एक सातामा विदेशमा २८ नेपालीको मृत्यु

 न्यूज विराट
एक सातामा विदेशमा २८ नेपालीको मृत्यु

काठमाडौं, १८ साउन-विश्वभर महामारीका रुपमा फैलिएको कोभिड– १९ को सङ्क्रमणबाट बितेका ७ दिनमा विदेशमा २८ नेपालीको मृत्यु भएको छ । भारतमा २५, र साउदी अरेबियामा २ र दक्षिण अफ्रिकामा १ जनाले ज्यान गुमाएका हुन् ।  

यससँगै सङ्क्रमणका कारण विदेशमा १ सय ८९ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली सङ्घले  जनाएको छ । विश्वका ३८ देशमा रहेका नेपाली कोरोना भाइरसको शिकार भएको र सबैभन्दा बढी भारतको महाराष्ट्रमा रहेका नेपाली रहेको बताउँदै सङ्घले लण्डनबाट आज बिहान जारी गरेको प्रेस विज्ञप्तिमा लक्जम्बर्गमा पारिवारिक जमघटमा भेला भएका ३५ नेपाली एकैपटक सङ्क्रमित भएको उल्लेख गरिएको छ ।

यसैबीच सङ्घले हालसम्म कोभिड–१९का कारण विदेशमा अलपत्र ३७ हजार ४ सय २४ जनालाई सम्बन्धित देशस्थित नेपाली दूतावास र कूटनीतिक नियोगलगायत अन्य स्थानीय निकायसँगको समन्वयमा स्वदेश फर्काइएको बताएको छ । अलपत्र परेकालाई नेपाल फर्काउन ५४ उडानको व्यवस्था मिलाइएको पनि सङ्घले जनाएको छ । रासस

सम्बन्धित समाचार

कोरोना जितेर घर फर्किनेको संख्या १ हजार नाघ्यो, सोमबार ६७ जना डिस्चार्ज

काठमाडौं, १ असार-पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त भएर ६७ जना घर फर्किएका छन् । घर फर्किएका मध्ये ७ महिला र ६० पुरुष रहेको स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।...

प्रदेशमा हड्ताल गरे जरिवानासहित कैद गर्ने विधेयक पेस

जनकपुरधाम, १६ असार-नागरिकता विधेयकविरुद्ध आन्दोलन गरिरहेको जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको सरकारले प्रदेश २ मा हड्ताल गर्ने, गराउने र सहयोगीलाई जरिवानासहित कैद गर्ने विधेयक प्रदेशसभामा पेस गरेको छ । आवश्यक सेवा सञ्चालन गर्न बनेको विधेयकमा...

मन्दिर पुनः निमार्णको लागि विराटनगरमा महायज्ञ

विराटनगर । विराटनगर – १६ रानीको सलाइमिलभित्र एक हप्ताको महायज्ञ हुने भएको छ । श्री विराट भजन समूहको आयोजनामा फागुन ८ देखि १४ गतेसम्म महायज्ञ हुने भएको हो ।आयोजक समितिले विराटनगरमा शनिबार पत्रकार सम्मेलन गरि...

क्वारेन्टाइनमा जुम्ल्याहा शिशु जन्माएकी आमाको रिपोर्ट नेगेटिभ

दाङ, २९ वैशाख-दाङको तुलसी बाल अस्पतालको आइसोलेसन वार्डमा रहेकी सुत्केरी अनिता यादवको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ देखिएको छ । यादवको पीसीआर विधिबाट परीक्षण गर्दा रिपोर्ट नेगेटिभ देखिएको स्वास्थ्य कार्यालयका कोभिड–१९ फोकल पर्सन कमल चन्दले जानकारी...

टीका लगाउने र लगाइदिने कता फर्केर बस्ने ?

काठमाडौँ, २९ असोज-जियादशमीका दिन चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पूर्व फर्कनुपर्ने समितिले जनाएको छ । लगाइदिने मानिस पश्चिम फर्कँदा मकर राशिमा रहेका चन्द्रमा दाहिने हुन्छन् । चन्द्रमा दाहिने वा सम्मुख पारेर टीका लगाउनुपर्ने...

लालबाबु पण्डितले वितरण गरे विराटनगर–६ मा राहत सामाग्री

विराटनगर, बैशाख २७–पुर्व मन्त्री तथा मोरङ क्षेत्र नं. ६ संघिय सांसद लालबाबु पण्डितले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत विराटनगर महानगरपालिका वडा नं. ६ लाई राहत सामाग्री उपलब्ध गराएका छन् । सांसद पण्डितले विराटनगर वडा नं. ६...

उपत्यकासहित देशभर प्रदूषण ह्वात्तै घट्यो, अधिकांश भाग ‘ग्रिन जोन’मा

गत मंगलवारदेखि देश लकडाउनमा गएसँगै उपत्यकासहित देशभरको प्रदूषण मात्रा ह्वात्तै घटेको छ ।प्रदूषणको ‘रेड जोन’मा रहने काठमाडौं उपत्यका ‘ग्रिन जोन’मा पर्न थालेको छ । प्रदूषण मापन केन्द्रकाे तथ्यांकअनुसार दमक, धनकुटा, सिमरा र सुर्खेतबाहेक देशभर वायु...

प्रधानमन्त्री कप–२०८१ छनोट प्रतियोगितामा मोरङ र झापा विजयी

विराटनगर । कोशी प्रादेशिक क्रिकेट सँघ कोशी प्रदेशको आयोजनामा प्रधानमन्त्री कप–२०८१ छनोट प्रतियोगिताको मंगलबार भएको खेलमा मोरङ र झापा विजयी भएको छ । वैजनाथ क्रिकेट मैदानमा भएको खेलमा मोरङले इलामलाई १ सय ७६ रनको विशाल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्