इलाममा थप १७ सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि

 न्यूज विराट
इलाममा थप १७ सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि

इलाम, १७ साउन-इलाममा सशस्त्र प्रहरीका १७ जनामा  कोरोना संक्रमण पुष्टि भएको छ । ४० सशस्त्र प्रहरीको स्वाब संकलन गरी पठाइएकामध्ये झण्डै आधामा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य कार्यालय इलामका प्रमुख वृजकुमार दासका अनुसार यही साउन १३ गते उनीहरूको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो ।

यसअघि १० सशस्त्र प्रहरीमा नै कोरोना संक्रमण पुष्टि भइसकेको छ । हालसम्मका सशस्त्र प्रहरीका २७ जनामा संक्रमण पुष्टि भइसकेको छ । इलाम नगरपालिकाका ८९ जनाको स्वाब संकलन गरेर पठाइएको छ । जिल्लाभरिमा १६० को रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयका कोरोना फोकल व्यक्ति विमल बरालले बताए ।

बाँकी सशस्त्र प्रहरीको स्वाब संकलनको तयारी भइरहेको बताइएको छ । आज पोजेटिभ देखिएका सबैलाई थप उपचारका लागि मोरङस्थित गोठगाउँमा लैजाने तयारी भइरहेको छ । यसअघि संक्रमण फेला परेकाहरूको सोही अस्पतालमा उपचार भइरहेको छ । योसँगै इलाममा कोरोना पुष्टि हुनेको संख्या ५७ पुगेको छ । – रासस

सम्बन्धित समाचार

एनबीएससीसँग नेपाल पुलिस स्तब्ध, फाइनलमा आर्मी र एनबीएससी भिड्दै

विराटनगर । प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा घरेलु टिम एनबीएससी फाइनलमा पुगेको छ । विभागीय टिम नेपाल पुलिसलाई ४ रनले स्तब्ध पार्दै एनबीएससी फाइनलमा पुगेको हो । एनबीएससीले लगातार तेस्रो जित निकाल्दै...

कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघ्यो, २४ घण्टाभित्र ३ को मृत्यु

काठमाडौं, ३१ साउन-नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या १ सय नाघेको छ । शनिबार थप ३ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएसँगै मृतकको संख्या १ सय नाघेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

कोरोना रोकथाममा भुटान सफल

एजेन्सी, साउन २६-भारत कोरोना भाइरस (कोभिड–१९) को महामारीले हायलकायल बनेको छ । भारतमा २२ लाख संक्रमित छन् । अहिलेसम्म ४४ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । नेपालमा पनि कोरोना संक्रमणको मामिला बढ्दो छ ।...

प्रसिद्ध आरोही ‘हिउँ चितुवा’ आङरिता शेर्पाको निधन

काठमाडौं,  ५ असोज-प्रसिद्ध हिमाल आरोही आङरिता शेर्पाको निधन भएको छ। ‘हिउँ चितुवा’ उपनामले चर्चित आङरिता शेर्पाको ७२ वर्षको उमेरमा सोमबार बिहान १० बजे जोरपाटीस्थित निवासमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ। सोलुखुम्बुको थामेमा जन्मिएका शेर्पाले...

ज्येष्ठ नागरिकलाई राहतस्वरुप मासिक १० हजार दिइने

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले देशभरका पुनःस्थापना केन्द्र, वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकलाई राहतस्वरुप ३ महिनाका लागि मासिक १० हजार रुपैयाँ दिने तयारी गरेको छ । विश्वभरि नै महामारीको रूपमा फैलिएको कोरोना भाइरसको सम्भावित संक्रमणबाट...

नेपाल फर्मास्युटिकल्स एशोसिएशन कोशी प्रदेशको निर्वाचन : शम्भु साह समूहले सार्वजनिक गर्‍यो १३ बुद्धे प्रतिवद्धता

विराटनगर । असार ९ गते हुने नेपाल फर्मास्युटिकल्स एशोसिएशन (एनपीए) कोशी प्रदेशको निर्वाचनमा उठेको शम्भु साह नेतृत्वको समूहले आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । साह नेतृत्वको समूहले १३ बुँदे प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो...

दुर्घटना रोक्न सचेतना मुलक प्लेकार्ड बोकेर ट्राफिक प्रहरी सडकमा

विराटनगर । सवारी दुर्घटना न्यूनिकरण गर्नुको साथै सडक अनुशासनको पालना गराउने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले सचेतना मुलक अभियानको थलानी गरेको छ । सचेतना मुलक सन्देश लेखेको प्लेकार्ड बोकेर ट्राफिक प्रहरी सडकमा उभिएर बिहीबारदेखि...

बसले विद्यार्थीलाई ठक्कर दिएपछि चाबहिल तनावग्रस्त

काठमाडौं, पुस ७–विद्यार्थीलाई ठक्कर दिएपछि काठमाडौंको चाबहिल क्षेत्र सोमबार बिहान तनावग्रस्त बनेको छ । चाबहिलस्थित पशुपति क्याम्पसमा अध्ययनरत विद्यार्थी सृष्टि पन्तलाई ठक्कर दिएर गम्भीर घाइते बनाएपछि विद्यार्थीहरुले गाडीमा आगजनी गर्नुका साथै सडक अवरुद्ध पारेका थिए...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्