पछिल्लो २४ घण्टामा प्रदेश १ मा ७७ जनामा कोरोना पुष्टि, ८६ जना डिस्चार्ज - News Birat

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ७७ जनामा कोरोना पुष्टि, ८६ जना डिस्चार्ज

न्यूज विराट

विराटनगर, २६ मंसिर–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २८, झापामा २२, सुनसरीमा १४, संखुवासभामा तीन, धनकुटामा दुई, खोटाङ, इलाम र ओखलढुङ्गामा एक÷एक र प्रदेश १ बाहिरका पाँच जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा १५, रतुवामाईमा पाँच, कानेपोखरीमा दुई, रंगेली, कटहरी, बेलबारी, सुन्दरहरैचा, ग्रामथान र पथरीशनिश्चरेमा एक÷एक, झापाको मेचीनगर र विर्तामोडमा पाँच÷पाँच, गौरादहमा चार, अर्जुनधारा, शिवसताक्षी र दमकमा दुई÷दुई, बुद्धशान्ति र भद्रपुरमा एक÷एक, सुनसरीको इटहरीमा ७, धरानमा छ, इनरुवामा एक, संखुवासभाको खाँदबारीमा दुई, धर्मदेवीमा एक, धनकुटामा दुई, खोटाङको दिप्रुङ चुईचुम्मामा एक, इलाममा एक र ओखलढुङ्गाको चिशंखुगढीमा एक र प्रदेश १ बाहिरका पाँच जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ मा कारोना संक्रमितको संख्या २८ हजार सात सय ५४ पुगेको छ ।

प्रदेश १ मा शुक्रबार ८६ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ८१ र विराट मेडिकल कलेजबाट पाँच जना डिस्चार्ज भएका हुन् । योसँगै प्रदेश १ मा हालसम्म डिस्चार्ज हुनेका संख्या २३ हजार पाँच सय ३७ पुगेको छ ।

प्रदेश १ मा शुक्रबार पाँच सय ५७ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये महिला २६ र ५१ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । प्रदेश १ मा हालसम्म हालसम्म १ लाख ९९ हजार सात सय १६ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles