आज ३ प्रदेशमा भारी वर्षाको सम्भावना

 न्यूज विराट
आज ३ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, २० साउन-आज देशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागको मौसम सामान्यतया सफा रहेने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।विभागका अनुसार आज देशमा मनसुनी न्यून चापीय रेखा हाल नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेको छ । 

मंगलबार दिउँसो देशभर आंशिक बादली रहेता पनि अपरान्हपछि सामान्य बदली रही प्रदेश-१, प्रदेश-२ र बागमती प्रदेशको केही स्थानमा तथा बाँकी प्रदेशका थेरै स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै, राति देशभर सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली, प्रदेश-५ र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशको केही स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्का र मध्यम वर्षा हुनसक्ने महाशाखाको अनुमान छ । प्रदेश-१, प्रदेश-२ र बागमती प्रदेशका थोरै स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको विभागद्वारा जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख गरिउको छ ।

सम्बन्धित समाचार

कोरोना संक्रमणबाट प्रदेश १ मा थप ८ जनाको मृत्यु

विराटनगर, ३ जेठ । प्रदेश १ मा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । आइतबार रातिदेखि सोमबार विहानसम्म विराटनगरस्थित कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा एक, नोबेल शिक्षण अस्पतालमा पाँच र सुनसरीको धरानस्थित बीपी...

नेपालको नयाँ नक्सापछि कालापानी क्षेत्रमा भारतीय सुरक्षाकर्मी दोब्बर

दार्चुला, २० साउन-भारतले धार्चुलादेखि कालापानीसम्मको सीमाक्षेत्रमा सुरक्षाकर्मीको संख्या दोब्बरले बढाउँदै लगेको छ । तम्बाकुदेखि लिपुलेक हुँदै नाबिढाङको विभिन्न चौकीमा उसले हजारौँको संख्यामा सुरक्षाकर्मी बढाएको हो । अहिले धार्चुलादेखि लिपुलेकसम्मको सडकखण्डमा दैनिक सयौँको संख्यामा एसएसबी र...

मोरङमा मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु

मोरङको बेलबारी नगरपालिका-६ सोमबारे जरुवा टोल स्थित भित्री सडक खण्डमा मोटरसाईकल दुर्घटनाबाट  १ जनाको मृत्यु भएको छ । हिजो राती पौने ९ बजे पुर्बबाट पश्चिम तर्फ जादै गरेको को ११ प ९३१३ नम्बरको मोटरसाईकलले  ठक्कर...

समाजसेवी दीनबन्धु गोयललाई भव्य नागरिक अभिन्दन

विराटनगर । प्रतिष्ठित उद्योगी एवं समाजसेवी दीनबन्धु गोयललाई उत्कृष्ट नागरिक घोषणा गर्दै अभिनन्दन गरेको छ । वीरता जेसीज पूर्व अध्यक्ष क्लबले प्रत्येक वर्ष गर्दै आएको अभिनन्दन अन्तरगत २०७९ का लागि झापा भद्रपुर निवासी समाजसेवी गोयललाई...

संविधानविद् दाहाल र पत्रकार अधिकारी पुरस्कृत

विराटनगर । नेपाल पत्रकार महासंघको ६८ औं स्थापना दिवसको अवसरमा संविधानविद् काशीराज दाहाल र पत्रकार हरि अधिकारीलार्य पुरस्कृत गरिएको छ ।नेपाल पत्रकार महासंघ मोरङले स्थापना गरेको षष्टीका बस्नेत सूचनाको अधिकार पुरस्कारबाट संविधानविद् दाहाललाई र षष्टीका...

प्याब्सन लोकनृत्य प्रतियोगिताको फाइनलमा ३८ विद्यालय, गुरूकुलमा देखाउँदैछन् प्रतिभा (फोटो फिचर)

विराटनगर । जिल्ला स्तरीय प्याब्सन लोकनृत्य प्रतियोगिताको फाइनलमा मोरङका ३८ वटा विद्यालय पुगेका छन् । प्याब्सन मोरङले आयोजना गरेको प्रतियोगितामा जुनियरतर्फ २१ र सिनियरतर्फ १७ वटा विद्यालय फाइनलमा पुगेका हुन् । मोरङको १७ वटा स्थानीय...

सचिवालय भाँडिएपछि नेकपा स्थायी समिति अनिश्चित

काठमाडौं, २४ वैशाख-नेकपाभित्रको आन्तरिक विवाद मिलाएर स्थायी समिति बैठकका एजेण्डा तय गर्न बसेको नेकपा सचिवालय बैठकमा सहमति जुट्न नसकेपछि भोलि वस्ने भनिएको स्थायी समिति बैठक स्थायी समिति अनिश्चित बनेको छ । बैठक वीचमै छाडेर अध्यक्ष...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्