबाट अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न प्रदेशसभामा छलफलमा रहेको विनियोजन विधेयक (बजेट) सर्वसम्मतिले पारित भएको छ । प्रदेशसभामा छलफलमा रहेको विनियोजन विधेयक बुधवार बसेको प्रदेशसभाको बैठकबाट सर्वसम्मत पारित भएको हो । २४...

एमाले विराटनगरको अधिवेशन, संस्थापनबाट उम्मेदवारी घोषणा

विराटनगर । विराटनगर महानगरमा नेकपा एमालेको दोस्रो अधिवेशन मंगलबार हुँदैछ । जसमा संस्थापन पक्षले उम्मेदवारहरूको घोषणा गरिसकेको छ। कोशी प्रदेश इन्चार्ज शेरधन राईद्वारा उद्घाटन हुने यस अधिवेशनका लागि हालका अध्यक्ष रोहित कोइरालाले आफ्नो समूहका उम्मेदवारहरूको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्