सुर्तिजन्य पदार्थको सेवनबाट प्रतिवर्ष २७ हजार बढीको मृत्यु

 न्यूज विराट
सुर्तिजन्य पदार्थको सेवनबाट प्रतिवर्ष २७ हजार बढीको मृत्यु

काठमाडौं, १२ साउन-स्वास्थ्य अधिकार र सूर्तिजन्य नियन्त्रण नेटवर्कले सुर्तिजन्य पदार्थमा कर बढाउन सरकारलाई सुझाव दिएको छ । आम सर्वसाधारणको पहुँच नपुग्ने गरी करको दायरा बढाउन र हरेक उत्पादनमा ९० प्रतिशतभन्दा बढी चेतावनीमूलक सन्देश राख्ने नियम कडाईका साथ पालना गराउन सरकारलाइ सुझाव दिएको हो ।

नेपालमा सुर्ति सेवनकै कारण प्रतिवर्ष २७ हजार बढी नागरिकको मृत्यु हुने गरेको भन्दै नेटवर्कले यस्तो सुझाव दिएको हो । नेटवर्कको समन्वयमा रिसोर्स सेन्टर फर प्राइमरी हेल्थ केयरले आयोजना गरेको कार्यक्रममा नेटवर्कका संयोजक शान्तराम मुल्मीले नेपालमा प्रतिवर्ष २७ हजार १ सय ३७ जनाको मृत्यु हुने गरेको बताए । सहज पहुँचका कारण ग्रामीण क्षेत्रमा ३९.२ प्रतिशतले सुर्ति सेवन गर्ने गरेको उनले बताए । सर्वसाधारणको पहुँच नहुने गरी उत्पादन र बिक्रीवितरणमा कर बढाउनुपर्ने उनले बताए ।

सरकारले आफैँले बनाएको नीतिहरूसमेत कार्यान्वयनमा कमजोर देखिएको उनको भनाइ छ । सुर्तिजन्य उत्पादनमा ९० प्रतिशतभन्दा बढी चेतावनीमूलक सन्देश राख्ने नियम भए पनि स्वदेशी कम्पनीहरूले पालना नगरेको तर्फ सरकारको ध्यान जान नसकेको उनले बताए ।

विदेशी कम्पनीहरूले समेत सो नियमको पालना गर्ने गरेको भए पनि नेपालको सूर्य नेपाल टोबाकोले ७५ प्रतिशत मात्रै चेतावनीमूलक सन्देश छाप्ने गरेको उनले बताए । सरकारले आफ्नो नियम पालना गराउनुको सट्टा सुर्तिजन्य वस्तु उत्पादन गर्ने कम्पनीहरूलाई सम्मान गरेर उनीहरूको इज्जत बढाउन काम गरिरहेको उनको भनाइ छ ।

नेपालमा १० वर्षभन्दामाथि उमेर समूहका ३३ प्रतिशत व्यक्तिले सुर्ति सेवन गर्ने गरेको तथ्याङ्क छ । जसमा २७ प्रतिशत पुरुष र ६ प्रतिशत महिला रहेका छन् । तथ्याङ्कअनुसार सबैभन्दा बढी पहाडी क्षेत्रमा ६८.२ प्रतिशत, तराई क्षेत्रमा ४२.२ प्रतिशत र मध्यपहाडी क्षेत्रमा ४० प्रतिशतले सुर्ति सेवन गर्ने गरेका छन् ।

९८ प्रतिशत बढी व्यक्तिलाई सुर्ति सेवन स्वास्थ्यका लागि हानिकारक छ भन्ने थाहा हुँदहुँदै पनि सेवन गर्ने गरेको तथ्याङ्कले देखाउँछ । सुर्तिसेवन गर्ने व्यक्तिहरूका कारण कार्यक्षेत्रमा २२.५ प्रतिशत र घरमा ३३.५ प्रतिशत सुर्ति सेवन नगर्ने व्यक्तिहरू क्यान्सरको सिकार भइरहेका छन् ।

सम्बन्धित समाचार

भारतले सहयोग गर्‍यो २३ टन औषधि

काठमाडौं, १० वैशाख-भारत सरकारले नेपाललाई २३ टन औषधि तथा स्वास्थ्य सामग्री सहयोग गरेको छ । बुधबार नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई यो परिमाणको औषधि तथा स्वास्थ्य सामग्री उपलब्ध...

सवारी लाइसेन्स छपाइ शुरु, माघसम्म सबै सकिने

काठमाडौं, १५ पुस । सरकारले २०७७ फागुनदेखि रोकिएको सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छपाइ फेरि थालेको छ । यातायात व्यवस्था विभागमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेनुकुमारी यादवको उपस्थितिमा लाइसेन्स छपाइ फेरि थालिएको हो । लाइसेन्स...

विराटनगरमा स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि रोकिएको स्वास संकलन पुरु सुरु

विराटनगर, २ भदौ-स्वाब संकलन गर्ने स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछि विराटनगरमा आइतबारदेखि बन्द भएको स्वाब संकलन मंगलबारबाट पुनः सुरु भएको छ । स्वाब संकलनमा खटिएका विराटनगर महानगरपालिकाका चिकित्सकमा संक्रमण देखिएपछि आइतबारदेखि विराटनगरभित्र स्बाव संकलन हुन सकेको...

मोरङमा १५ सहित प्रदेश १ मा आज ८७ संक्रमित थपिए, संक्रमितको संख्या ३४५४ पुग्यो

विराटनगर, १६ भदौ–प्रदेश १ मा आज ८७ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ५६, मोरंङमा १५, झापामा १४ र पाँचथर र धनकुटामा १÷१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको इनरुवामा...

घरदैलोमा भोट माग्दै महेश आचार्यले भने, ‘विकास प्रेमी नेता अमनलाल मोदीलाई जिताऊँ’

विराटनगर । मोरङ क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अमनलाल मोदीको घरदैलो अभियानमा नेपाली काङ्ग्रेसका नेता महेश आचार्य हिँडेका छन् । प्रतिनिधिसभाका उम्मेदवार मोदी, प्रदेशसभा १ मा गुरुराज घिमिरे र २ मा भीम पराजुलीको...

कालापानी सीमाको १ नम्बर पिलरमा पहिलो पटक सशस्त्रको गस्ती 

काठमाडौं, ७ असार-पहिलो पटक सशस्त्र प्रहरी बलको गस्ती टोली कालापानीको त्रिदेशिय सीमा नाका १ नम्बर पिलर पुगेको छ । केही दिन अघि सशस्त्र प्रहरीले स्थापना गरेको छाङ्गुर बोर्डर आउट पोस्ट (बीओपी) को टोली १ नम्बर पिलर...

कोरोना नेगेटिभ रिपोर्ट नभए अमेरिका प्रवेश गर्न नपाइने

अमेरिका उडान गर्न चाहने यात्रुले कोरोना नेगेटिभ भएको रिपोर्ट देखाउनु पर्ने भएको छ । त्यस्तो रिपोर्ट यात्रा गर्नुभन्दा बढीमा तीन दिन अगाडिको हुनु पर्ने पनि अधिकारीहरूले जानकारी दिएका छन् । यात्रा अनुमति पास (बोर्डिङ पास) लिनु...

संक्रमणमुक्त हुनेको संख्या ३० हजार नाघ्यो

काठमाडौं, २२ भदौ-नेपालमा कोरोना भाइरस संक्रमणमुक्त भएर घर फर्किनेको संख्या बढ्दै गएको छ । आज थप १ हजार ७ सय ३६ जना संक्रमित डिस्चार्ज भएका घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त भएर फर्किनेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्