रञ्जन कोइरालाको रिहाइ प्रति प्रदेश सांसदहरूको बिरोध

 न्यूज विराट
रञ्जन कोइरालाको रिहाइ प्रति प्रदेश सांसदहरूको बिरोध

विराटनगर, साउन ९–सशस्त्र प्रहरीका पूर्व डिआईजी रञ्जन कोइराला रिहाइ गरेको प्रति प्रदेश–१ का सांसदहरूले बिरोध गरेका छन् । शुक्रबारको संसद बैठकमा सांसदहरूले श्रीमती मार्नेलाई सर्वोच्च अदालतले छुटकारा दिएको भन्दै बिरोध गरेका हुन् ।

संसदको शून्य समयमा बोल्दै सांसद अम्बिका भण्डारीले अदालतलेनै हत्यारालाई छुटकारा दिन थालेको आरोप लगाइन् । उनले न्याय मरेको भन्दै अदालतले नै हत्यारालाई छुटकार दिए न्याय खोज्न कहाँ जाने भन्दै प्रश्न गरिन् ।

सांसद कुसुम श्रेष्ठले हत्यारालाई छाड्ने अदालतको फैसलाको बिरोध गरिन् । उनले अपराधी छाड्ने अदालतको निर्णयले न्यायमूर्तिमाथि अविश्वास बढ्ने बताइन् । उनले फैसलाको पुनरावलोकन गर्न माग गरिन् ।

यसैबीच दश वटा विधेयक पारित गर्दै प्रदेश–१ प्रदेशसभाको छैटौं तथा बजेट अधिवेशन सकिएको छ । आजको बैठकमा प्रदेश प्रमुखको पत्र पढेर सुनाउँदै बजेट अधिवेसन आज रातिदेखि समाप्त हुने प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए । बैठकमा सभामुख भण्डारीले बजेट अधिवेशनमा प्रदेशसभामा दर्ता भएका सबै विधेयक पारित भएको बताए ।

सम्बन्धित समाचार

कोशीमा खसेको ट्रक एकदिनपछि निकालियो

विराटनगर । सप्तकोशी नदीमा शुक्रबार खसेको मालवाहक ट्रक एकदिनपछि निकालिएको छ । शुक्रबार बससँग ठोक्किएर कोशीमा खसेको मे १ ख ३००७ नम्बरको मालवाहक ट्रक शनिबार निकालिएको हो । क्रेनको सहयोगमा नदीबाट ट्रक निकालिएको हो ।...

झीः पुचमा सामूहिक बेल विवाहको रौनक (फोटो फिचर)

विराटनगर । नेवार समुदायका कन्याले अनिवार्य रुपमा गर्नुपर्ने परम्परागत धार्मिक विधि हो, बेलबिवाह । सुनको प्रतिमा सूर्यलाई अर्पण गरी कन्याको विवाह गर्ने र बुबाले छोरीलाई कन्यादान दिने परम्परा छ । व्यक्तिगत रुपमा आयोजना गर्दा खर्च...

प्रदेश–१ का उपनेता आङबोहाङद्वारा प्रचण्ड–नेपाल समुह छाडेको घोषणा

काठमाडौं, फागुन २२-प्रदेश–१ नेकपामा प्रचण्ड–माधव नेपाल समुहलाई शनिवार ठुलो झट्का लागेको छ । नेकपा संसदीय दलका उपनेता टंक आङबोहाङले नेकपा (दाहाल–नेपाल समूह)मा आफू नरहेको घोषणा गरेका छन् । दाहाल–नेपाल समूहको केन्द्रीय सदस्यसमेत रहेका उनि सो...

स्थानीय तहबिनाको संघीय शासन व्यवस्था असफल हुने मुख्यमन्त्री राईको धारणा

विराटनगर, २६ जेठ । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले स्थानीय तहबिनाको संघीय शासन व्यवस्था असफल हुने भएकाले संघीय व्यवस्था बलियो बनाउन स्थानीय तह सफल हुनुपर्ने धारणा व्यक्त गर्नुभएको छ । उहाँले संघीय शासन...

पार्टी मजवुत बनाउन सवै नेता कार्यकर्ता एक ढिक्का हुन जरुरी छ : सांसद मण्डल

विराटनगर, बैशाख १०–पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सदस्य शिवकुमार मण्डलले पार्टी र सरकारलाई मजबुद बनाउन सवै नेता कार्यकर्ता एक ढिक्का हुनुपर्नेमा जोड दिएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यसमेत रहेका सांसद मण्डलले सरकारले अध्यादेश...

रतुवामाईमा राजवंशी विकास समितिको भवन निमार्ण कार्य सुरु

विराटनगर, जेठ १८–मोरङको रतुवामाई नगरपालिका–४ स्थित झुर्किया बजारमा राजवंशी समाज विकास समितिको नगर सभाहल भवन निमार्ण हुने भएको छ । नेपाल सरको तराई मधेश समृद्धि कार्यक्रम मार्फत बहुबर्षीय योजनामा अन्तर्गत भवन निर्माण हुन लागेको हो...

विराटनगरको कोवास कलेजमा लफडा, सुनिल श्रेष्ठलाई जिम्मेवारीबाट हटाएर सारडालाई प्रिन्सिपल

विराटनगर । सुनिल श्रेष्ठलाई प्रिन्सिपलबाट हटाएर संचालक समितिले प्रीया सारडालाई जिम्मेवारी तोकेपछि विराटनगरस्थित कोबास कलेजमा विवाद देखिएको छ । आइतबार बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई जिम्मेवारीबाट हटाएर प्रिया सारडालाई प्रिन्सिपल नियुक्ति गरिएको बुझिएको छ ।...

अनलाइन बन्द गराउने काउन्सिलको निर्णय संविधान विपरितः अनलाइन पत्रकार संघ

१७ वटा अनलाईन बन्द गर्न शिफारिस गर्ने प्रेस काउन्सिलको निर्णयप्रति अनलाईन पत्रकार संघले आपत्ति जनाएको छ । उसले काउन्सिलको यो कामलाई गैरसंवैधानिक र स्वेच्छाचारी भन्दै आपत्ति पनि जनाएको छ । कोरोना संक्रमणका बिषयमा भ्रमपूर्ण समाचार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्