प्रदेश १ मा ११ संक्रमित थपिए

 न्यूज विराट
प्रदेश १ मा ११ संक्रमित थपिए

विराटनगर, ७ साउन–प्रदेश १ मा आज ११ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ४, मोरंग र ताप्लेजुङमा ३–३ र झापामा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको धरानका ४ पुरुष, मोरंगको विराटनगरका ३ पुरुष, ताप्लेजुङको सिरिजङ्गाका २ र पाथिभराका १ पुरुष र झापाको शिवसताक्षीमा १ पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्याको ८ सय ३५ पुगेको छ । प्रदेश १ मा आज ३ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत २ पुरुष र १ महिला डिस्चार्ज भएको अस्पताल व्यवस्थापन समितिका सदस्य ध्रुव उरावले बताउनुभयो ।

प्रदेश १ मा आज ५ सय ४१ जनाको कोरोना परीक्षण गरिएको छ । कोरोना परीक्षण गरिएका मध्ये ३६ हजार ७ सय ६६ जनाको रिपोर्ट नेगेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

लकडाउन मोडालिटीबारे विज्ञसँग प्रधानमन्त्रीले थाले परामर्श

काठमाडौं, २१ जेठ-जिल्ला-जिल्लाबाट व्यवसायीले लकडाउनको अवज्ञा गर्ने चेतावनी दिएसँगै सरकारले लकडाउनको मोडालिटी परिवर्तन गरी लागू गर्ने कार्यमा छलफल सुरु गरेको छ । मंगलबार कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वयन समितिको बैठकले निजी क्षेत्रसँग परामर्श गरेको...

चौंथो मिल्स गोल्डकप : डिफेन्डिङ च्याम्पियन गोलबजारलाई हराउँदै प्रहरी सेमिफाइनलमा

विराटनगर । टाइब्रेकरबाट जित निकाल्दै कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । विराटनगरको जुटमिलको खेलमैदानमा सोमबार सम्पन्न भएको अन्तिम क्वाटरफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन गोलबजार स्पोर्टिङ क्लब...

पर्सामा २ सेनाका जवानसहित थप ५ जनाले जिते कोरोना

जनकपुरधाम, २२ जेठ-वीरगञ्जको विशेष कोरोना अस्पतालबाट कोरोना भाइरस (कोभिड-१९) को संक्रमणलाई जितेर आज ५ जना घर फर्किएका छन् । योसहित प्रदेश २ बाट कोरोना जित्नेको संख्या १ सय ९ पुगेको छ । आज पर्साको जिराभवानी...

लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित दुई जना पक्राउ

विराटनगर, १८ फागुन । झापा मेचीनगर नगरपालिका-६ स्थित मेची पुलबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा पाँचथर आङना-४ घर भई हाल झापा दमक-१ बस्ने २३ बर्षीय गणेश खत्री र...

लियोको फ्लाई युथ क्याम्प नाम्जेमा

विराटनगर । लियो जिल्ला परिषद ३२५ सि ले फ्लाई युथ क्याम्पको आयोजना गरेको छ। लियो क्लवमा आवद्ध युवाहरुमाझ फेलोसिपको माध्यमद्वारा नेतृत्वको विकास गर्ने उद्देश्यले फ्लाइ युथ क्याम्प आयोजना गरेको हो । क्याम्पको उद्घाटन सत्र धरान...

कोरोना संक्रमणबाट भारतको उत्तर प्रदेशमा मन्त्रीको मृत्यु

एजेन्सी, साउन १८-कोरोना भाइरसको संक्रमणदर निकै उच्च रहेको भारतमा संक्रमणबाट एक जना मन्त्रीको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमणबाट बिरामी भएकी उत्तर प्रदेशकी मन्त्री कमला रानी वरुणको मृत्यु भएको हो । योगी आदित्यनाथको क्याबिनेटमा...

भारतबाट नेपालतर्फ हुने अवैध आयात बन्द गर्न विराटनगरका उद्योगी/व्यवसायीको माग

विराटनगर, १७ फागुन । विराटनगरका उद्योगी व्यवसायीले खुल्ला सिमानाको फाइदा उठाउँदै भारतबाट नेपाल तर्फ हुने अबैध आयात नियन्त्रण गर्न माग गरेका छन् । सोमबार विराटनगरमा बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईलाई स्वागत गर्दै विराटनगरका...

समृद्धि अभियानमा महामारीको अवरोधः प्रधानमन्त्री

काठमाडौं, १ मंसिर-प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस महामारीले समृद्धि अभियानमा अवरोध पुर्‍याएको बताएका छन् । तिहारका अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्रीले महामारीले स्वास्थ्य र राष्ट्रको आर्थिक तथा सामाजिक जीवनसँगै समृद्धि अभियानमा अवरोध...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्