सूचना नदिने २४ जना कार्यालय प्रमुखलाई कारबाही

 न्यूज विराट
सूचना नदिने २४ जना कार्यालय प्रमुखलाई कारबाही

काठमाडौं, १३ साउन-राष्ट्रिय सूचना आयोगले पछिल्लो १४ वर्षमा सूचना नदिने २४ जना कार्यालय प्रमुखलाई कारबाही गरेको छ । प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिको मंगलबारको बैठकमा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले १४ वर्षको अवधिमा सूचना नदिने २४ वटा सार्वजनिक कार्यालयका प्रमुखहरुलाई कारबाही गरिएको बताउनुभएको हो ।

यो अवधिमा आयोगमा ५ हजार ५ सय ३ वटा उजुरी आएको र त्यसमध्ये ५ हजार २७९ उजुरी सम्बन्धमा समस्या समाधान गरिएको उनले बताए । त्यस्तै, यो अवधिमा आयोगले ६ हजार ४६९ वटा सार्वजनिक निकायलाई सूचना दिन आदेश दिइएको समेत उनले बताए ।

अहिलेसम्म २९ वटा सार्वजनिक निकायले सूचना अधिकारी नतोकेको उनले बताए । सबै सार्वजनिक निकायले ३/३ महिनामा आफ्नो क्रियाकलाप स्वतः प्रकाशन गर्नुपर्ने तर १ सय २० निकायको अध्ययन गर्दा ३० वटाले प्रकाशन गरेको र ९० वटाले प्रकाशन नगरेको पाइएको बताए । उनले स्वतः प्रकाशन नगर्ने निकायलाई १५ दिनभित्र सूचना अधिकारी नियुक्त गरी स्वतः प्रकाशन गर्न आदेश गरिएको बताए ।

सम्बन्धित समाचार

एसइइ रनिङ्ग शिल्ड : मोरङ र सुनसरीका पाँच स्कुल क्वाटरफाइनलमा

विराटनगर । विराटनगरमा जारी दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगितामा मोरङ र सुनसरीका पाँच वटा स्कुल क्वाटरफाइनलमा पुगेका छन् । विराटनगर – १ स्थित डन बस्को स्कूलको खेल मैदानमा आइतबार...

सिरहाको मिर्चैयामा बस दुर्घटना : दुईको मृत्यु, २३ जना घाइते

विराटनगर । सिरहाको मिर्चैयामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अरु २३ जना घाइते भएका छन्। आइतबार साँझ सप्तरीको राजविराजबाट जनकपुरतर्फ आउँदै गरेको ना ४ ख ७१८७ नम्बरको बस मिर्चैयामा दुर्घटनामा परेको...

इन्डो नेपाल क्रिकेट प्रतियोगिताको पहिलो खेलः आयोजकलाई हराउँदै होराइजन सेमिफाइनलमा

विराटनगर । चौथो संस्करणको मिल्स कप इण्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगितामा विराटनगरको होराइजन क्रिकेट क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगरको जुट मिल खेलमैदानमा मंगलबार भएको पहिलो खेलमा आयोजक मिल्स क्रिकेट क्लबलाई ४५ रनको फराकिलो अन्तरले...

किड्स भिलेजले मनायो वार्षिकोत्सव

विराटनगर । विराटनगर महानगरपालिका–५ मा रहेको किड्स भिलेज स्कुलले ११औं वार्षिकोत्सव मनाएको छ । विराटनगर–८ आरोहण गुरुकुलमा शनिबार भव्य कार्यक्रमको आयोजना गरी किड्स भिलेजले वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । राष्ट्रगानका रचयिता प्रदीपकुमार राई...

नाबुन विराटनगरमा नयाँ नेतृत्व, अध्यक्षमा बसन्ती गुरूङ

विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल (नाबुन ) विराटनगर महानगर कमिटिमा नयाँ नेतृत्व चयन भएको छ ।विराटनगरमा शनिबार सम्पन्न भएको चौथो अधिवेशनबाट बसन्ती कुमारी गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । गुरूङ यसअघि...

वित्तीय उत्तरदायित्व नियमावली नहुँदा संवैधानिक संकट

काठमाडौं, २४ वैशाख-महालेखा नियन्त्रक गोपिनाथ मैनालीले वित्तीय उत्तरदायित्व नियमावली नहुँदा संवैधानिक संकट आउन सक्ने बताएका छन् । राजश्व बाँडफाँड, वित्त हस्तान्तरण लगायत सार्वजनिक वित्त व्यवस्थापनसँग सम्बन्धित विषयमा छलफल गर्न आयोजित अर्थसमितिको बैठकमा महालेखा नियन्त्रका मैनालीले...

स्वास्थ्य मन्त्रालयसँग ५० हजार किट मौजाद, परीक्षणको दायरा बढाइँदै

काठमाडौं, २६ वैशाख-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५० हजार किट प्राप्त भएको जनाएको छ । किट अभाव भएर परीक्षण रोकिएको समाचार आइरहेका बेला मन्त्रालयले आफूसँग ५० हजारको हाराहारीमा किट उपलब्ध भएको बताएको छ । मन्त्रालयको नियमित...

जापान प्रवेशमा १४ देशका नागरिकलाई प्रतिबन्ध

एजेन्सी, बैशाख १५-जापानका प्रधानमन्त्री सिन्जो आबेले रसिया, पेरु र साउदी अरेबियासमेतका थप १४ राष्ट्रका नागरिकलाई आफ्नो देशभित्र प्रवेशमा कडाइ गर्ने सोमबार घोषणा गरेका छन् । प्रतिबन्ध घोषणा गरिएका मुलुकमा कोरोना भाइरसको संक्रमण फैलिएपछि प्रतिबन्ध लगाउनुपरेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्