आकस्मिक बाहेक सबै सेवा बन्द गर्न मेडिकल एसोसिएसनको आग्रह

 न्यूज विराट
आकस्मिक बाहेक सबै सेवा बन्द गर्न मेडिकल एसोसिएसनको आग्रह

विराटनगर, साउन १७–अस्पताल, स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण बढिरहेको भन्दै नेपाल मेडिकल एशोसिएसन कोशीले आकस्मिक बाहेक सबै सेवा बन्द गरी घरबाटै सेवा दिन आग्रह गरेको छ ।

एशोसिएसनका अध्यक्ष फरवार्ड सिलवालले शनिबार प्रेस विज्ञप्ति जारी गरी टेलिफोन तथा अन्य माध्यमबाट सेवा दिन चिकित्सकहरुलाई आग्रह गरेका हुन् । ‘हाल चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरुमा समेत संक्रमण देखिरहेको अवस्थामा सम्पूर्ण अस्पताल, नर्सिङ्ग होम, मेडिकल कलेज, आँखा अस्पताल, निजी क्लिनिकहरुमा समेत आकस्मिक सेवा बाहेकका अन्य सेवाहरु बन्द गरि घर बाटै टेलिफोन तथा अन्य प्रविधि मार्फत विरामीहरुलाई स्वास्थ्य परामर्श प्रदान गरिदिनु हुन अनुरोध गर्दछौ ।’ विज्ञप्तिमा भनिएको छ ।

अध्ययनहरुले संक्रमण भएको १४ दिनसम्म भाइरस आफैं निष्कृय हुँदै जाने देखाएकोले लकडाउन पूर्ण पालना गर्न र धैर्य भएर घरमै बस्नसमेत डा. सिलवालले आग्रह गरेका छन् ।

प्रदेश नम्बर १ का विभिन्न जिल्ला र राजधानी विराटनगरमा समेत संक्रमण तिब्र गतिमा फैलिरहेको र संक्रमणको स्रोतपनि पनि पहिचान नहुने अवस्थाले समुदायसम्म संक्रमण पुगिसकेको छ भन्ने पुष्टि भएकोले भयावह हुन नदिन लकडाउन कार्यान्वयनमा सहयोग गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित समाचार

मोरङको ग्रामथानमा तेली कल्याण समाज गठन, संयोजकमा प्रदिप साह

विराटनगर । मोरङको ग्रामथानमा तली कल्याण समाज नेपाल गठन भएको छ । ग्रामथानको नेताचौकमा सोमबार आयोजना गरेको भेटघाट तथा परिचयात्मक कार्यक्रममा तेली कल्याण समाज गठन गरेको हो । प्रदिप साहको संयोजकत्वमा १५ सदस्यीय तदर्थ समिति...

मृगौला पीडितको याचना

विराटनगर । मोरङको एक जना मृगौला पीडित विरामीले सहयोगको याचना गरेका छन् । ३५ वर्षीय रमेशकुमार सुतिहाले मृगौला बिग्रिएपछि उपचारको लागि सहयोगको याचना गरेका हुन् । दुई वर्षअघि विदेशबाट फर्किएका रमेशकुमार सिकिस्त बिरामी छन् ।...

वेरोजगारीले कोही भोकै पर्दैन, भोकले कोही मर्दैन : सरकार

काठमाडौं, २ जेठ-सरकारले बेरोजगारीले कोही भोकै नपर्ने र भोकले कोही नमर्ने गरी रोजगराीको सुनिश्‍चितता गर्ने प्रतिबद्धता जनाएको छ । शुक्रबार सङ्घीय संसद हलमा सङ्घीय संसद र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा...

भव्य भयो ग्रेडेड स्कुलको ३० औं वार्षिकोत्सव

विराटनगर । विराटनगरमा रहेको ग्रेडेड बोर्डिङ स्कुलले ३० औं वार्षिकोत्सव मनाएको छ । स्कुल परिसरमा शनिबार विभिन्न कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाएको हो ।वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमको प्रमुख अतिथि जिल्ला शिक्षा समन्वय समिति मोरङका...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ७७ जनामा कोरोना पुष्टि, ८६ जना डिस्चार्ज

विराटनगर, २६ मंसिर–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २८, झापामा २२, सुनसरीमा १४, संखुवासभामा तीन, धनकुटामा दुई, खोटाङ, इलाम र ओखलढुङ्गामा एक÷एक र प्रदेश १ बाहिरका पाँच...

लकडाउन भएमा राजस्व पूरा गर्न कठिन:अर्थमन्त्री

काठमाडौं, १५ कात्तिक-अर्थमन्त्री विष्णु पौडेलले कोरोना महामारीको कारण पुन: लकडाउन लगाइएमा राजस्वको लक्ष्य पूरा गर्न कठिन रहेको बताएका छन् । गत आर्थिक वर्षमा ७ खर्ब ९३ अर्ब मात्रै राजस्व उठेकोमा चालू वर्ष विभाज्य कोषसहित १०...

रोटरी क्लब अफ विराटनगर डाउनडाउनद्वारा निःशुल्क आँखा शिविर, १२० जनाले गराए परिक्षण

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले निःशुल्क आँखा शिविर आयोजना गरेको छ । विराटनगर वन कार्यालय नजिकै रहेको मानव सेवा आश्रममा क्लबले निःशुल्क आँखा शिविर आयोजना गरेको हो । रामलाल गोल्छा आँखा अस्पतालको सहकार्यमा...

विराटनगरको श्री हस्पिटलमा ठगी धन्दा, एम्बुलेन्सलाई कमिसन दिएर बिरामी कब्जा !

विराटनगर । विराटनगरको हस्पिटल चोकमा रहेको श्री हस्पिटलले विरामी ल्याउन एम्बुलेन्स चालकहरुलाई मोटो रकम कमिसन दिने गरेको पाइएको छ ।विरामी लगेवापत चालकलाई मटो रकम दिने भएकोले एम्बुलेन्स चालकले विरामीलाई श्री हस्पिटल पुर्याएने गरेको पाइएको हो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्