बैठक माग गर्दै नेकपाका १५२ केन्द्रीय सदस्यले बुझाए हस्ताक्षर

 न्यूज विराट
बैठक माग गर्दै नेकपाका १५२ केन्द्रीय सदस्यले बुझाए हस्ताक्षर

काठमाडौं, १४ साउन-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का १ सय ५२ जना केन्द्रीय सदस्यहरूले केन्द्रीय कमिटी बैठकको माग गर्दै हस्ताक्षर बुझाएका छन् । स्थायी कमिटीले पार्टीभित्र देखा परेको समस्याको समाधान दिन नसकेको भन्दै सदस्यहरूले केन्द्रीय कमिटी बैठकको माग गरेका हुन् । 

उनीहरूले बुधबार पार्टी कार्यालय पुगेर हस्ताक्षरसहितको पत्र बुझाएका छन् । केन्द्रीय कमिटी बैठकको माग गर्दै सदस्यहरुले पार्टी कार्यालय धुम्बाराही पुगेर हस्ताक्षरसहितको पत्र बुझाएको केन्द्रीय कमिटी सदस्य डा. विजयकुमार पौडेलले बताए ।

पार्टी अध्यक्षद्वयलाई सम्बोधन गर्दै लेखिएको पत्रमा पार्टीभित्रको विवादले आफूहरूलाई चिन्तित बनाएको र विवाद र समस्याहरूको समाधान पार्टीको बैठकमा गहन छलफल गरी विधि र पद्धतिबमोजिम समाधान गर्नुपर्ने ठहर गरेको उल्लेख छ ।

उनीहरूले पार्टीको विधानको धारा ५९ (क) ४ बमोजिम केन्द्रीय कमिटीको बैठक बोलाउन माग गरेका हुन् । पार्टीको सबैभन्दा सर्वोच्च निकाय केन्द्रीय कमिटी भएकाले यहीँ नै हरेक विवादहरू हल गर्नुपर्ने भन्दै बैठकको माग गरिएको केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले बताए ।

केन्द्रीय कमिटी सदस्य ठाकुर गैरेले पार्टीभित्र बढ्दै गएको विषयले आफूहरूलाई चिन्तित बनाएको बताए । उनले पार्टी विभाजन आजको आवश्यकता, औचित्य र सान्दर्भिकता नभएकाले पार्टीभित्र उत्पन्न भएका समस्यालाई पार्टीभित्रै बसेर समाधान गर्न बैठकको माग गरिएको बताए ।

नेकपाको केन्द्रीय कमिटी ४ सय ४४ जनाको छ । केन्द्रीय कमिटीको एक चौथाइ सदस्यले बैठक माग गरेपछि ३० दिनभित्र बैठक बोलाउनुपर्ने व्यवस्था पार्टीको विधानमा छ ।

सम्बन्धित समाचार

भारत लैजान लागेको ६ जना बालकको उद्धार

विराटनगर । भारत लैजान लागेको ६ जना बालकको सीमा क्षेत्रबाट उद्धार गरिएको छ । भारतको लखनाउमा खेतबारीमा काम लगाउने भन्दै बालश्रमिकको रुपमा लैजान लागेको अवस्थामा सुनसरीको इटहरी घर भएका ६ जना बालकहरुलाई साना हात नामक...

मोरङ कारागारका फेरी अर्का एक बन्दीको मृत्यु

विराटनगर, १३ भदौ-मोरङ कारागारमा शनिबार एक बन्दीको मृत्यु भएको छ । मृत्यु हुनेमा शुन्दरहरैँचा नगरपालिका–४ का २६ वर्षिय फुर्वासिंह तामाङ रहेका छन् । उनी गत फागुन महिनामा पुर्पक्षका लागि कारागारमा थुनामा रहेका थिए । स्वास्थ्यमा...

प्राविधिक र व्यावसायिक शिक्षालाई प्राथमिकता दिनुपर्नेमा जोड

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विद्यालय तहदेखि नै प्राविधिक र व्यावसायिक शिक्षालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । विराटनगर–१७ स्थित मदरसा अशरफिया इजरुल उलूम आधारभूत विद्यालयको १६ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मेयर...

संविधानको रक्षा गर्दै अगाडि बढ्नुपर्छ : पूर्वप्रधानमन्त्री खनाल

 काठमाडौं, ३ असोज-पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादउन्मुख संविधानको रक्षा गर्दै अगाडि बढ्न सबैलाई आह्वान गरेका छन् । संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले अथक संघर्षबाट प्राप्त लोकतान्त्रिक, समावेशी र समाजवादउन्मुख संविधानको रक्षा गर्दै अगाडि...

सुदुरपश्चिमको पहिलो जित, दिल्लीको लगातार तेस्रो हार

विराटनगर । सुदुरपश्चिमको एनबी ग्रुप धनगढीले प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । दिल्ली युनाईटेडमाथि सुदरपश्चिमले तीन रनको रोमान्चक जित हात पारेको हो । लगातार तीन खेलमा सुदुरपश्चिमले पहिलो...

प्रदेश स्तरीय कबड्डी सुरु , सोलुखुम्बु र उदयपुरले समान अंक बाढ्यो

विराटनगर । मोरङको बुढीगंगास्थित टंकीसिनवारीमा प्रदेश स्तरीय कबड्डी लिग कम नकआउट प्रतियोगिता सुरु भएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा उक्त प्रतियोगिता सुरु भएको हो । कबड्डी प्रतियोगिताको उद्घाटन गर्दै कोशी खेलकुद विकास...

लकडाउन उल्लंघन गर्ने ७३६ मानिस र २३ सय सवारी साधन कारबाहीमा

विराटनगर, ८ बैशाख-लकडाउनको हालसम्मको अवधिमा मोरङमा ७ सय ३६ मानिस र २ हजार बढी सवारीसाधन कारबाहीमा परेका छन् । लकडाउन उल्लंघन गर्दै अटेर गरी सडकमा निस्कने व्यक्ति र सवारीसाधन कारबाहीमा परेका हुन् । कोराना महामारीबाट...

जनकपुरमा रूघाखोकीको बिरामी देख्नेबित्तिकै डाक्टर डराउन थाले

जनकपुरमा रूघाखोकीको बिरामी हेर्नेबित्तिकै चिकित्सकहरू उपचार गर्न डराउन थालेका छन् । अस्पतालमा भर्नासम्म गरिएको छैन । यही डरका कारण धनुषाधामको मुलाबारीकी ४५ वर्षीया मरनीदेवी सदालाई प्रादेशिक अस्पतालसम्मले भर्ना गरेनन् । सदा शुक्रबार बिहान सिकिस्त बिरामी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्