आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी जनकपुरधाममा १ सातासम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको हो ।
जनकपुरधाम उपमहानगरपालिकाका साथै उत्तरमा महेन्द्रनगरनजिकको औरही पुलसम्म निषेधाज्ञा जारी गरिनेछ । निषेधाज्ञाको समयमा अति आवश्यक कामबाहेक सबैलाई घरभित्र बस्न आग्रह गरिएको छ । स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम निषेधाज्ञा लगाउने निर्णय गरिएको हो । कोरोना संक्रमण बढेपछि यसअघि प्रदेश २ का वीरगञ्ज, राजविराज र जलेश्वरमा निषेधाज्ञा जारी गरिएको छ ।