रामचन्द्र पाैडेल भन्छन्, ‘सरकार अटेरी भयाे’

 न्यूज विराट
रामचन्द्र पाैडेल भन्छन्, ‘सरकार अटेरी भयाे’

काठमाडाैं, १८ साउन-नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल ‘इनफ इज इनफ’ अभियानका अभियन्ताहरूलाई भेट्न बसन्तपुर पुगेका छन् । पौडेलसहित कांग्रेस नेताहरू अनसनरत ‘इनफ इज इनफ’ अभियानका अभियन्ताहरूलाई भेट्न बसन्तपुर पुगेका हुन्। क्वारेन्टाइन व्यवस्थापन गर्नुपर्ने, पीसीआर परीक्षणको दायरा बढाउनुपर्नेलगायतका माग राख्दै १६ दिनदेखि अनसनमा बसेका अभियन्ताहरूलाई भेटेर नेताहरूले स्वास्थ्यलाभको कामना गरेका छन् ।

नागरिकका अति आवश्यक मागहरू राखेर अनसनमा बसेका युवाका कुरा नसुन्नु सरकारको अटेरीपन भएको पौडेलले बताए । अनसनरत युवालाई यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतका नेताले पनि भेटेका छन् । सतप्रतिशत पीसीआर परीक्षण हुनुपर्ने, क्वारेन्टाइनको अवस्था सुधार गर्नुपर्नेलगायतका माग राख्दै आएका अभियन्ताहरूसँग सरकारले २३ असारमा लिखित सहमति गरेको थियो । सहमति कार्यान्वयन नभएपछि उनीहरू फेरि अनसनमा बसेका हुन् ।

सम्बन्धित समाचार

नेपालमा कोरोना संक्रमितको संख्या ३० पुग्यो, उदयपुरमा १२ र चितवनमा २ नयाँ संक्रमित

नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । शुक्रबार थप १४ जनामा पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार पुष्टि भएका  मध्ये उदयपुर जिल्लाका १२ जनामा संक्रमण देखिएको छ । सबै पुरुषहरू क्रमश ;...

नेपालमा थप २९७७ जनामा कोरोना पुष्टि, १८ जनाको मृत्यु

नेपालमा थप २ हजार ९ सय ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍....

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजे  मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । मन्त्रिपरिषद् बैठकको एजेण्डा भने मन्त्रीहरूलाई बताइएको छैन । बिहीबार बिहान एमालेको स्थायी कमिटी बैठक बसेको थियो...

काभ्रेपलाञ्चोकको ‘क्वारेन्टाइन’ खाली

काभ्रेपलाञ्चोक, ३ बैशाख-कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथामका लागि काभ्रेपलाञ्चोकमा स्थापना गरिएका सबै ‘क्वारेन्टाइन’ अहिले खाली अवस्थामा रहेका छन् । काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमा स्थापना गरिएको सबै क्वारेन्टाइन विगत एक हप्तादेखि खाली अवस्थामा रहेका हुन् ।...

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले लिएको एमडी र एमएसको प्रवेश परीक्षा रद्द

पोखरा, फागुन ११–पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गरेको स्नातकोत्तर प्रवेश तहको परीक्षा रद्द भएको छ । परीक्षा समितिले आइतबार सूचना निकालेर एमडी र एमएस (स्नातकोत्तर) तहको प्रवेश परीक्षा रद्द भएको जनाएको हो । शनिबार भएको...

सवारीका लागि टाइम कार्ड : कुन सवारी कति बेला ?

काठमाडाैं, २८ वैशाख-आइतबारदेखि काठमाडौं उपत्यकामा सवारी साधनका लागि ‘टाइम कार्ड’ लागू गरिएको छ । सरकारले अत्यावश्यक कामका लागि सवारी चल्न दिने निर्णय गरेसँगै आइतबारबाट सवारी साधनमा ‘टाइम कार्ड’ लागू गरिएको हो । सरकारी तथा वित्तीय...

समाजवादी मोर्चाको सोमबार विराटनगरमा सभा, प्रचण्डले सम्बोधन गर्ने

विराटनगर । समाजवादी मोर्चाले विराटनगरमा ‘सन्देश सभा’ गर्ने भएको छ । सोमबार विराटनगरस्थित मनास्लु होटमा सभा गर्ने भएको हो । समाजवादी मोर्चाले विराटनगरमा शनिबार पत्रकार सम्मेलन गरी मोर्चाले गर्ने सन्देश सभाको तयारी पुरा भएको जानकारी...

कञ्चनपुरका कोरोना संक्रमित पुरुषको तेस्रो रिर्पोट नेगेटिभ

सेती अस्पतालमा उपचारत कञ्चनपुरका कोरोना भाइरस संक्रमित पुरुषको रिर्पोट नेगेटिभ आएको छ ।कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ वर्षीय पुरुषको तेस्रो रिपोर्ट नेगेटिभ आएको हो। सेती प्रादेशिक अस्पतालका अनुसार उनको यसअघि गरिएको पहिलो र दोस्रो रिपोर्टमा कोरोना...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्