प्रहरी प्रधान कार्यालयका थप १८ प्रहरीमा काेराेना संक्रमण पुष्टि

 न्यूज विराट
प्रहरी प्रधान कार्यालयका थप १८ प्रहरीमा काेराेना संक्रमण पुष्टि

काठमाडौं, साउन १६-प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप १८ जना प्रहरीमा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ । महाराजगञ्जस्थित नेपाल प्रहरीको अस्पतालमा भएको परीक्षणमा थप १८ जनाकाे रिपाेर्ट पाेजेटिभ आएको हो ।

याेसँगै प्रहरी हेड्क्वार्टरमा मात्रै काेराेना संक्रमितकाे संख्या ७२ पुगेकाे प्रहरी प्रवक्ता एसएसपी कुवेर कठायतले जानकारी दिए । उनका अनुसार संक्रमित सबैलाई अस्पताल भर्ना गरेर उपचार थालिएको छ । संक्रमितहरूकाे सम्पर्कमा आएकाहरूकाे पनि कन्ट्याक्ट ट्रेसिङ र स्वाब परीक्षण कार्य भइरहेकाे छ ।

आज १८ जना संक्रमति थपिएसँगै देशभर काेराेना संक्रमित प्रहरीकाे संख्या २ सय ५० पुगेको छ । संक्रमितमध्ये केही उपचारपछि निकाे भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबारसम्म दिएकाे जानकारी अनुसार नेपालमा काेराेना संक्रमितकाे संख्या १९ हजार ५४७ छ । संक्रमितमध्ये १४ हजार २४८ जना निकाे भइसकेका छन् । हालसम्म ५२ जना संक्रमितकाे मृत्यु भएकाे छ ।

सम्बन्धित समाचार

बाँकेमा क्वारेन्टाइनमै युवकको मृत्यु

बाँके, ४ जेठ-बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टाइनमा बसेका १ युवकको ज्यान गएको छ । ३० वैशाखमा भारतको मुम्बईबाट आएर क्वारेन्टाइनमा बसेका २५ वर्षीय युवकको आज बिहान एक्कासी स्वास्थ्य अवस्था असामान्य भएपछि क्वारेन्टाइनमै ज्यान गएको हो ।...

नेपाली आकाश आज पूर्ण खाली

सोमबार दिनभर नेपाली आकाशमा एउटा पनि उडान नहुने भएका छन् । आन्तरिक तथा बाह्‍य कुनै पनि उडानले सोमबार बिहानसम्म अनुमति नपाएको नागरिक उड्यन प्राधिकरणले जनाएको छ । यसअघि पर्यटक उद्दारका लागि आन्तरिक उडान बढाइए पनि...

अन्तर्राष्ट्रिय महिला दिवसमा न्यूरो अस्पतालमा स्वास्थ्य उपचारमा छुट

विराटनगर । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर विराटनगरस्थित न्यूरो हस्पिटलले एक महिनासम्म छुट योजना ल्याएको छ । हस्पिटलले फागुन १७ देखि चैत १७ गतेसम्म स्वास्थ्य उपचार सेवामा छुट योजना ल्याएको हो । हस्पिटलले मंगलबार पत्रकार...

सुशान्तको कथामा ‘सुसाइड और मर्डर’ बन्ने

एजेन्सी, असार ९-अभिनेता सुशान्त सिंह राजपूतको आत्माहत्यापछि बलिउड निकै विवादित बनेको छ । सुशान्तको आत्माहत्याको कारण बलिउडकर्मी नै भएको भन्दै ८ जनाविरुद्ध फौजदारी मुद्दा दर्ता भइसकेको छ । बलिउडमा बढ्दो नेपोटिजम, ग्रूपीजम जस्ता कुराबाट सुशान्त...

विराटनगरको सेन्ट्रल मलमा ‘जुम्बा’ संचालनमा

विराटनगर । विराटनगरस्थित सेन्ट्रल मलको पहिलो तलामा जुम्बा डान्स संचालनमा आएको छ । मंगलबार एक कार्यक्रम आयोजना गरी जुम्बा संचालनमा ल्याएको हो । दक्ष प्रशिक्षकबाट सिकाइने जुम्मा डान्स सेन्ट्रल मलमा संचालनमा ल्याएको सेन्ट्रल मलका प्रबन्धक...

लकडाउनमा ३३ अन्तर्राष्ट्रिय उडान, घर फर्किए साढे ४ हजार विदेशी

काठमाडौं, १३ वैशाख-देशभर लकडाउन गरिएको तथा अन्तर्राष्ट्रिय हवाई उडानसमेत प्रतिबन्ध गरिएको अवस्थामा मुलुकको १ मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिकजसो अन्तर्राष्ट्रिय उडान भएका छन् । विश्वलाई सम्पर्क सञ्जालका रूपमा जोड्ने अन्तर्राष्ट्रिय विमानस्थलबाट लकडाउनको अवधिमा ३३ अन्तर्राष्ट्रिय...

कोरोना राहत कोषमा कुन्दनले सहयोग गरे विवाह खर्चवापतको रकम

काठमाडौं, १५ वैशाख-नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले आफ्नो विवाह खर्चबापतको रकम ‘कोभिड-१९ प्रधानमन्त्री राहत कोष’मा जम्मा गरेका छन् । सोमबार स्वास्थ्य मन्त्रालय पुगेर पूर्वमहामन्त्री काफ्लेले आफ्नो विवाह खर्च कटाएर ‘कोभिड- १९ प्रधानमन्त्री राहत कोष’मा...

विराटनगरको मेरील्याण्ड कलेज देशभरीको उत्कृष्ट ८ मा पर्न सफल

विराटनगर । व्यवस्थापन शिक्षाका लागि नम्बर एक कलेजको सूचीमा पर्दै आएको विराटनगरस्थित मेरील्याण्ड कलेज देशभरीको उत्कृष्ट २० कलेज भित्र पर्न सफल भएको छ । केन्द्रविन्दु अनलाइनले देशभरीको प्लस टुको नतिजा, शैक्षिक गुणस्तर, व्यवस्थापन, उत्कृष्ट फ्याकल्टी,...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्