१२ वर्ष मुनि र ६० वर्षमाथिकालाई घर बाहिर ननिस्कन सरकारको आग्रह

 न्यूज विराट
१२ वर्ष मुनि र ६० वर्षमाथिकालाई घर बाहिर ननिस्कन सरकारको आग्रह

काठमाडौं, १८ साउन-सरकारले कोरोना संक्रमित पत्ता लगाउनका लागि आरडीटी परीक्षण पूर्ण रुपमा रोक्ने भएको छ । १४ साउनको निर्णयअनुसार आरटीडी परीक्षण नगर्न सबै प्रदेश, स्थानीय तह र अस्पतालहरुलाई आग्रह गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए । 

यस्तै कोरोना संक्रमणका कारण विभिन्न अस्पतालमा आकस्मिक सेवा सहित अन्य सेवा प्रभावित भएको भन्दै उचित व्यवस्थापन गरी सेवा सञ्चालन गर्न समेत सरकारले आग्रह गरेको छ ।

सरकारले कोरोना महामारी फैलिएको पर्साको वीरगञ्जमा उच्चस्तरीय स्वास्थ्य टोली पठाएको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दीपेन्द्र रमण सिंहको नेतृत्वमा उच्चस्तरीय टोली प्रदेश २ को वीरगञ्ज पठाएर काम सुरु गरेको हो ।

प्रवक्ता प्रा.डा.गौतमले आवश्यकता परेमा अन्य ठाउँमा पनि उच्च स्तरीय टोली पठाइने जानकारी दिए ।  यसैगरी मन्त्रालयले काठमाडौं र काठमाडौंजस्तै घना बस्ती भएका स्थानमा १२ वर्षभन्दा मुनि र ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई घरबाहिन ननिस्कन आग्रह गरेको छ ।

सम्बन्धित समाचार

जनकपुर एयरपोर्टबाट ३ लाख रुपैयाँसहित १ भारतीय नागरिक पक्राउ

३ लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई जनकपुरधाम एयरपोर्टबाट प्रहरीले पक्राउ गरेको छ । श्री एयरलाइन्सबाट काठमाडौं जान लागेको यात्रुलाई चेक जाँच गर्ने क्रममा भारतको मुजफ्फपुर थाना काँटी ग्राम पञ्चायत काँटी वडा नं. ९ बस्ने २०...

मजदुर नेता राय मोरङको क्षेत्र नं. ६ मा उठ्ने

विराटनगर । आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा मजदुर नेता उपेन्द्र कुमार रायले मोरङको क्षेत्र नं. ६ को (क) मा उम्मेदवारी दिने भएका छन् । नेकपा माओवादी केन्द्रबाट रायले उम्मेदवारी दिने भएका हुन् । विद्यार्थी...

विद्युतीय माध्यमबाट पाँच लाखसम्म कर्जा

काठमाडौं, २८ माघ । बैंक तथा वित्तीय संस्थाहरूले अब ग्राहकलाई विद्युतीय माध्यमबाट कर्जा (ऋण) दिन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले शुक्रबार विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जा (डिजिटल लेण्डिङ) सम्बन्धी मार्गदर्शन जारी गर्दै सो...

विश्वभर कोरोना भाइरसको संक्रमणबाट ३ लाख १३ हजारको मृत्यु

काठमाडौं, जेठ ४–विश्वभर कोरोना भाइरस(कोभिड–१९) को संक्रमणका कारण ३ लाख १३ हजार बढीले ज्यान गुमाएका छन् । आइतबार नेपाली समय अनुसार साँझ सवा ६ बजेसम्म ३ लाख १३ हजार ७ सय ६७ जनाको मृत्यु भएको...

विराटनगरमा ७ सहित प्रदेश १ मा १४ जनामा कोरोना संक्रमण

विराटनगर, १७ पुस । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण भएको छ । १८८ जनाको पीसीआर परीक्षण गर्दा १२ र १०२ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा कोरोना संक्रमण भएको सामाजिक...

खुशियालीको लागि हरियाली

विराटनगर। पर्यावरण रक्षाका लागि वृक्षरोपण अन्तर्गत आज नेपाल तथा भारतका दुई स्थानमा विभिन्न जातका विरुवा रोपियो । एजुकेशन मेसेज मिडिया प्रालि, नेपाल भारत सामाजिक संस्कृतिक मञ्च , नेपाल भारत रेल यात्रु सहजीकरण समिति र जनकपुर...

लामो दूरीका सवारी साधन बन्द गरिने

सरकारले लामो दूरीका सवारी साधन बन्द गरेको छ । आगामी ९ गतेबाट लागू हुने गरी लामो दूरीका सवारी साधन बन्द गर्ने निर्णय लिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै ९ चैतबाट...

डा.महेन्द्र विष्टले दिए नेपाल टेलिभिजनको अध्यक्षबाट राजीनामा

काठमाडौं, २१ साउन । नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले पदबाट राजीनामा दिएका छन् । आफूलाई नियुक्त गर्ने केपी अ‍ोली नेतृत्वको सरकार अदालतका परमादेशबाट हटेपछि विष्टले राजीनामा दिएका हुन् । विष्टले सञ्चार मन्त्रालयमा राजीनामा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्