सुनवर्षीका एक संक्रमितको मृत्यु भएको गाउँ शिल

 न्यूज विराट
सुनवर्षीका एक संक्रमितको मृत्यु भएको गाउँ शिल

विराटनगर, साउन १५–कोरोना संक्रमित भएका व्यक्तिको मृत्यु भएपछि मोरङको सुनबर्षी नगरपालिकाले ८ नम्बर वडा तीन दिनका लागि शिल गरेको छ । वडाबासी ४५ बर्षिय संक्रमित व्यक्तिको उपचारका क्रममा धरानको बुधबार साँझ विपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा मृत्यु भएको थियो ।

संक्रमितको मृत्युपछि सर्तकताका लागि सुनबर्षी नगरपालिकाले शनिबारसम्मका लागि ८ नम्बर वडा शिल गरेको हो । तीन दिनसम्म वडाबाट कसैलाई बाहिर जान र वडामा आउन नदिने गरि ८ नम्बर वडा शिल गरिएको सुनबर्षी नगरपालिका प्रमुख कालिप्रसाद दासले जानकारी दिए ।
उनका अजुसार तीन दिनसम्म संक्रमित व्यक्तिको परिवार र उनीहरुसँग सम्पर्कमा आएका व्यक्त्तिहरुको विवरण विश्लेषण गरेर आवश्यता अनुसार पिसीआरका लागि स्वाब संकलन गरिनेछ ।

मृतकका आफन्तसहित उनलाई अस्पतालसम्म पु¥याउन खटिएका १० जनालाई अलग्गै क्वारेन्टाइनमा राखेर कन्ट्याक ट्रेसिङ गर्ने तयारी भइरहेको छ । ती पुरुषमा कोरोना पोजिटिभ देखापरेपछि उनको बस्ती वरपरका ४८ जनाको पीसीआर परीक्षण गरिएको र उनीहरुको रिपोर्ट आइनसकेको नगरपालिकाले जनाएको छ ।

सुनबर्षी नपाको ८ नम्बर वडामा १३ सय ७३ घरपरिवारमा ६ हजार ९ सय १२ जनाको बसोवास छ । यसैबिच मृतककी पत्नीलाई पनि कोरोना संक्रमण देखिएको छ । कोराना परिक्षण गरेपछि पोजेटिभ देखिएपछि उनलाई उपचारका लागि मोरङको सुन्दरहरैचा स्थित पुर्वाञ्चल विश्वविद्यालयको उपचार केन्द्रमा भर्ना गरिएको कोशी अस्पताल विराटनगरका मेसु डा. चुमनलाल दाशले जानकारी दिए ।

सम्बन्धित समाचार

झलनाथ खनालको स्वास्थ्यमा सुधार

काठमाडौं, ४ असार । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा सुधार आएको छ । भारतको दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत खनालको स्वास्थ्यमा सुधार आएको उनको सचिवालयले जनाएको छ । मिर्गौलामा समस्या भएपछि नेता खनाललाई बुधबार...

सप्तरीबाट ९ जनाको स्वाब परीक्षणका लागि धरान पठाइयो

सप्तरीमा कोरोना भाइरस (कोभिड–१९) को आशंका गरिएका ९ जनाको स्वाब टेष्टका लागि बिहिवार सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । भारतको विभिन्न ठाँउबाट जमातमा सहभागी भएर घर फर्किएका राजविराज नगरपालिकाका ८ जना...

एसईईको नतिजा अर्को साता

काठमाडौं, २२ साउन-माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा १ सातापछि मात्र हुने भएको छ । २० साउनभित्र सार्वजनिक गर्ने तयारी गरेपनि रुजु गर्ने काम नसकिएकाले ढिलाइ भएको हो । कोरोना भाइरसका कारण परीक्षा नभएपछि विद्यालयले...

कानुन र संविधान मिच्ने छुट कसैलाई छैन : गृहमन्त्री

विराटनगर । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कोशी प्रदेशको नामकरणको विपक्षमा आन्दोलन गर्ने स्वतन्त्रता भए पनि कानुन र संविधान मिच्ने छुट नभएको बताएका छन् । सोमबार गृह मन्त्रालयले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले आन्दोलनको नाममा...

संक्रमणमुक्त हुनेको संख्या ३० हजार नाघ्यो

काठमाडौं, २२ भदौ-नेपालमा कोरोना भाइरस संक्रमणमुक्त भएर घर फर्किनेको संख्या बढ्दै गएको छ । आज थप १ हजार ७ सय ३६ जना संक्रमित डिस्चार्ज भएका घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त भएर फर्किनेको...

भारतमा एकैदिन थपिए ६७ हजार कोरोना संक्रमित 

एजेन्सी, साउन २९-भारतमा गत २४ घण्टामा झण्डै ६७ हजार कोरोना संक्रमित थपिएका छन् । भारतीय सरकारी अधिकारीले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ६६ हजार ९ सय ९९ जना नयाँ सङ्क्रमित भेटिएका हुन् । केन्द्रीय...

कोरोनाको खोप उपलब्ध गराउन स्रोतको अभाव हुँदैन : अर्थमन्त्री पाैडेल

काठमाडौं, ३ पुष-अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप आयात गरी जनतालाई उपलब्ध गराउन स्रोतको अभाव नहुने बताएका छन् । विश्व बजारमा विभिन्न कम्पनीले उत्पादन गरेको खोप सहजरूपमा उपलब्ध हुने क्रममा रहेको उल्लेख गर्दै...

‘हाफ म्याराथन’ प्रतियोगितामा रावल र विष्ट प्रथम

विराटनगर । ‘विराट–बर्जु हाफ म्याराथन’ प्रतियोगितामा नेपाली सेनाका नरेन्द्र सिंह रावल प्रथम बनेका छन् ।म्याराथन धावक सिंहले निर्धारित मोरङ विराटनगरको विराट राजाको दरबारस्थल भेडियारीबाट सुनसरीको बर्जु तालसम्मको २३ किलोमिटर दूरी १ घण्टा १७ मिनेट २८...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्